यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

जम्मु कास्मिर : किन चुप सब? नेपाल खाने खतरा त बढेको हैन यो पाराले?

वनै खायो डढेलोले …..
मनै खायो त्यै मोरीको पापी मायाले….

ठयाक्कै यही गीत जस्तै लाग्छ अचेल नेपाली राजनीतिको छिमेक नीति, सम्बन्ध र क्रिया, प्रतिक्रिया वा मौनतालाई नियाल्दा।
हेर्दाहेर्दै जम्मू कश्मीर निल्यो हिन्दुस्तानले । कट्टरपन्थी भापजावालाले त्यसको समर्थनमा विजयोत्सव मनाउँदै छन् । विरोधीहरू सुस्ताए, असन्तुष्टिका सुस्केराहरूसँगै । भारतमा मोदी युगको दोस्रो प्रहरमा दक्षिण एसियामा मात्रै होइन, संसारकै लागि साम्राज्यवादी अधिनायकत्व कसरी स्थापित हुन सक्छ भन्ने ताजा उदाहरण हो , कश्मीरको सम्प्रभुतामाथिको भारतीय हमला ।

यसको प्रतिवाद गर्ने क्षमता जम्मू कस्मिरीहरूले बटुलिसकेका छैनन्, किन की त्यहाँ भारतीय सैनिक परेड जारी छ । उनीहरूले केही समयसम्म शक्ति आर्जन गर्न नै मेहनत गर्नुपर्ने अवस्था देखिन्छ । भाजपाको यो अर्को राज्य वा देश नै निल्ने नीतिमा बोल्नु पर्ने छिमेकी र परदेशका हितैषी हुन, त्यसमा उदाउँदो विश्व शक्ति राष्ट्र चीनको र पाकिस्तान बाहेकको खास कडा प्रतिक्रिया नै आएन । यो कदमको प्रतिवादमा एकला ईमरान खानको इमान मात्रै बोलिरहेको छ ।

अचम्म त, तीनतिरको छिमेकी नेपालले यसबारेमा आजसम्म सुइँकोसम्म पाएको आधिकारिक छनक छैन । भारत सरकारले जम्मू कश्मीर राज्यलाई विशेषाधिकार तथा विशेष मान्यता दिने संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेपछि कश्मीरको खोसिएको स्वतन्त्रताको पक्ष लिन जरुरी थियो वा थिएन, त्यो बेग्लै बहसको पाटो हो । तर त्यसबारे नेपाल सरकारको आधिकारिक धारणा के थियो वा हो ? अहँ यसबारेमा नेपालको सरकार, विदेश मन्त्रालय, दलहरू, दलहरूको विदेश विभाग वा विदेश मामलामा दख्खल राख्ने नेताहरू सब तै चुप मै चुप छन् ।

यसबारेमा प्रतिक्रिया दिनुपर्ला भन्ने डरले नै होला , कार्यकारी प्रधानमन्त्री तथा सत्तारुढ दलका अध्यक्ष केपी ओली निजी खर्चमा भन्दै बिदा मनाउन सिङ्गापुर हानिए गएको शनिवार । सरकार निकट प्रेसले जति नै समाचार प्रधानमन्त्री स्वास्थ्य जाँचकै लागि गएको भने पनि, केही साता अघि नेपाल भ्रमणमा आएर भारतीय बाह्य गुप्चतर संस्था रअका प्रमुख सामन्त गोयलले सिकाएको गुरु मन्त्र बमोजिम नै प्रधानमन्त्री ओली पहिलो पट्क सत्तामा बसेर बिदा मनाउन वा आराम गर्न सिङ्गापुर उडेको तथ्य अब जनताका सामु छर्लङ्ग भइसक्या छ । शायद नाकाबन्दीकालीन कथित राष्ट्रवादी अडानबाट चिढिएको छिमेकी भारतलाई रिझाउन यही प्रकरणमा यही शैलीबाट गुन तिर्नु थियो की हाम्रा प्रधानमन्त्रीलाई ?

