राजतन्त्र हुँदा राजाको विरोधमा अनेक नारा लाग्थे। (त्यतिबेलाको नारा १४ वर्ष अगाडिको यो भिडियोमा हेर्नुस् डायल अप इन्टरनेटको जमानामा अपलोड भएको भिडियो हो, क्वालिटी आशा नगर्नुहोला) त्यसमध्ये एउटा थियो मूर्तिसम्बन्धी। हल्ला अनेकथरि हुन्थे। तर यही हो भनेर भन्न सक्ने कोही छैनन्। क्रेनै लिएर भक्तपुरमा मूर्ति उखाल्न खोजेको हल्लासम्म हुन्थे। ठ्याक्कै आफूले देखेको वा भोगेको भन्नेहरु चाहिँ भेटिन्न थिए।
गणतन्त्र आएको धेरै वर्ष भइसकेपछि बिस्तारै यस्तो भएका थिए है भन्नेहरु पनि निस्कन थालेका छन्। एउटा पछिल्लो उदाहरण नेपालका गद्दी खोसिएका राजा ज्ञानेन्द्रका काका अधिराजकुमार वसुन्धरा शाहको बारेमा आएको छ।
डा. देवेन्द्रराज पाण्डेले केही दिनअघि एउटा ट्विट गरे –
तेस वेलाको राजपरिवारमा अधिराजकुमार बसुन्धरा सवैभन्दा बढी प्रजातान्त्रिक गनिन्थे, मिलनसार पनि। तर उनका यस्ता खराव कृयाकलापवारे पनि चर्चा हुन्थ्यो। आजको #नेपालसाप्ताहिक बांट पुष्टि भो। pic.twitter.com/eVUZlkIXmj
— Devendra Raj Panday (@DRP39) April 28, 2019
ट्विटमा उनले त्यसबेलाको राजपरिवारमा अधिराजकुमार वसुन्धरा सबैभन्दा बढी प्रजातान्त्रिक र मिलनसार मानिए पनि उनका खराब क्रियाकलापबारे पनि चर्चा हुने गरेको उल्लेख गरेका छन्।
साथमा उनले नेपाल साप्ताहिकको एक पेजको फोटो राखेका छन्। त्यसमा नेपाल म्युजियम छाउनीका हाकिम भएका हरिराम जोशीको स्मरण छापिएको छ।
नेपाल म्युजियमको काममध्ये एउटा चाहिँ प्राचीन मूर्ति/वस्तु मालपास गराउने रहेछ। मालपास नामै अलि कस्तो कस्तो सुनिने। खासमा पुराना मूर्ति विदेश बेच्न पुरातत्व विभाग र नेपाल म्युजियमबाट क्लियरेन्स लिनुलाई मालपास गर्ने भनिँदो रहेछ। विदेशीहरू पुराना मूर्ति किन्थे अनि मूर्ति पुरानो/नयाँ भए/नभएको खुट्याएर मालपास दिनुपर्ने हुन्थ्यो।
नेपाल साप्ताहिकमा छापिएको जोशीको स्मरण अनुसार एक पटक एक एक अमेरिकी महिला ५-६ सय गोटा धातुका मूर्ति विदेश लैजान आइछिन्। अधिकांश मालपास भयो। केही मूर्ति भने धेरै पुराना भएकाले रोकिदिएछन्।
किनभने ती मूर्ति सय वर्षभन्दा पुराना थिए। सय वर्षभन्दा पुराना मूर्ति विदेश निर्यातमा प्रतिबन्ध छ, प्राचीन वास्तुकलासम्बन्धी ऐनमा। अमेरिकी खुरुखुरु गइछिन्।
भोलिपल्ट बिहान ११ बजेतिर राजा महेन्द्रका कान्छा भाइ वसुन्धरा शाह नेपाल म्यूजियमको अफिसमा आएछन्। अमेरिकी महिलासँगै। मूर्ति पनि वसुन्धराकै गाडीमा रहेछन्। गाडीबाट ओर्लनेबित्तिकै सरासर कार्यकक्षमा आएर ‘यी मूर्तिहरू पास गर्नुपर्यो भनेछन्।
जोशीले स्मरणमा लेखेका छन्, ‘दरबारिया शासनको रजगजका बेला हामीले वसुन्धराको आदेश नमान्ने कुरै भएन। दुवै जनाले अमेरिकी महिलाका ती वर्जित मूर्ति विदेश लैजानका लागि खुरुखुरू अन्तिम हस्ताक्षर गरिदियौं। हामीसँग वसुन्धराका अगाडि ऐन–कानुनको लिखतबारे जानकारी दिने हिम्मत भएन। यसरी वसुन्धराको जोडबलमा प्राचीन मूर्ति विदेसिए।’
त्यसरी विदेशिएका प्राचीन मूर्तिहरु नै अहिले विदेशमा प्रतिष्ठित म्युजियमहरुमा सजिएका छन्।
यो त लिखित रुपमा आएको कुरा भयो। यस्ता कति मूर्तिहरु कसरी कसरी विदेशिएका होलान्! चोरिएका मूर्तिहरु बारे लैनसिंह वाङदेलले स्टोलेन इमेजेज अफ नेपाल शीर्षकको सचित्र पुस्तक नै निकालेका छन्।
वसुन्धराको मृत्यु सन् १९७७ को ३१ अगस्तमा भइसकेको छ। उनकी छोरी जयन्ती शाहको मृत्यु दरबार हत्याकान्डमा भएको थियो।
