यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

सिन्धुपाल्चोकमा के भयो यस्तो? बाँदरको ‘सामूहिक सुसाइड’ रे, सम्भव छ?


मंगलबारदेखि नै सोसल मिडियामा एउटा खबर र त्यससँगै फोटो पनि भाइरल भयो। लेखिएको थियो- सिन्धुपाल्चोक चौतारा साँगाचोक गढि न. पा. वडा १३ अर्चले गाउँको महादेबथान छेउको खेतमा रहेको पोखरीमा बिहान बाँदरहरुले सामूहिक आत्महत्या गरे।

अचम्म।

बाँदरहरुको सामूहिक आत्महत्या?

कतिपयले यसलाई हावा खबर भन्ठानेर उडाए पनि। तर बुधबार भने कान्तिपुर अनलाइनमै समाचार आयो। शीर्षक थियो- पोखरीमा हाम फालेर १६ बाँदर मरे।

भाइरल खबर र कान्तिपुरमा आएको खबरमा खासै फरक थिएन। फेसबुकमा भाइरल खबरमा भनिएको थियो-

अर्चले गाउँका समाजसेवी क्षेत्र ब. दुलालको भनाई अनुसार उहाँ एकाबिहानै माहाँकाल नजिकै धानखेतमा पानी लगाउन गएको बेलामा एक्कासी बाँदरहरु कराएको आवाज आयो। अनि त्यहाँ पुगेर हेर्दा त बाँदरहरुको बथानमा लगातार २५ वटाले हामफालिसकेका थिए र अरु हाम्फाल्ने कोसिस गरिरहेका थिए। नजिकैका खेतमा काम गर्ने कुस्माखर दुलाल लगायत सबै मानिसहरुलाई बोलाई हुल बथानलाई लखेटे। पोखरीमा पसेका २५ वटा मध्ये ९ वटाको उद्दार गरे। १६ वटा मरिसकेका रहेछन्। घटना भएको ठाँउमा पुगेर हेर्दा पोखरी सिमेन्टको प्लास्टर भएको र पोखरीमा आधा पोखरी मात्र पानी रहेको र मरेका बाँदर देखिन्छन्।

कान्तिपुरको खबरमा पनि यी दुईलाई उद्‍धृत गरिएको छ-

‘म धान खेतमा पानी थुन्न गएको थिएँ,’ उनले भने, ‘सधैंभन्दा अलि फरक तरिकाले बाँदरहरू चिच्याएको सुनेर पोखरीमा हेर्न पुगेँ।’ आफूले देख्दादेख्दै पनि डुबेकालाई बचाउने शैलीमा बाँदरहरू लगालग पानीमा हाम फाल्न थालेपछि होहल्ला गरेर गाउँले बोलाएको उनले बताए।

क्षेत्रबहादुरको आवाज सुनेर आएका छिमेकी कुश्माखर दुलाल पनि सुरुमा त छक्क परे। त्यसपछि जम्मा भएका गाउलेले पोखरीमा हाम फाल्न ठिक्क परेका बाँदरको हुल धपाए। डुबेर छटपटाइरहेकालाई बाहिर निकाले।

‘यो के अनर्थ हुन लागेको भनेर सुरुमा त हामी अचम्ममा पर्‍यौं,’ स्थानीय कुलप्रसाद दाहालले भने, ‘९ वटालाई बचाउन सकियो। १६ वटा मरेछन्। अरुलाई धपाउन पनि गाह्रै भयो।’ घटनाले गाउँलेलाई अचम्मित पार्नुका साथै दु:खी बनाएको उनले बताए। ‘गाउँले मिलेर बाँसले बाँदर निकालेका हौं,’ उनले भने, ‘पोखरी बर्खाले आधाआधी भरिएको छ।’ गाउँलेले तत्कालै प्रहरीलाई घटनाको जानकारी गराएको उनले बताए।