रअ प्रमुखले दुई दिने नेपाल भ्रमणका दौरान प्रधानमन्त्रीलाई नभेटेको भन्ने सरकारका प्रवक्ताको भनाई रहे पनि घट्नाले प्रम र गोयल बिच भेटवार्ता भएको सत्य स्थापित भएकै थियो । त्यही भेटको लगत्तै भारतले कश्मीर निल्नु र नेपाली प्रधानमन्त्री आराम गर्न विदेशिनु संयोग मात्रै थिएन र होइन पनि । डिजिटल बन्दै गरेको विश्व, भारत र नेपालकै राजनीतिक ईसितहासको कुनै मोडमा यो तथ्य प्रमाणित हुने नै छ । किन भने यहाँ जुलियस असान्जहरु र उनका उत्तराधिकारीहरूले यस्ता भित्री तथ्यहरू एक न एक दिन उत्खनन गर्ने नै छन् ।

ठिक छ, प्रधानमन्त्री त बिमार नै परेर उडे रे । एकछिनलाई पत्याइदिऊँ, अनि त्यत्रो भीमकाय सत्तारुढ नेकपा सँगै ओलीसितै विदेश उड्या थियो र ? उसले कश्मीरमा भारतीय दादागिरीको विरुद्ध प्रतिक्रियासम्म दिने आँट गरेन ? ५ दिने निजी दुबई भ्रमण सकेर अर्का सत्तारुढ नेकपा अध्यक्ष प्रचण्ड स्वदेश फर्केपछि नै त हो, भारतले जितेर जम्मू कश्मीर निलेको ।

तर भेनेजुयलको सङ्कटमा पृथक् अडान राखेर वक्तव्यवाजी गर्न सक्ने नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड समेत यस मामलामा किन हातमा दही जमाएर बसे, बसिरहेका छन् ? रहस्यमय प्रचण्ड व्यक्तित्वको राष्ट्रवादी अडान, रुझान वा क्रान्तिकारी छवि किन लत्रियो यस प्रकरणमा ? प्रतिवाद जरुरी थिएन होला, तर प्रतिक्रिया नै पनि व्यक्त गर्न नसक्ने गरी प्रचण्ड किन कक्रिए, थलिए ? गोयललाई निवासमा स्वागत गर्नुको प्रभाव वा दबाबले यसमा काम गरेको होइन भनेर कसरी पत्याउने लोकले ?
नेपाल सरकारका विदेशमन्त्री प्रदीप ज्ञवाली बडा प्रेस मैत्री र भित्री चुरो कुरो बुझेर विदेश मन्त्रालय हाकीरहेका ओली सरकारका एक जना कामकाजी मन्त्री हुन । उनलाई कहाँ बोल्नु पर्छ र पर्दैन भन्ने पुरापुर थाहा हुन्छ । देशले पढा लेखा तथा सूचनामा अब्बल र कूटनीतिक मामलामा माहिर विदेश मन्त्री पाएका बेला कश्मीर भारतमा गाभियो, दिनदिहाडै, तर मौन रहे जनताले स्पष्ट वक्ता भनेर जाने मानेका विदेश मन्त्री प्रदीप ज्ञवाली पनि ।

२०५६ सालमा २६ सांसद लिएर नेकपा एमाले फुटाएर माले गठन गरेका उम्दा भारत विरोधी नेताको छवि बनाएका बामदेव गौतम सत्तारुढ नेकपाका वरिष्ठतम उपाध्यक्षमा कायमै छन् । तर उनले पनि यो प्रकरणमा मुख खोलेनन् । उति बेला एमाले फुटाएर माले बनाउन निकै मेहनत गरेका राजेन्द्र श्रेष्ठ समाजवादी पार्टीका ठूलाबडा नेतामा नै पर्छन् । तर उनी पनि मौन छन् ।

यो कुरा किन उल्लेख्य छ यहाँ भने, त्यति बेला मोहनचन्द्र अधिकारी वा सिपी, आरके मैनालीहरूले एमाले फुटाउँदा महाकाली सन्धिमा भएको भनिएको राष्ट्रघात मात्रै पार्टी फुटको कारण थिएन, भारतीयलाई साम्राज्यवादलाई हेर्ने दृष्टिकोणमा नै मतभिन्नता रहेको भनेर वामदेव नेतृत्वमा माले जन्मिएर गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा माले सामेल भएको थियो । भलै, त्यो एमाले माले विभाजन अहिले उहिलेका कुरा खुइले भैसकेको किन नहोस् ।

नेकपा मशालका वयोवृद्ध आजीवन महामन्त्री मोहन विक्रम सिंह, नारायणमान बिजुक्छेको नेमकिपका एक जना माननीय र एकाध साना कोठे वाम नेताहरू बाहेक अरूको सार्वजनिक राजनीतिक मेमोरीमा जम्मू कश्मीरमाथिको भारतीय हैकम सार्वजनिक प्रतिक्रियाको ईस्यु नै नबन्नु बडा ताजुबलाग्दो परिघटना हो ।

