यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

एउटा प्रेरणादायी जीवनको दुःखद अन्त्य : फेसबुकमा ‘अर्को जुनीमा भेटौँला’ लेख्दै गए युवक


जोश, आत्मबल र साहस : यी तीन कुरा यी युवकमा थियो जो अरुमा थिएन। उनको नाम युवक। युवक लामा। ११ कक्षामा पढ्दै गरेका। दुर्घटनामा परेर एक खुट्टा गुमाएका। तर दुःखलाई जिल्याउँदै अरुका लागि प्रेरणा भएर बाँचिरहेका एक १९ वर्षीय किशोर। काठमाडौँको साइकल कम्युनिटीमा एकदम परिचित। एक खुट्टाकै भरमा साइकल चलाएर कहाँकहाँसम्म यात्रा गरिसकेका। सुरुमा त विश्वासै लागेन खबर सुन्दा। तर साँचो रहेछ। उनी अब यो दुनियाँमा रहेनन्।

आइतबार मध्याह्न १२ बजेर ४५ मिनेटमा उनले आफ्नो सेल्फी फेसबुकमा राखेका थिए।

रुँदै गरेको जस्तो देखिने फोटोमा उनले क्याप्सन लेखेका थिए- सबैले बिर्सिदिए पुग्छ मलाई यो जिन्दगीमा,अर्को जुनीमा भेटौँला।

शायद् स्टायटस देख्ने बित्तिकै कसैले यादै गरेनन्। नत्र उनलाई जोगाउन सकिन्थ्यो कि!

तर केही समयपछि ललितपुरको हात्तीवनस्थित कोठामा झुण्डिएको अवस्थामा फेला परे। संसार छाडिसकेका थिए उनले। ‘सबैले बिर्सिदिएपुग्छ’ लेखेका थिए उनले अन्तिम पटक। तर उनको त्यो जोश, आत्मबल र साहस बिर्सनयोग्य छैन।

शायद् उनी भित्रभित्रै ठूलै पीडामा बाँचिरहेका थिए। यो कुरा उनका नजिकका साथीभाइले बुझ्न सकेनन्। नभए उपचार पक्कै सम्भव थियो। थोरै मात्र मार्गनिर्देशन भएको भए उनले यो अमूल्य जीवन गुमाउन पर्दैन थियो। उनी अझ धेरैका लागि प्रेरणा बनिरहन्थे। उनले आफू जस्तै अरु धेरैमा आत्मबल जगाउन सक्थे।

२०६९ सालको दशैँमा धादिङ गल्छीस्थित घर जाँदै गर्दा भएको बस दुर्घटनामा परेपछि उनले एउटा खुट्टा गुमाउनु परेको थियो। त्यसको केही समयमा नै आमाको पनि मृत्यु भयो। यमलाल रसाइलीले उनलाई साइकल चलाउन सिकाए। रसाइली पनि एक खुट्टा बिना साइकल चलाउँछन्। काठमाडौँको पुरानो साइकल पसल पङ्क बाइकले उनलाई साइकलमात्रै निःशुल्क दिएन, जागिरसमेत दियो। उनले साइकलबाटै लुम्बिनीसम्म, नेपालगञ्ज, कोशी टप्पुसम्मको यात्रा गरेका थिए।

हिमालयन आउट डोर अन्तर्गत् हात्तीवनमा भएको क्रस कन्ट्री रेसमा दोस्रो भएका उनको प्यारा ओलम्पिकमा सहभागी हुने सपना थियो जुन अब कहिल्यै पूरा हुने छैन।

फेसबुक पोस्टहरु हेर्दा केही दिनदेखि उनले पीडा पोखिरहेको देख्न सकिन्छ। हिजोमात्रै राति उनले लेखेका थिए- जिन्दगी हरेक दिन उस्तै नहुदोरैछ। कहिले उदाएको घाम जस्तै त कहिले अस्ताउन लागेको सूर्य जस्तै।।।## शुक्रबार पनि उनले लेखेका थिए- अजिबको छ मेरो एक्लोपन। न खुशी छु, न उदास छु, बस।। खाली छु खामोस् छु।

यस्ता पोस्टहरु हेरेर कसैले पूर्वानुमान गरेको भए उनलाई जोगाउन सकिन्थ्यो होला। उनी जोगिनु भनेको सयौँ उनी जस्तालाई जिउने प्रेरणा हुन्थ्यो। तर…..

युवकलाई श्रद्धाञ्जलि!

2 comments to एउटा प्रेरणादायी जीवनको दुःखद अन्त्य : फेसबुकमा ‘अर्को जुनीमा भेटौँला’ लेख्दै गए युवक

  • madan bajracharya

    दुख लाग्यो/ यउटा खुट्टाले साइकल चलाउनुले व्यक्ति संघर्षशील “अर्को जुनीमा भेतुंला भने वाट व्यक्ति मायालु नै भयको देखिन्छ/ तर व्यक्ति जत्ति सुकै संघर्षशिल भय पनि कुनै कुनै बेला कसैको साथ् र माया त् चाहिने नै हुन्छ; यहि कुरा मानिसको बिशेसता र कमजोरी हो/ ……गर्नु अघि सबैले बिर्सी दिय हुन्छ अर्को जुनीमा भेतुंला भनेकोले पक्कै पनि ….गर्नु अघि आस गरेकोले निराश बनायको, साथ् दिनु पर्ने ले साथ् नदियको बिपतको बेला निसहाय भयको महसुस गरेको हुनु पर्छ जस्तो लाग्यो/

    अकाल मृत्यु हुनुको कारण आफै भय पनि तेसको छानविन त् हुनै पर्छ/ बय्क्तिलाई नभय पनि विकृतिलाई ….त् गर्ने पर्छ/ ताकि फेरी कसैले आफ्नै …..गर्न नपरुन/

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 0

  • Ishwor Devkota

    तिमीले जीवनको अमुल्य गति यसरी नरोकीदिएको भए हुन्थ्यो …! अरुका निम्ति प्रेरणादायी जीवन जिउंदै गर्दा तिमी स्वयंले चाहिं थाम्नै नसक्ने निराशा बोकिरहेका छौ भन्ने पत्तै भएन | अनायास नै असाध्यै पिडादायिक खबर बनाएर गयौ, हार्दिक श्रदान्जली युवक |

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 1

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)