कान्तिपुरमा बाँदर विशेषज्ञ मुकेश चालिसेलाई उद्‍धृत गरिएको छ। ‘बाँदर पानीमा मज्जाले पौडन सक्छ। पोखरीमा कुनै खानेकुरा लिने होडमा यो भएको हुनसक्छ,’ उनले भनेका छन्, ‘या पोखरीमा करेन्ट लगाइएको हुनसक्छ। त्यत्तिकै बाँदरले हाम फाल्दैनन्।’ यसरी बाँदरले सामूहिक रुपमा हाम फालेको कुरा पहिलोपटक सुनेको उनले समाचारमा बताएका छन्।

बाँदरको आत्महत्या भने विश्वमा धेरै अघि नै समाचार बन्न थालेको थियो। उदाहरणका लागि यो सन् १९३२ को समाचार हेर्नुस् द टाइम्समा छापिएको-

सन् १९३९ मा न्युयोर्क टाइम्समा पनि छापिएको रहेछ बाँदरको आत्महत्याको समाचार- MONKEY COMMITS SUICIDE; Shipped From New York, It Jumps to Death in Cleveland Zoo

तर यो एउटा बाँदरको कुरा हो। हाम्रोमा त धेरै बाँदरहरुको कुरा छ।

पशु आत्महत्याबारे भाइसमा पनि एउटा सामाग्री छ- Inside the Mystery of Animal ‘Suicide’ बाँदरभन्दा पनि पशुको आत्महत्यासित सम्बन्धित छ यो सामाग्री।

त्यसमा उल्लेख भए अनुसार पशु आत्महत्याको सबैभन्दा पहिलो खबर सन् १८४५ मै आएको रहेछ। त्यतिबेला एउटा कुकुरले आत्महत्या गर्न खोजेको खबर बनेको रहेछ। सन् २०११ मा एउटा भालुले चीनमा आत्महत्या गरेको रहेछ।

बीबीसीमा पनि एउटा लामो फिचर छ यसबारे- Many animals seem to kill themselves, but it is not suicide. Do dogs, whales, horses and other animals intend to end their lives? सन् २०१६ मा प्रकाशित यो फिचरमा प्राचीन ग्रीकहरुले पनि यस्तो प्रश्न सोच्ने गरेको उल्लेख छ। दोस्रो शताब्दी एडीमा ग्रिक स्कलर Claudius Aelian ले पशु आत्महत्याबारे एउटा किताबै लेखेका थिए।

तर इटालीको युनिभर्सिटी अफ काग्लियारीका साइकियाट्रिस्ट एन्टोनियो प्रेटीको दावी छ- कुनै पशुले थाहा पाएर आत्महत्या गरेको कुनै प्रमाण छैन। उनले ४० वर्षका करिब एक हजार प्रकाशित अध्ययनहरुका आधारमा यसो भनेका हुन्।

मालिकको मृत्युपछि कुकुरले खाना नखाई मृत्यु हुनुलाई उनी आत्महत्या मान्दैनन्। कुकुर आफ्नो मालिकको हातबाट खाना खान बानी परेको हुन्छ। त्यसैले यस्तो भएको हो। यो कुकुरको मर्ने चेतनशील निर्णय भने नभएको उनको दावी छ। यसलाई आत्महत्या भनेर सोच्नु मानवको व्याख्या भएको उनको तर्क छ।

नेपालमा पनि यति धेरै बाँदरले आत्महत्या गरेको भन्नु विश्वसनीय छैन। चालिसेले भने जस्तो पोखरीमा करेन्ट लगाएको हुनसक्छ। यो कुरा समाचारमा थाहा नदिइएको हुनसक्छ। करेन्ट लागेर मरेको भए पोस्टमार्टममा यसको रिपोर्ट आउँथ्यो। बाँदरको पोस्टमार्टम गरियो कि यत्तिकै बेवास्ता गरियो, समाचारमा उल्लेख छैन।

4 comments to सिन्धुपाल्चोकमा के भयो यस्तो? बाँदरको ‘सामूहिक सुसाइड’ रे, सम्भव छ?