भारतलाई साँच्चै नेपाली नेताहरू ठूल्दाई नै मान्छन् र भारतीय इसारा बाहेकमा एक कदम पनि चाल्न सक्दैनन् भन्ने यो नवीनतम व्यवहारिक नमुना हो । साँच्चै भन्ने हो भने, सबै दल र तिनका नेता भारतका दास नै रहेको प्रमाण यही हो । के अचेल प्रभुको सेवा गर्न घिउ, गुन्द्रुक, चाकु बोकेर दरबार धाउनु पर्ने हो र ? होइन । प्रभुको ईच्छानुसार कानमा तेल हालिदिए नै पनि काफी हुन्छ । बस, हाम्रा दल, नेता र सरकारले त्यही गरिदिए । यही हो, देशभक्त नेपालीले गहिरोसँग चिन्तन मनन गरेर सचेत हुनुपर्ने मुख्य चुरो कुरो ।

उसो त अन्तर्राष्ट्रिय दुनियाँ पनि यस मामलामा या त बोलेन, या ढिलो बोल्या वा बचेर बोल्यो । तर नेपाली नेताले त त्यति पनि गरेनन् । मुख्य विपक्षी काँग्रेसका नेताहरूले संस्थागत रूपमा भारतीय कदमको विरोध गर्लान् भन्ने त अनुमान गर्नु नै बेकार हुन्थयो । तर चार तारे दलका प्रखर वक्ता र लोकप्रिय भनिने नेताहरू पनि मौन रहे । युएनले पनि भारत र पाकिस्तानले सन् १९७२ मा कश्मीर विवाद समाधान गर्न गरेको शिमला सहमतिको स्मरण गराएर आफ्नो दायित्व पुरा भएको ठान्दै छ ।

दोस्रो कार्यकालका लागि प्रचण्ड बहुमतका साथ प्रधानमन्त्री नियुक्त भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी नेतृत्वको सरकारले यसरी जम्मूकश्मीर राज्यलाई दिएको विशेष संवैधानिक मान्यता अन्त्य गरिदिएको घट्ना एक मामुली विवादमा बलियो भारत कमजोर कश्मीरी सामु हाबी भएको उदाहरण मात्रै होइन, यो त साम्राज्यवादी भारतको नयाँ ऐना हो । तर त्यति स्पष्ट साम्राज्यवादी हमलालाई निरुत्तर रमिते बनेर नेपाली शासक र नेताले मौन मन्जुरी दर्साइरहेका छन् ।

कश्मीर त भारतले खायो, खायो । भोलि नेपालकै सङ्घीय प्रदेशका सांसद र सरकारलाई एनी हाउ आफ्नो बनाएर नेपाल नै खान सक्ने सङ्केत र सम्भावनालाई पनि यो घटनाले सङ्केत गरेकै छ । तर पनि हाम्रा जति सबै नेता चुप्प छन् । मानौँ उनीहरूसँग त्यसबारे कुनै जानकारी पनि छैन, बोल्नुको औचित्य पनि छैन जसरी । यही हो, देशभक्त नेता सकिएको प्रमाण ।

एक्लो पाकिस्तानले भारतीय कदमको गम्भीर आपत्ति व्यक्त गर्दै भारतसँगको कूटनीतिक सम्बन्ध घटुवा गर्ने र द्विपक्षीय व्यापार निलम्बन गर्ने घोषणा गरेर सुरु गरेको सङ्घर्ष, हरुवा गोरुको छेरुवा दाउ झैँ सीमित हुन्छ की त्यसले दक्षिण एसियामा नयाँ द्वन्द्वको श्रीगणेश गर्छ ? यो अहिल्यै अनुमान गर्न सकिन्न । तर भारत जत्तिकै सामरिक शक्ति रहेको पाकिस्तानले सुस्तरी तर बेस्सरी गर्जिन थाले दक्षिण एसियाले शान्तिको सास फेर्न गाह्रो हुने दिन टाढा नहुन सक्छन् । किन भने यो मामला भाजपाको यही रफ्तारको मिचाहा उन्माद कायम रहे, यसले हिन्दु मुस्लिम आमने सामुन्ने हुने नकारात्मक मोड पनि नलेला भन्न सकिन्न । कामना गरौँ त्यस प्रकारको द्धन्दमा यो भेग नछिरोस ।