नेपालमा कुनै कालमा राजतन्त्र रहेको सम्झाउने राजाहरुमा इतिहासिक घटनाहरु अनुसार पृथ्बी नारायण, रण बहादुर, गिर्वान युद्ध बिर बिक्रम, महेन्द्र र बिरेन्द्र मात्रै भय पनि रुचाय पनि नरुचाय पनि मात्रै होईन अनेकौं कमजोरीहरु भय पनि ज्ञानेन्द्र पनि हो/ अरु राजाहरु त् श्री ३ को व्हिप अनुसार ल्याप्चे ठोक्ने जिउँदो अलंकारिक गद्दीमा थोपरेको रोबोटहरु जस्तै मात्र हुन्/
माथि लेख ज्ञानेन्द्र सिटी सम्भादित भयकोले कुरा ज्ञानेन्द्रकै गरौँ/ कुराको सुरुवात यसरि गरौँ/ ज्ञानेन्द्र गद्दीमा बसेर राज गर्ने भाग्य लियर जन्मेकै होईन गद्दीमा ठचारेर सलाम ठोक्दै गलहत्याईने दुर्भाग्य लियर जन्मेको व्यक्ति हो/ अर्को सब्दमा भन्ने हो भने नेपालको राजतन्त्र नेपालमा आफ्नो स्वार्थ पुरा गराउनमा बाधक बनेको राजतन्त्र सिध्याउने षडयन्त्र गर्नेको हतियार बनेको बा बनायको व्यक्ति हो/ यो ज्ञानेन्द्रको दुर्भाग्य पनि हुन् सक्छ बा उसको मुर्खता पनि हुन् सक्छ/
यस्तो ग्यानेद्रलाई नेपालमा दुई चोटी राजा बनाईयको थियो/ पहिलो चोटी ज्ञानेन्द्रलाई नेपालको राजा तव बनायको थियो जव भारतीय सेनाको हवाई जहाजले त्रिभुवनलाई भारतीय सेनाको हवाई जहाज बात ठिक तेसरी नै दिल्ली पुर्याको थियो जसरि कस्मिरको राजा हरि सिंहलाई दिल्ली पुर्याको थियो/ कास्मिरको राजालाई दिल्ली पुर्याईसके पछि उसलाई कास्मिर भारतलाई दान दियको तमसुकमा ल्याप्चे लगाउन लगायको थियो/ त् सोच्नुस; कस्मिरको राजालाई जस्तै त्रिभुवनलाई पनि ….गराउन सक्ने सम्भावना सम्भावना तार्नकै निमित त् ज्ञानेन्द्रलाई तेतिबेला राजा बनायको थियन? यदि कुरा तेस्तै हो; अन्जानमै भय पनि ज्ञानेन्द्रले गुण त्न लगायकै छ नेपालमा/
दोश्रो चोटी ज्ञानेन्द्रलाई नाकाबन्दी गरेर पनि झुक्याउन नसकेको; तराई पसे जत्ति सबै बिहारीले सजिलै नेपालको नागरिकता दिलाउन गिरिजाले पेस गरेको झुठो विधेक सदर गर्न नमानेको बिरेन्द्रको हत्या पछि राजा बनायको थियो तर कसैको नेपालमा आफ्नो स्वार्थको निमित बाधक बनेको बा बन्न सक्ने राजतन्त्र सदाको निमित अन्त गर्ने मोहराको रुपमा/ ज्ञानेन्द्र सचेत भयको भय मौका पायको थियो उसले तर …
ज्ञानेन्द्र राजा बन्नु अघि के गरे जे गरे त्यो बापत उसको आलोचना गर्नुको कुनै अर्थ छैन/ तर राजा बने पछि उसले शासकीय गल्ति गरेको भय पनि सदनको बहुमत आफ्नो अनुकुल नभय अङ्कगनितकिय ….अधिनायकबाद, दम्भ आदि आदि भन्ने अलोकतान्त्रिक दल र तिनका नेताहरुलाई “सदनको बहुमत को निर्णय मानेर गद्दी त्यागेर जुन दानक दियो तेस्को कदर त् गर्ने पर्छ/
Now 15 years later, same Nepal people are wishing for the reinstatement of the monarchy in the country. The grass is greener on the other side, as they say.
पंचायत काल तेस्तै थियो ,
पावर मा हुने हरु मुर्ति बेच्थे | न हुने हरु सुर्ती बेच्थे |
आज गणतन्त्र मा आइपुग्दा ब्यापार बढ्दै गयो , नदीनाला बेचिन्छ , ठुला ठुला ठेक्का पत्ता पप्पु यादब ले लान्छ , चेली हरु बेचिन को लागि केन्या , इराक , दुबई सम्म लगिञ्छन, किलो का किलो सुन त्रिभुबन बिमान्सथाल बाट छिरेपछि पित्तल हुन्छ , नमिता सुनिता काण्ड मा कारबाही गर्न न सकेपनि हत्यारा त् चिने जनताले , अहिले त् निर्मला हत्याकाण्ड को हत्यारा सम्म को पत्तो छैन | तेसैले न त्यो ठिक थ्यो , न यो ठिक छ |तेस्ले बिमार बनाएर जिउदो राख्थ्यो , एसले सिधै मसान घाट मात्र देखाई रहेछ |
पंचायेत कालमा शाही परिवार कै मान्छेको अगुवाइमा आधि रातमा क्रेन बोकेर केहि ठाउको पौराणिक मुर्ति चोरेको कुरा (सुनेको)| यो कुरा कत्तिको साचो हो ? यस बारेमा पनि सम्बन्धित कुरा प्रमाण सहित पढ्न पाएको भए धेरै राम्रो हुन्थ्यो |
किताब लेख्ने मात्रै कि एस्त बेचिएका मुर्ति हरु फिर्ता ल्याउन कोसिस पनि गर्ने त?