  • madan bajracharya

    कृष्णज्यु

    मित्र सबै बसु पन्छीको आआफ्नै बोलि र संकेत हुनु; समुदायमा बस्नु अग्रज हुनु र आआफ्नो छ्य्त्र पनि हुनुले मानिस मात्रै सामाजिक प्राणि होईन पशु पंच्छी माछा कमिला सबै सामाजिक प्रानिहरुनै भयको देखाउंछ/ फरक मात्र के हो भने हामीले उनीहरुको कुरा बुझ्दैनौंसिक्दैनौं तर उनीहरुले हाम्रो कुरा बुझ्न सिक्न सक्छ/ तेसैले तेसती दुख पर्यो भने मान्छेले जस्तै उनीहरुले पनि आत्महत्या गर्न जान्दैन भनेर भन्न सकिंदैन/

    बाँदर मान्छेले जस्तै साग पनि खाने मासु पनि खाने गर्छ/ तर अचम्मै सिट स्वयम्भूको बाँदरले मासु खाँदैन तर पसुपतिकोले खान्छ/ यसैले पसुहरुको पनि चलन संस्कार मान्छेको जस्तै फरक हुने देखाउंछ/ बाँदर मान्छेकै पुर्खा हो भन्छ/ बाँदरहरुको पनि आआफ्नै समुदाय हुन्छ/ स्वयम्बुमै अनेकौं बाँदरको समुदायहरु छन्/ उनीहरुको आआफ्नै नेता पनि छन्/ उनीहरु झगडा गर्दा पनि समुह मिलेरै झगडा गर्छन/ प्रत्यक समुदायको बाँदरहरुले आफ्नो समुदायको बालक बाँदरहरुको समुहगत रुपमै खेलाउछन् र अरु बात बचाउने गर्छ/ उनीहरुलाई बिरामी हुँदा कुन जडी बुटी खोजेर खाने त्यो पनि थाह छ/ रुख मा चढ्ने खेल्ने बाँदर रुख बात खसेमा उसको समुदायले केहि समयको निमित समुदाय बात निकाल्छ भनिन्छ/ तेस्तो बाँदर नै हाम्रो टोल घर तिर आउने हो/

    मैले यक दिन स्वयम्भु मन्जुश्री को बायाँ पट्टि सानो पोखरीमा यौटा तगडा बाँदरले बालक बाँदरहरुलाई रुख बात पोखरीमा हाम फाल्न लगाउंदै गरेको देखेको थिय/ तगडा बाँदर पोखरीको दिलमा मानिस बस्नको निमित राखेको कुर्सीमा बसेको थियो/ बालक बाँदरहरु रुखमा छाड्ने पोखरीमा हाम फाल्ने फेरी फर्केर रुखमा छाड्ने फेरी हाम फाल्ने गर्दै गरेको थियो/ मेरो यक जना साथि अलि नडराउने थियो/ उ मैले रोक्दा रोक्दै त्यो तगडा बाँदर बसेको कुर्सिको अर्को छेउमा बस्न गयो/ तगडा बाँदर सुटुक्क आफु बसेको कुर्सिको अर्को छेउ बात उठेर मेरो साथीको अगाडी आयर उभ्यो र मेरो साथीको गलामा मज्जाले थप्पड हान्यो; तर चिथारने तोक्ने चाहि गरेन/ मेरो साथि भागेर आयो/ त्यो तगडा बादर फेरी कुर्सीमै बस्न गयो र बालक बाँदरहरु फेरी खेल्न थाले/

    केहि दिन अघि मात्रको कुरा हो/ म घर अगाडिको लनमा भयको सानो रुखको हाँगाहरु काट्न लागेको थिय/ त्यो रुख भित्र ठुलो खालको भंगेराको गुण्ड रहेछ र त्याहा उड्न नजानेको बच्चा पनि रहेछ/ म रुखमा चल्न थाले पछि माउ र बाउ भंगेरा अजिव संग्ग चिरबिर गर्दै कहिले माउले त् कहिले बाउले मेरो टाउकोमा पखेटाले थप्पड हान्दै गरे/ फेरी मैले उनीहरुलाई आँखा जुधायर हेर्दा केहि नगर्ने तर मुन्टो बतार्यो भने आयर थप्पड हानि हाल्थ्यो/

