यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

जयशंकर भारतमा विदेशमन्त्री : चिन्ता हैन पाठ सिकौँ

भारतीय विदेश मन्त्रीमा एस. जयशंकरको नियुक्तिले नेपाली मिडियामा र सामाजिक सञ्जालमा देखा परेका चिन्ताको तरङ्ग विगत पहिल्याउँदा विभिन्न दृष्टिकोणमा जायजै होलान्। उनी हाम्रा कूटनीतिक र परराष्ट्र सेवामा रहेका कतिपय दहीचिउरे जस्ता बिना होमवर्क नै आउने खालका भने पटक्कै होइनन्। उनको नियुक्ति नेपाल लक्षित होइन भन्ने कतिपय टिप्पणीकारहरूले खुलाएका छन्। जयशंकर समय र अनुभवले खारिएका एक परिपक्व कूटनीतिज्ञ हुन्। मिडियामा नखुलेको केही पाटा यहाँ उल्लेख गर्न सान्दर्भिक होला।

भारतीय राजदूतको ब्रिफिङ र सन्देश वाहकको प्रस्तुतिकरण

उबेलाको र अहिलेको स्थिति बिलकुल फरक छ। जब जयशंकर धम्कीपूर्ण बोल्ने साहस गरेर भारत सरकारको विशेष दूत बनेर नेपाल आएका थिए, त्यस बेला उनका कुनै समयका विदेश सेवाका एक सहकर्मी नेपालमा भारतीय राजदूत थिए। तिनै महामहिमले नेपालका राजनीतिक दलहरू र नेताहरूका नाडी राम्ररी छाम्ने मौका पाएका थिए। झिनोझिनो र छियाछिया बनेका स्वार्थी दलहरू र ती दलहरूका भारतपरस्ती छवि र क्रियाकलापहरु उनले भित्रैबाट राम्रैसँग नियालेका थिए। राजदूतले बनाएका नेपाली लिडरहरूको प्रोफाइल र ब्रिफिङ अनुसार उनी प्रस्तुत भए।

सन्देशवाहकको सन्देश दिने शैली प्रस्तुतिकरणमा पनि धेरै हदसम्म निर्भर गर्छ। उनलाई त्यस बेला लागेको थियो, जोडले थर्काए पछि नेपालका मगन्ते लिडरहरू घुँडा नटेकी धरै छैन। तर भयो ठिक विपरीत। नेपाली जनताको आवाजको कदर गर्दै नेताहरूले सदबुद्धि प्रयोग गरेर संविधान ल्याएर छाडे। कतिले यो पनि भन्न छुटाएनन् कि सम्भवतः भारतले यस्तो अनावश्यक धम्की र प्रेसर नदिएको भए परिणाम अर्कै पनि हुन सक्थ्यो। तर त्यसलगत्तै महाभूकम्पले थिलथिलो परेको नेपाललाई भारतका कारण भोग्न परेको नाकाबन्दी अहिलेको पुस्ताले सहजै बिर्सने छैनन्।

आउँदा दिनहरू
जयशंकर विदेश मन्त्री नियुक्ति हुँदा नेपालले चिन्ता लिन पर्ने देखिँदैन तर पाठ सिकेर अघि बढ्न पर्छ। उनी नेपालको संविधान निर्माण समापनको अन्तिम समयमा जसरी प्रस्तुत भए र त्यसपछि नाकाबन्दीको स्थिति आयो, त्यसमा हाम्रै नेपाल भित्रकै दलका नेताहरूको पनि हात थियो भन्ने प्रस्टै छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा धेरै ठूलो सदभावनाको पुँजी कमाएका थिए, जसलाई नाकाबन्दीले शून्यमात्र हैन माइनसमा झारिदियो। कूटनीतिमा ब्रिफिङ र गतिविधिको रिपोर्टले मद्दत अवश्यै पुर्‍याउँछ तर त्यो जोडघटाउलाई यान्त्रिक रूपमा मात्र नलिएर सदबुद्धि र विवेकसित प्रयोग गर्नुपर्छ जसका लागि जनताको आकांक्षालाई ध्यान दिनुपर्छ। लोकतन्त्र उन्मुख नेपाली जनताको भावनाको सम्मान र कदर नझल्किनु भनेको ब्याकल्यास निम्त्याइनु हो। चाहे त्यो आफ्नै नेताहरू प्रति लक्षित हुन् वा विदेशी क्रियाकलापको विरोधमा।

भारतका प्रधानमन्त्री मोदीको अन्य देशसितका सम्बन्धमा आफै सोझै चासो राखेर ह्यान्ड्स अन कार्य गर्ने कार्यशैली रहेको छ। सुषमा स्वराज जस्ता वरिष्ठ र योग्य नेतृ विदेश मन्त्रालयमा रहँदा पनि उनलाई उछिनेर मोदीले अग्रसरता देखाउँदा आउन सक्ने विवाद बारे पनि मिडियामा नआएको होइन। कतिले मोदीलाई उनको विदेश भ्रमण मोहलाई इङ्गित गर्दै विदेश सम्बन्धी प्रधानमन्त्री भन्न पनि भ्याए।

