यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

लघुकथा : ग्लानी

– ऋचा लुइँटेल –

हामी बसेको घर नजिकै जमिन्दार छिमेकी थिए। उनीहरुका सामु हाम्रो हैसियत भनेको दिनदुःखी, बिचरा।

जमिन्दारको जेठो छोरो इन्जिनियर अस्ट्रेलिया। दुई छोरी अमेरिका। कान्छो छोरो जापान।

बूढाबूढी सधैं सुकिला। जमिन्दार बज्यैले लगाउने जस्तो सारी आमालाई किनिदिन खोजेको, के सकिन्थ्यो। हामीले वर्ष दिन जहानैलाई लुगा किन्न पुग्ने पैसाभन्दा महँगो सारी लाउँथिन बज्यै।

कानमा सिक्रीवाला टप टल्काउँदै बज्यै हाम्रो डेरामा आउँदा म मेरी आमाको अनुहार सम्झिन्थेँ।

मेरा छोराछोरी पढेका, डलर कमाउने, तिमीहरु निकम्मा भयौ। आजको दिनमा पनि खेतिपाती गरेर नेपालको टुकुरे जागिर खाएर उँभो लागिन्छ? बूढाबूढीले हाम्रो खुब खिसी गर्थे। आफ्ना छोराछोरीको सधैं प्रशंसा गर्थे। हामी सुन्थ्यौँ मात्रै। घरमा नोकरचाकर थिए। जे भन्यो, त्यही हुन्थ्यो। हामी बसेको वरपर ठूलै मानसम्मान हुन्थ्यो बूढाबूढीको।

एक दिन आमा बिरामी भएर मेरो डेरामा आइपुग्नु भयो। मैले आमालाई अस्पताल लिएर गएँ। मसँगै हाम्रा नातागोता इस्ट्मित्र थुप्रै भेला भयौँ।

कोही खाना पकाउने, कोही औषधि ओसार्ने, कोही कुरुवा बस्ने – यस्तै क्रम चलिरहेको थियो।

आमालाई अस्पताल भर्ना गरेको तेस्रो दिन जमिन्दार बा सिकिस्त भएर नोकरले अस्पताल लिएर आएका रहेछन्। नोकर आफ्नो जागिर खाइरहेको थियो।

नोकरसँग सन्तानको माया खोजेर कहाँ पाउनु !

पैसा त बिटाका बिटा थिए। तर नजिक बसेर तातोपानी दिने मान्छे कोही थिएनन्। बूढाको अवस्था अझ असामान्य हुँदै गएपछि बज्यै पनि अस्पताल पुगिन्।

हामीले आमालाई खाना, पानी लैजाँदा बाजेलाई पनि पुर्‍याइदिन्थ्यौँ। कुर्नु परे पालो गर्थ्यौँ, एक छिमेकी हुनुको नाताले हामीले सकेको भ्याएको गर्‍यौँ।

बाजेको आइफोन बज्यो। बाजेले मलाई भने, ‘ए नानी कसले के मेसेज गरेछ हेरिदिनु त?’

मैले मेसेज हेरेँ। विदेशका छोराछोरीले मेसेज लेखेका रहेछन् ‍- ‘गेट वेल सुन, ड्याड !!’

(फेसबुकको लघुकथा कुनोबाट साभार)

1 comment to लघुकथा : ग्लानी

  • Shankar

    देश को अर्थतन्त्र बिदेसिएका नेपालि ले पठाएको रेमिण्ट्यास ले धानिरहेको मानिन्छ , तर नेपालीको आरिसे स्वाभाब , कथामा पनि बिदेसिएका नेपालि लाइ खेद्न छोडेनन |

    अनि ३ भाइछोरा नेपाल मै भएर बाउ , आमा ब्रिद्दश्रम र सडक मा पुगेको कथा चै कल्ले लेख्ने नि ?

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)