    मेरो घर संगै को घरको भित्ताको प्वालमा गुण्ड बनायर बसेको भंगेरालाई व्याधाले गुलेलिले हानेर मारे पछि त्यो गुन्दमा रहेको सानो सानो पखेटा समेत न उम्रेको भंगेराको बच्चाहरु ल्यायर पाल्न खोजेको थिय/ तर खुवाउन नसक्ने भयो/ त् मलाई टोलकी यक जना किसानले हामीले खुवाउनु पर्दैन नान्ग्लो मा राखेर बिहान बेलुकुका बाहिर राख्नु उनीहरुको समुहले खान खुवाउञ्छ भने/ मैले तेस्तै गरे/ उसको माउ बाउ त् मारीइ सकेको थियो थियो/ तर उस्को समुदायको भंगेराहरुले ती बालक भंगेरालाई खुवाउन आउंथ्यो/ उनीहरु तेसरिनै हुर्के/ उड्न सक्ने भय पछि बाहिर उडेर जान्थ्यो तर बेलुकी मेरो कोठा उनीहरुको खुला पिन्जरामै सुत्न आउंथ्यो/ तर यक दिन मुसाले दुवै खाई दिय/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1

  • श्रीकृष्ण अधिकारी

    सकारात्मक र बिकासको कार्यमा गाँउलेहरु एक आपसमा मिले भने देश बनाउन पनि सक्छन् अनि अपराधिक कुरामा पनि मिले भने गाँउका अपराध गाँउभित्रै दबाउन पनि सक्छन् । अचेल नेपालका धेरै गाँउहरुमा बाँदर आतंक बढेको छ । कारण यो छ कि बाँदरहरुको समूहले बालिनाली खाईदिने र बिध्वंस मच्चाउने । महिला केटाकेटी र कमोजर मानिसहरुलाई एक्लै दुक्लै भेट्टाएभने टोक्ने चिथोर्ने र घरभित्र पसेर आतंक मच्चाउने । फेरी बाँदरलाई मार्न पनि पाईदैन । मेरो बिचारमा त साँगाचोक गढिमा पनि बाँदरले निकै दुख दिएको हुनु पर्छ । बाँदरलाई हनुमान (हिन्दुहरुको भगवान) को रुपमा पनि हेरिन्छ । पहिला पहिला पो मान्छे आस्तिक थिए अधिकांश सनातन हिन्दु धर्मावलम्बी थिए अनि बाँदरलाई देखेपछि श्रद्दाका साथ नमन गर्थे । अचेल धार्मिक, साँस्कृतिक र राजनितिक अतिक्रमणले गाँउघरतिर नानाभाँती धर्म प्रवेश गरिसकेपछि हिन्दुहरुको भगवान भनेर कसैले नमार्ने कुरा पनि भएन । जे होस अनुसन्धान गर्नु पर्ने चाँही देखिन्छ ।
    फेरी बाँदरले पौडी राम्रोसंग खेल्न सक्छ । बाढी आएको बेलामा पनि ठुला ठुला खोला तर्छ भने पोखरीमा कसरी डुब्छ ?

    मन परे हरियो नपरे रातो ! Thumb up 14 Thumb down 1

  • Shankar

    नेपाल को बादरहरु अन्य देश को बादरको तुलनामा बुद्दिमान नै मान्नु पर्छ |ठुला ठुला बाद को आविस्कार गरे , ठुलो आन्दोलन गर्ने भन्दै आफ्नै देशको बिकास संरचना धोस्त पारे , गाउमा गरिब सोजा निरक्ष्यर जनता लाइ बन्दुक बोकाएर , सेना सग भिडाएर , १४ हजार जातिलाई मारेर आज सत्तामा पुगे| आज छोरा छोरी ज्वाई , आसे पासलाई लिएर आलिसान महलमा बस्छन , देशी बिदेसी ब्यांक मा अरबौ रुपिया थुपारेका छन् , उपचार गर्न, सपिङ्ग गर्न सिंगापुर , अमेरिका जानु उनीहरुलाई सामन्य छ | आफ्ना सबै आफं न्त जान हरु ठुला ठुला पद मा छन् करोडौ को गाडीमा हुइकिञ्छन | येसरी उनीहरुको जनान्दोलन सफल भएको छ | बहुदलीय जनबाद , नौलो जनबाद , प्रचण्ड पथ, सबैको फ्युजन भएर नया पाखेबाद को जन्म भएको छ | राजदुत , कुटनीतिक पद , सरकारी अफिस , भन्सार , माल जताततै पाखे जैसिबाहुन हरुको बिगीबिगी छ पुरैदेश अब समाबेसी भएको छ |उनीहरुको भासमा अब देश ले बिकासको गति पक्डिसक्यो अब अम्रिकालाई पछाडी न पारेसंम रोकिने वाला छैन भन्छ त्यो छबिलाल | अब उनीहरु पनि हिजो का रहेनन् होलि वाईन ले नुहाइसकेका छन् | भन्न मिल्दैन |