जयशंकर नोकरशाहीबाट आएका परराष्ट्र मामलाका अनुभवरत अनुशासित पूर्व उच्च अधिकृत हुन्। उनको प्रधानमन्त्री मोदीसँगको केमेस्ट्री मिल्दो देखिन्छ। सम्भवतः राजनैतिक क्षेत्रबाट आएका विदेश मन्त्रीसँग टक्कर पर्न सक्ने सम्भावनालाई सोचेर अनि मोदीको ह्यान्ड्स अन शैली र केमेस्ट्री समेतलाई ध्यानमा राखेर जयशंकरलाई ल्याईेएको हुनसक्ने अडकल साँचो हुनसक्छ।

जयशंकरको नियुक्तिमा नेपालले कुनै आशङ्का र चिन्ता गर्ने सोचसँगै उनका क्रियाकलाप र सकारात्मक कदमहरूले बिस्तारै नाकाबन्दीका घाउहरु पुर्न प्रयत्नरत रहनेछन् भन्ने आशा पनि गर्न सकिन्छ।

भारतीय उच्च राजनीतिक नेतृत्व नेपालप्रति जत्तिकै समझदारीपन देखाएर उदार र लचिलो भए पनि अन्ततः भारतको विदेश मन्त्रालयद्वारा निर्देशित र कार्यन्वित भएको ठान्छन्। भारतको विदेश मन्त्रालयको साउथ ब्लकलाई दक्षिणका ब्लक गर्ने छिमेकी भनेर नेपालमा ठट्टाको शैलीमा कहिलेकहीँ सुन्ने गरिन्छ|

यो पनि आशा गरौँ, जयशंकरको कार्यकालमा यस्तो ठट्यौली आधारहीन रहनेछ।

(माइसंसारलाई पाठकबाट प्राप्त सामाग्री। तपाईँ पनि यस्तो सामाग्री पठाउन चाहन हुन्छ भने यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ)

2 comments to जयशंकर भारतमा विदेशमन्त्री : चिन्ता हैन पाठ सिकौँ

  • madan bajracharya

    जंग बहादुरको राजनैतिक चतुराइले नेपालको सार्वभौम सत्तामा सुगौली सन्धिको नाममा अंकुश लगाउने इंगलैंडलाई नेपाल पनि इंगलैंड जस्तै स्वतन्त्र देस हो भनेर लिखित् मै मान्न लगायो/ इंगलैंडले नेपाल पनि उनीहरुको इंगलैंड देस जस्तै स्वतन्त्र देस भयको मान्नु नेपालको सार्वभौम सत्तामा अंकुश लगाउने सुगौली सन्धिको औपचारिक खारेजी हो/

    भारतले नेपाल माथि लादेको सन् १९५०को सन्धिमा नेपाल र बेलाइत बीच भयको सबै सन्धि सम्झौता खारेज हुने प्रावधानको तात्पर्य अंग्रेजले जस्तै नेपालाई स्वतन्त्र देस भयको नमान्ने आशय भयको सन् १९५०को सन्धि पछि भारतको ब्यबहार र नीतिले देखाउंदै आयको छ/ सुगौली सन्धि नेपालको सार्वभौम सत्तामा अंकुश लगाउने सन्धि त् हो नै तर सुगौली सन्धिले भन्दा भारतले लाद्न लगायको सन् १९५०को सन्धिले नेपालको सार्वभौम सट्टा माथि बढी अंकुश लगायको छ/

    सन् १९५०को सन्धिमा भयको प्रावधानहरुले नसुनिने तर बुझिने गरि नेपाललाई भारतले स्वतन्त्र देस होईन स्वशासित भारतीय प्रदेशमा दर्याउने तात्पर्य राखेको स्पस्ट हुन्छ/ यसैले हो जय शंकरले भारतले भने चाहे जस्तो संबिधान बनाउन नेपालको नेता हरुलाई थर्काउन सकेको/ तर के गर्ने खोट हाम्रै नेताहरुमा छ/ गुलामी गराउन खोजेकोलाई पनि “घनिष्टता” देख्छन, हुकुम मनाउन थर्कायकोलाई पनि अंगालेको ठान्छन सन् १९५०को सन्धिको समर्थक नेताहरु/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Shankar

    यो पोजिटिब थिन्किंग भयो , केहि गर्न न सकेपछि पोजिटिब थिङ्क ले फाइदा पनि पुर्याउछ | ठिक भन्नु भो , न सक्ने ले पाखुरा सुर्किये , आफैलाई हानि गर्ने हो |
    एक त् देश धेरै सानो , तेस्मा सानो जनसंख्या , ति जनसंख्या पनि जातिगत , र लैंगिक बिबाद ले एक आपस मा बिग्राहित मन स्थिति मा |
    पार्टी हरु भ्रस्ट र एक आपस मा न मिल्ने , पार्टी भित्र कै अन्तरकलह ले , स्वार्थि र धुर्त पनाले बास्तब मा देश धेरै कम्जोर मान्न पर्छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)