भद्र शैलीमा, बलपूर्वक कश्मीर निलिसकेपछि कश्मीरमा भारतले गरेको कडाइबारे राष्ट्रसङ्घको विज्ञप्तिवाला गम्भीर चासोको खास माने छैन । कश्मीरसम्बन्धी निर्णयको भारतीय प्रधानमन्त्री मोदीले गरेको बचाउले समर्थकलाई मात्रै ऊर्जा थप्या छ, विरोधीहरूलाई सम्बोधन गरेको छैन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको कदम विरुद्ध संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् तथा अन्य अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँदा विश्व त्यसबारे भारतीय कदम विरुद्ध तत्कालै वा बिस्तारै विश्व जनमत बढ्ला वा नबढला केही भनिहाल्नु हतारो हुनेछ ।

साँच्चै जम्मू कश्मीर त शक्तिशाली र चतुर भारतले खायो खायो, नेपाल खाने खतरा पनि बढायो, यिनै हाम्रा नेताहरूको भुत्ते देशभक्ति र चरम भारत त्रसित मानसिकताले । संसारमा हुने कुनै पनि घट्नाबारे बोल्न सकिने युगमा छिमेकमा भएको यत्रो राज्य विलयको घट्नालाई नजरअन्दाज गर्ने दल र तिनका नेताहरूले, सरकारले देश जोगाउन सक्लान् की नसक्लान ? प्रश्नहरू स्वाभाविक छन् नि छैनन् र ?

12 comments to जम्मु कास्मिर : किन चुप सब? नेपाल खाने खतरा त बढेको हैन यो पाराले?

  • madan bajracharya

    रमेशज्यु;
    तपाईं नेपाली भयको पनि भन्नु हुन्छ/ खुसि लाग्यो/ कुनै पनि बिषयमा सबै विचार फरक हुन् सक्छ/ कास्मिरको मुद्दामा माथि लेखकको बिचार फरक हुँदैमा तपाइं उहालाई इस्लामिक आतंकवादी ….भन्नु हुन्छ भने; सेना प्रयोग गरेर अरुको देस कब्जा गरेको ठिक भन्ने तपाईंलाई के भन्ने?

    सन् १९४५ अघि सम्म बिस्वमा भारतीय उपमहाद्वीप मानिने भू भाग त् थियो तर भारत भनिने कुनै देस थियन; ब्रिटिशले उपनिबेस बनायको करिव ६०० जत्ति साना साना जातीय राज्यहरु थिय/ दोश्रो बिस्व युद्ध र संयुक्त रास्ट्र संघको स्थापना पछि अरुको मुलुकलाइ उपनिवेस बनाउनु “अबैध” मात्रै होईन आफ्नो औकातले पनि नभ्याउने भयको देखेर ब्रिटिशले सन्र १९४५मा आफुले उपनिवेश बा अधिनस्थ बनायको ५१० वटा जातीय राज्यहरु समेटेर संयुक्त रास्ट्र संघमा दर्ता गरेर आजको भारत भनिने देस निर्माण गरेको हो/ संयुक्त रास्ट्र संघमा दर्ता गरिंदा पेस गरेको भारतको सिमाना भित्र कास्मिर पर्दैन/ यदि कास्मिर तेतिबेलानै भारतको भुमि भयको भय भारतले कास्मिरको राजालाई दिल्ली ल्यायर उ बात कास्मिर बख्सिस्मा लियको तमसुक बनाउनु पर्दैनथ्यो/

    अंग्रेजी शासक बात सट्टा आफ्नो हातमा लियको दुई महिना हुँदा नहुँदै भारतले जसरि कास्मिर कब्जा गरेको थियो तेस्लाई संयुक्त रास्ट्र संघले “अबैध” घोसना गर्दै भारतलाई कास्मिरको बारेमा निर्णय कास्मिरकै जनतालाई गराउने आदेश दिईने सके/ यदि संयुक्त रास्ट्र संघको को ठहर निर्णय र आदेश गलत भयको भय बा कास्मिर भारतको भुमि थियो भने भारतले संयुक्त रास्ट्र संघको निर्णय र आदेशको प्रतिबाद गरि सक्थे पाकिस्तान सिट शिमला सम्झौता गर्दैनथ्यो/