    मन परे हरियो नपरे रातो ! Thumb up 7 Thumb down 0

  • madan bajracharya

    जनावरले आत्महत्यानै गर्छ त्यो त् भन्न सक्दिन तर तेस्तै कुनै कुराको कारण उनीहरुले त्यो गर्न सक्छ जसको कारणले उनीहरुको ज्यानै जान्छ/ यस्तै घटना मेरै घरमा भयको थियो/ म घरमा भोटे कुकुर थियो/ परिबार र घरको निमित कुनै ससस्त्र सुरछ्या गार्ड भन्दा कम थियन/ अपरिचित र कुनै अर्को कुकुर बा कुनै घरको आसपास आयको महसुस भयो भने भुक्दैन्थ्यो भुईमा झम्टन लागेको बाघ जस्तै बस्रेर कुरेर बस्थ्यो/ झम्टिने अवस्था नरहे मात्रै भुक्थ्यो/ तेसैले संधै मोटो सिक्रीले बाँधेर राख्नु पर्थ्यो/ कहिले काहीं त्यो सिक्री समेत चुन्दाल्थ्यो/ यक दिन घर निर बाहिर सबैलाई तोक्दै गरेको बहुला कुकुर आयो/ बहुला कुकुर पनि अजङ्ग कै थियो/ मेरो भोटे कुकुरले सिक्रिनै चुन्दालेर बाहिर गयो/ म माथि कोठामा बसिरहेकोले चालनै पायन/ यक छिन पछि उसले त्यो बहुला कुकुरलाई मारेर बाघले बाख्रा उठायर ल्याय जस्तै गरेर माथि कोठा सम्मै ल्यायर मेरो अगाडी राखे/ उसलाई पनि रेविज लाग्ला भनेर टेकु भेट अस्पताल लागे/ तर डाक्टरले रिस्क नलिनुस कुकुर ठुलो छ; मार्नुनै राम्रो भने तर मैले मार्न सकिन/ रिस्क लियारै भ्याक्सिन दियर महिनौं दिन सम्म मैले बाहेक अरु कसैलाई छुन नदी बचाय/

    पारिवारिक कारणले मैले आफ्नो घर छोड्नु पर्यो/ मेरो भोटे कुकुरलाई संगै लग्न सकिन/ घर छोडेको यक हप्ता पछि भाईले आयर दाईले घर छोडे देखि कुकुरले उसको घर (उसको निमित सानो काठको घर बनायको थिय) बात निक्लेंन पानि खाना केहि खायन भने/ दौडेर लिन जान चाहन्थे/ तर भाडामा बसेको कोठा सानो भयको र कुकुरको प्रकृति पनि तेस्तै भयकोले त्यो सम्भव भयन/ त्यो कुकुर ले तेसरिनै पानि पनि नखाई उसको सानो घर भित्रै प्राण त्याग्यो/ अव यसलाई के भन्ने?

    करिव यस्तै घटना पहिला पनि भयको थियो/ म स्कुल बात फर्कंदा बुबाले तेरो कुकुरलाई मोटरले कीच्यो, भित्र छ मरिसके होला भने/ म भित्र जाँदा कुकुरको टाउकोको हड्दिनै फुटेको र कान छिनेको अवस्थामा देखे/ तर मारिने सकेको थियन/ मैले बोलेको सुने पछि घिस्रंदै आयो र मेरो खुट्टामा टाउको राखेर मर्यो/ तेसैले जनावर हुँदैमा उनीहरु सोच्दैन भन्न सकिंदैन/

    मन परे हरियो नपरे रातो ! Thumb up 8 Thumb down 1

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)