यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

बेलायती प्रमसित गोर्खा आर्मीबारे त्रिपक्षीय सन्धिको कुरा : ट्विटरमा मात्र कि साँच्चै भयो?


बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यहाँका प्रधानमन्त्री थेरेसा मेबीच बुधबार बेलायती प्रधानमन्त्रीको निवास १० डाउनिङ स्ट्रिटमा भेटवार्ता भयो। दुई जनाको बीचमा के कुराकानी भयो भन्ने कुरा हामीलाई यहाँ बसेर थाहा हुने कुरा भएन। कि त्यहाँ गएका नेपालीमध्ये कसैले भन्नुपर्‍यो। कि चाहिँ बेलायती प्रमका प्रवक्ताले भन्नुपर्‍यो।

हाम्रा प्रधानमन्त्रीका प्रेस सल्लाहकारले गरेको ट्विट अनुसार ब्रिटिस गोर्खा सैनिक सन्दर्भमा सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धि पुरानो भएको भन्दै नयाँ परिवेश अनुसार पुनरावलोकन हुनुपर्ने बताए रे प्रमले।

परराष्ट्र मन्त्रीले पनि त्यसै भन्नुभो

तर डाउनिङ स्ट्रिटका प्रवक्ताले राखेको विज्ञप्तिमा चाहिँ त्यस्तो छैन। ब्रिटिश गोर्खा सैनिक बारे यस्तो छ-

The Prime Minister stressed the important role of the Gurkhas, who continue to serve in the British Armed Forces with honour and distinction.

उनका प्रधानमन्त्रीले गरेको कुरा मात्रै छ यसमा। हाम्रा प्रधानमन्त्रीले त्रिपक्षी सन्धिको कुरा ट्विटरमा मात्र गरेका हुन् कि साँच्चिकै पनि गरेका हुन्?

गरेको हो भने यसो पनि भने है नेपालका प्रधानमन्त्रीले भनेर किन आएनछ विज्ञप्तिमा? कि त्यो महत्वको कुरा नभएकोले हो? दुई देशबीच द्विपक्षीय सन्धि गरौँ भनेको कुरा बेलायतलाई उल्लेखै गर्न लायक नभएको त हैन कि।

यस्तो छ विज्ञप्ति

A Downing Street spokesperson said:

The Prime Minister welcomed Nepalese Prime Minister KP Oli to Downing Street today.

The two leaders began by welcoming the strength of relations between our countries and noting that formal ties have endured for more than 200 years. The Prime Minister stressed the important role of the Gurkhas, who continue to serve in the British Armed Forces with honour and distinction.

Prime Minister Oli thanked the Prime Minister for the Department for International Development’s continued support for Nepal, particularly in the education and health sectors. He also expressed his gratitude for the UK’s assistance following the earthquake in 2015.

Discussing opportunities to enhance our economic cooperation, the leaders agreed on the need to formalise double taxation arrangements and looked forward to an increase in UK investment and tourism during Visit Nepal Year in 2020.

Finally, the leaders discussed their commitment to human rights and the important work of the UN Human Rights Council. Prime Minister May outlined her determination to eradicate modern slavery by 2030 and Prime Minister Oli reaffirmed his ambition to ratify the Palermo Protocols to prevent human trafficking.

Comments