    कास्मिरको मुद्दा संयुक्त रास्ट्र संघको आदेश अनुसार कास्मिरको जनताको जनमत बाटै टुंग्याउनु पर्ने बाध्यता भयको र कास्मिरमा जनमत गरे त्यहाको जनता ले कहिले पनि भारतमा गाभिने कुरा नस्विकार्ने भयकैले भारतले कास्मिरमा “कुनै पनि हालतमा कास्मिरलाई भारतमा गाभ्ने कुराको समर्थन नगर्ने” समुहलाई आतंककारि भयको आरोप लगाउंदै उनीहरुको दैनिकी लाई असहज बनाउंदै उनीहरुलाई कास्मिर भारती भयको सकार्ने बात बिस्थापित गर्ने प्रयाश गर्दै आयकोहो/ अहिले भारतले गरेको निर्णय पनि यसैको उदाहरण हो/ आफ्नो देस अरुलाई सुम्पन नचाहने आतंककारी हुँदैन तर अरुको देस को भुमि कब्ज्याउने आतंककारी हुन्छ/

    जहा सम्म नेपाललाई ….भन्ने कुरा छ भारतले नेपालको कयौं भूमि र श्रोतालाई भारतीय सेना त् होईन तर नेपालमा भारतीयको दलाली गर्ने नेताहरु प्रयोग गरेर सानो सानो कास्मिर बनाउंदै आयको छ; उदाहरण र प्रमाण कयौं छन तेस्मा प्रमुख प्रमाण कालापानी हो/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Arjun

    यदि पाकिस्तान कश्मिर को सच्चा मित्र हो भने उसले आफुले कन्ट्रोल गरेको कश्मिर लाई स्वतन्त्र देश घोषणा गर्नु पर्छ | नत्र इमरान को आँसु गोहीको जस्तो भन्दा हुन्छा | आँट छ पाकिस्तान लाई आफुले कन्ट्रोल गरेको कश्मिर लाई स्वतन्त्र देश घोसना गर्न ?

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • SAASWAT

    Dear Surya JI

    This is the internal matter of INDIA.

    PM MODI clearly indicate that “NOT ANY TERRITORY IS SPECIAL AND CAN OBTAIN SPECIAL RIGHTS WITHIN THE NATION”

    IF its about NATIONAL INTEGRITY, PEACE AND SECURITY such move is essential and highly JUDGEMENTAL.

    This is a lesson for whole world and ofcourse for NEPAL TOO.SAA

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • मन बहादुर तामांग

    लेखकज्युको यो भनाई “..हेर्दाहेर्दै जम्मू कश्मीर निल्यो हिन्दुस्तानले..” इतिहास र वर्तमान स्थितिको गलत बुझाईले गर्दा हो भन्ने लाग्छ| निलेको भन्न मिल्दैन| भाजपाले किटेरै आफ्नो चुनाव घोषणा पत्रमा राखेका थिए|
    लेखकको टिप्पणी यसपाला इतिहास र वर्तमान स्थितिको अध्ययनहीनता उपज हो जस्तो देखियो|
    अहिलेको पुस्ता सबैलाई राम्ररी थाहा छ कसरि भाजपा सरकारले महाभुकम्पले तहस नहस पारेको नेपालमा क्रुरतापुर्बक नाकाबन्दी गरे| नाकाबन्दीको फलस्वरूप मोदीज्युले दुइवटा नेपाल भ्रमणमा कमाएका अपार लोकप्रियता स्वात्तै घटेर करिब जिरोमा पुग्यो|

    तर यसबेला नेपालले बुझेर भारतलाई जम्मु काश्मीरको निर्णयमा समर्थन गर्नु बुद्दिमानी हुनेछ|

    सोझै समर्थन गर्न नसके नेपालले नबोलेकै बेस|
    नेपालले बोल्न पर्ने थियो जब काठमाडौँबाट इण्डियन एयरलाईन्सको जहाज अपहरण गर्ने ग्याङ्गका नेता अजहर पाकिस्तानमा रमाइरहेका थिए| नेपालका पर्यटकीय आतिथेयको फायदा उठाएर अपहरण काण्ड रचे अनि नेपाललाई बदनाम र आतंकित गराए| तर नेपालले मौनता साधे|
    दूरदराजको र गोरु बेचेको साईनो पनि नभएको भेनेजुएलाको स्थितिमा जिब्रो लबेटेर नेताहरुले आफ्नै गालामा आफैले चडकन लगाए|
    जम्मु काश्मीरको स्थिति बारे अमेरिका, वेलायत मौन छन्| अथवा मौन सम्मति देखाएका छन्| रुसको त साथ् हुने नै भयो| चीनको (हल्का?) साथ पाकिस्तानलाई छ| तर महत्वपुर्ण कुरो के छ भने UAE ले समेत भारतलाई Article ३७० मा समर्थन गरेका छन्|

    हाम्रो भुराजनैतिक परिस्थिति र विश्व राजनीति अवलोकन गर्दा पनि नेपाल यस समय पुर्णरुपमा भारतसंग उभिन पर्छ चाहे देखिने गरी होस् वा अदृश्य रुपमा|

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • hari

    वाहियात | हाउगुजी नदेखौनुस न यार |

    कश्मिरको problem अर्कै छ | हिन्दुहरुका लागि त राम्रै भयो नि | तपाई नवधर्मी पर्नु भयो कि क्या हो ?

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • madan bajracharya

    कास्मिर भारतको प्रदेश होईन उपनिबेस हो/ यो कुराको सुरुवात यसरि गरौँ/ दोश्रु बिस्व युद्ध को कारण उपनिवेश बाद त्याग्न बाध्य भयको अंग्रेजले भारतीय उपमहाद्वीपमा आफुले उपनिवेश बनायको ५१० वटा भन्दा बढी जातीय राज्यहरुलाई समेटेर सन् १९४५मा संयुक्त रास्ट्र संघमा दर्ता गरेर भारत भनिने देसको स्थापना गरेको हो/ तेतिबेला कास्मिर स्वतन्त्र देसनै थियो/

    सन् १९४७को अगस्त महिनामा मा अंग्रेज बात सट्टा आफ्नो हातमा लिने भारतीय नेताहरुले हिन्दु बस्ने हिन्दुस्तान मुस्लिम बस्ने पाकिस्तान देस बनाउने निर्णय गरे/ तेतिबेला पनि मुस्लिम बाहुल्य भयको कास्मिर स्वतन्त्र देसनै थियो/ तर त्यहाको राजा हरि सिंह हिन्दु थियो/ मुस्लिम बाहुल्य भयको देसमा मुस्लिमकै राज हुने भारतीय जातिवादी नेताहरुको कुनीतिको प्रभाव कस्मिरमा पनि पर्यो त्यहा को मुस्लिम पठानहरुले मुस्लिम बाहुल्य भयको कास्मिरमा हिन्दु राजाको बिरोध गरे/ अंग्रेज बात सट्टा आफ्नो हातमा लियको दुई महिनामा पनि हुँदा नहुँदै भारतीय नेताहरुले कास्मिरको हिन्दु राजा हरि सिंहलाइ सैनिक जहाज बाद दिल्ली ल्याय/ तेस्को लगतै कास्मिरको राजा बात कास्मिर भारतमा बिलय गराउने कागजमा सहि गरायो/ अनि सन् १९४७को २७ सेप्टेम्बरमा भारतले सैनिक पथायर कास्मिर कब्जाउन थाल्यो/ भारतले ७५% प्रतिशत कास्मिरको भुमि कब्जाईसके पछि पाकिस्तानले पनि सेना पथायर कास्मिरको भुमि कब्जाउन आफ्नो सेना पठायो/ कास्मिरको भुमि कब्जाउन गयको भारतीय र पाकिस्तानको सेना आमनने सामने भयको स्थान लाई अहिले “लाइन अह कन्ट्रोल भनिन्छ/ तव रास्ट्र संघले भारत र पाकिस्तानले कास्मिरले कब्जायाको अबैध भयकोले कास्मिर कब्जाउने कार्य तत्काल रोक्ने र कास्मिरलाई भारतमा बा पाकिस्तानमा बिलय गराउने बा स्वतान्त्रनै रहने भनि निर्णय कास्मिरकै जनतालाई गराउन त्यहा जनमत गराउने आदेश दियो/ यो आदेशले दुई कुरा प्रमाणित गर्छ:
    ०१. देस राजाको बपौति होईन नागरिकको हो/ तेसैले हरि सिंह बात कास्मिर भारतलाई दान दियको कुराको कानुनि मान्यता छैन/
    ०२. कास्मिर भारत र पाकिस्तानको भूभाग होईन/

    कास्मिरको राजाले हामीलाई बख्सिस दियको भनेर ७५ प्रतिशत कास्मिरको भुमि कब्जाउने भारत र २५% कास्मिरको भुमि कब्जाउने पाकिस्तान सिट संयुक्त रास्ट्र संघले स्वतन्त्र देस कास्मिरलाई सैनिक प्रयोग गरेर कब्जायको अबैध भनेको निर्णयको प्रतिबाद गर्ने कुनै आधार थियन/ संयुक्त रास्ट्र संघको आदेश अनुसार कास्मिरमा जनमत गराउनु पर्ने भयो भने मुस्लिम बाहुल्य भयको कास्मिर बात भारतको सेना फिर्ता जानु पर्ने हुने भयाकैले भारत कास्मिरमा जनमत गराउन चाहन्दैन्थ्यो/ तेसैले भारतले पाकिस्तानको प्रधान मन्त्रि भुट्टो सिट सिमलामा कास्मिरमा जनमत नगराउने भारत र पाकिस्तान ले बार्ता गरेर निर्णय गर्ने सम्झौता गरे/ तर सिमला सम्झौता अनुसार कास्मिरको बारेमा निर्णय गर्ने कुरा भारतले टाल्दै गयो/ तेसैले भारत र पाकिस्तान बिचमा पटक पटक युद्ध समेत भयो/

    यो कुराले पनि कास्मिर भारतको पनि होईन पाकिस्तानको पनि होईन स्पस्ट प्रमाणित गर्छ/ तेसैले नै हो भारतले आफुले कब्जायाको कास्मिरको भूमिमा भारतको संबिधान लागु गर्न नसकेको र कास्मिरलाई “बिशेष प्रदेश” मान्न बाध्य भयको/

    संयुक्त रास्ट्र संघले कास्मिर भारतको नभयको स्पस्ट निर्णय गरेको र कास्मिरमा अझै पनि मुस्लिमकै बाहुल्य भयकोले भारतले सिमला सम्झौता अनुसार पाकिस्तान सिट बार्ता गरेर कास्मिरको बारेमा निर्णय गर्ने कुरा टाल्दै आयको हो/

    भारतले कास्मिर आफ्नो अभिन्न देस भयको कुरा अन्तरास्ट्रिय स्तरमा भन्ने सक्दैन/ तर भारतले कास्मिर कब्जायाको ७२/73 बर्ष भैसक्यो/ तर भारत कास्मिरमा जनमत गराउन पनि चाहँदैन पाकिस्तान सिट बार्ता गरेर निर्णय गराउन पनि चाहँदैन/ किनभने पाकिस्तानको नीति संयुक्त रास्ट्र संघको निर्णय कास्मिरमा संयुक्त रास्ट्र संघको आदेश अनुसार निर्णय गर्ने कुरामा भारतको नीति भन्दा फरक छ/ यहि कारणले दुई देस बीच पटक पटक युद्ध भयको हो र यहि कारणले कास्मिरमा भारतीय सेना किन; कास्मिर हाम्रो हो हामीनै निर्णय गर्छौं भन्ने कास्मिरिहरुलाई भारतले “आतंककारी” भन्दै आयको हो/ किन भने कास्मिर छोड्नु पर्ला भनेर भारत आफै आतंकित छ/

    अन्तमा हाम्रो कालापानी लाई भारतले अर्को कास्मिर बनाउन चाहिरहेको छ/ होसियार रहौं/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Ramesh

    This author is oblivious to Islamic terrorism and also forgot the fact that Kashmir(2/3rd of it) is already controlled by India . India just changed the superstate status of Kashmir to a federally administered region (with Ladakh a separate region). What is he blabbering about Nepal being at risk? Nepal is an independent country unlike Kashmir. So further integrating Kashmir to India is different than annexing a whole another independent country.

    I am a Nepali but in this case, I don’t see any threat to Nepal.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • Rohini

    It is India’s internal matter. India didn’t touch the Kashmir part of Pakishtan.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Ramesh

    Jammu and Kashmir were both part of India when it was British colony..it was ruled by kings. Pakistan itself was split from india. So, there is no point for Nepal to involve in this when Nepal didn’t say anything when China annexed tibet. I don’t get people with anti India sentiment. May be it is just hate without any reason. May be writer has academic understanding of Nepali politics, otherwise writing conspiracy theory based upon writers own imagination is purely delusional

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Netra

    कश्मीर घटना दूरगामी महत्वको छ!राज्य-राज्य वीचको सम्बन्धवारे बोल्दा कुटनीतिक बन्नुपर्ला! तर लोकतन्त्र,आत्मनिर्णयको अधिकार,राष्ट्रिय स्वाधीनता,संघीय शासन,धर्मनिरपेक्षता,प्रेस स्वतन्त्रता मानव जातिका साझा मुद्दा हुन्!तिनको हनन जहाँ जसले गरे पनि वेठीक हो र त्यो सबैले भन्न सक्नुपर्छ!
    Baburam Bhattarai
    @brb1954

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • अनन्त

    खोई कश्मीर देश , श्रीनगर देश, जम्मु देश पहिले पनि सुनेजस्तो लागेन। स्वतन्त्र राज्य,,,,,, जस्ता कुरा राजनितीक खेल हुन कि जुन सधैं बल्झिरहन्छन्। सरकार र अपेक्षा गरेका मान्छे नबोले पनि सुर्यजी लेखमार्फत बोल्नु भएछ। तातो न छारो। हामीलाई आईपर्दा पनि केही होला जस्तो लाग्दैन। राजा पनि कालापानी निलिदा कहाँ बोले र। नेता त झन् के बोल्नु। एउटा फणिन्द्र के नै गरून्। सुर्यजीले मनको आक्रोश सत्ता धारीलाइ सरापेर मत्थर पार्ने त हो। म त झन् त्यै पनि गर्न नसक्ने।

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Shankar

    सुर्य जी , सिधा भन्नु पर्दा इन्डिया ले तालिम दिएर , भित्र भित्र हतियार दिएर नेपालको स्थायी ( कोइलाइ राम्रो लाग्ला कोइलाइ न राम्रो प्रसंग छिमेकी प्रति हस्तछेप र कुनियतको ) रुप मा बसेको सरकार लाइ ढलायो ,तेसैका मतियार हरु सत्ता मा छ त् किन बिरोध गर्छ ?
    तर अचम्म म लाइ के लाग्छ भने फिल्म मा जसरि हिरोले आएर भिलेन लाइ ठोक्छ तर मसाल जोकर ले फ़ुलाउछ , बाबुराम र प्रचण्ड पनि बेला बेलामा मैले गर्दा नेपाल को परिबर्तन गरे भन्छ ( हामि दुइ समेत पनि भन्दैन ) , न पत्याए यिनका पुराना अन्तर्वार्ता हरु यु ट्युब मा हेर्नुस |
    जुन बाचा र बिस्वास को लागि केहि जनता यिनका पछि लागेका थे र हिजो जुन उग्र कुरा गर्थे , आज जनताको प्रति बेइमानी गरिसकेपछि पनि यिनलाई तेही भ्रम छ जनताले उही आशा र भरोसा यिनीहरु प्रति राखेको छ | अब आफु सामन्ती बनिसकेको र आलिसान जिन्दगि बिताइरहेको कुरा भुलेर बेला बेलामा मा बर्बराउछ ल है गणतन्त्र प्रति खतरा छ |
    तर गौड भएर सोच्ने हो भने त् गणतन्त्र प्रति खतरा यिनैबाट छ , किन भने सेफ ल्यान्दिंग र हिजो को पाप बाट बच्न हिजो आफुले बुजुर्बा भनेर मारेको कांग्रेसी र तेस्रो लिंगी भनेको एमाले बन्न पनि यी तयार भए बा बनिसके | अब लाबा लस्कर न लगाई सडक मा निस्किन सक्दैन , त् भोलि घाट मा पुगेको र दाह संस्कार भैसकेको राजतन्त्र प्रति जनमत उर्लियो भने यी फेरी राजाबादी बन्दैन ग्यारेन्टी छ ?
    अब इन्डियन को कुरा गरम र उसको स्कुल अफ ठट बाटप्रशिक्षित नेपालि नेताहरु को मनोविज्ञान को स्थिति हेरम | यिनीहरु हिन्दि आख्यान ” प्रेम मे और राजनीति मे सबकुछ जायज ” भन्दै मान्छे पनि मार्छन र घुस पनि खान्छन र अलि सत्रु हरामी देखिए गान्धी बादी पनि बन्छन | अबसर बादी र धुर्त र बेइमान यिनीहरुको चरित्र छ , तेसैले नेपाल र इन्डियाको पोलिटिक्स र तेस्का खेलाडी को चरित्र उस्तै छ , तेसैले ढिलो चाडो दक्षिण एसियामा रगत को खोलो बग्ने वाला छ | किनकि यो सिदान्तको मेन औसधि नै तेही हो | हालकी गरिबी नै यिनको पृष्ट भुमि थ्यो तर पनि वाच र बाच्न देउ य्निहरु ले कहिले सोचेंन , बुद्द को नाउमा ब्यापार गर्यो , तर बुद्द ले दिएको ग्यान को अनुसरण गरेन |

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)