युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
 By प्रकाश आस्था  on Dec 19th - 4:01 PM.
‘हैन हे, हस्पिटल नै लानुपर्ने गरी कुटाकुट पो भएछ त।’ थुम्कोका चियापसले शम्सेर दाइले तराजुमा ढक राख्दै मंगलेसामु चासो जाहेर गरे। खासमा कुरो साँध सिमानाको रहेछ। पाखाथोके कान्छो र साँइलोको गत शुक्रबार साँझ खेतको सिमानाको विषयमा हात हालाहालै भयो। देख्नेहरु भन्छन् , ‘दुवैले सकेसम्म एकअर्कालाई भकुरे। साँइलाले त कोदालाको बिँडले नै पो हान्यो रे त।’ पछि सरस्वती ग्राम प्राविका शिक्षक परशुराम यादव आएर छुट्याए रे। मंगले चिया सुरुप्प पार्दै बोल्छ, ‘हो शम्सेर दाइ, मैले पनि देखेको थिए माथी चौताराबाट। बोकाएरै लगेका छन् कान्छो काकालाई आज विहान अस्पताल। शुक्रबार कुटाकुट भाको, आज मंगलबारको दिन भो। केस ‘सिरेस’ होला जस्तो छ।’
Continue reading कथाः उखाने लामा
 By Salokya  on Dec 18th - 10:13 AM.
गिरिजाको उपचार वीर अस्पतालमा- के यस्तो शीर्षकको समाचार आउला त निकट भविष्यमा पत्रपत्रिकामा? बुधबार सरकारले लागू गरेको नयाँ नियम हेर्ने हो भने यस्तै हुनुपर्छ। किनभने नियममा भीआईपीहरुको स्वास्थ्य उपचार आइन्दा महँगा नर्सिङ होमहरुमा हैन, वीर अस्पताल र टिचिङ अस्पतालमा मात्र गराउन पाइनेछ। नेपालमा उपचार हुन नसक्ने रोग लागेमा मेडिकल बोर्डको सिफारिस चाहिने भो विशिष्ट व्यक्तिको विदेशमा उपचार गराउन। विदेश मै उपचार गरे नि अहिले जस्तो उपचार खर्चका नाममा करोडौँ लिएर रोल्स रोयल्स चढेर घुम्न पाइने छैन, किनभने अब उपचार खर्च सरकारले सीधै अस्पताललाई तिर्नेछ।
Continue reading ‘गिरिजाको उपचार वीर अस्पतालमा ?’
 By डा.लाल–श्याँकारेलु रापचा  on Dec 17th - 11:35 PM.
• युनिभर्सिटी अफ लाइप्चिस, डोएचलाण्डको कार्यक्रमका एक विकासशास्त्री सहभागीले फ्याट्टै चाणक्यनीतिको प्रश्न सोधे, “संघीय नेपालको भाषा कुन हुन्छ?” भाषाको संरचना र त्यो संरचनाको विज्ञानमा रमाउने हामी र सौन्दर्यशास्त्रीहरु त अलमलमा पो पर्यौं। हाम्रो माथि चाणक्य–काठमाडौं छ। त्यो माथि पनि दिल्ली, बेइजिङ, वासिङटन आदि छन्। फेरि हामी त माथिको भरमा बाँच्ने देश र नागरिक।
• दक्षिण एशियाली देशहरुको पंक्तिमा नेपाल विभिन्न मातृभाषाहरुको एक “सुनौलो भाषिक भण्डार” नै हो। संसारका नामूद भाषाविदहरु नेपालको बहुल भाषिक भण्डारहरु देखेर चकित पर्दछन्। त्यसको मुक्तकण्ठले प्रशंसा गर्दछन्। यी बहुल मातृभाषाहरुको संरचना, विशेषता र महात्म्यलाई नामूद शैक्षिक संस्थाहरुका जर्नल र पुस्तकहरुमा छपाउन, वौद्धिक अभ्यास गर्न, ख्याति कमाउन र भाषाको जादुसँगै मानव विकासको पहेली सुल्झाउन आतुर छन्।
• हामी यसरी अपार अमीर हुँदाहुँदै पनि कंगाल दर्याइएका छौं। यसको कारकतत्व र समाधानका उपायहरु केही हरफहरु मुनि सुझाउने नै छौं।
Continue reading संघीयतामा भाषा व्यवस्थापन
 By Salokya  on Dec 16th - 8:09 PM.
खुब चर्चा थियो यो गणराज्य घोषणाको। अझ दोस्रो चरणको आन्दोलनमा राखिएको यो कार्यक्रम फिर्ता लिएपछि त झन् के के न होला जस्तो भा’थ्यो। नेताहरुका भाषण सुन्दा पनि डरलाग्दो केही हुँदैछ जस्तै भान हुन्थ्यो। हैन, आखिर यो गणराज्य घोषणा भनेको कस्तो हुँदो रैछ, के गर्दा रैछन् भन्ने जिज्ञासा जागेको थियो। अस्ति २६ गतेदेखि नै भइरहेको थियो यस्तो घोषणा। आज त आफू बसेकै जिल्लामा पनि भयो। यत्रो विघ्न कोकोहोलो मच्चाएको घोषणा के रैछ र कस्तो हुँदो रैछ हेर्नुस् त भिडियोमा- Continue reading यस्तो पो हुने रैछ गणराज्य घोषणा त
 By Salokya  on Dec 16th - 3:29 PM.
सरकारले ‘गैर संवैधानिक’ भन्दै आपत्ति जनाउँदै आएको माओवादीको गणराज्य घोषणा गर्ने क्रम देशका विभिन्न भाग हुँदै आज राजधानी आइपुगेको छ। सरकारले आपत्ति जनाए पनि घोषणा रोक्न केही गरेको छैन। माओवादीले यसलाई प्रचारात्मक कार्यक्रम मात्र भन्दै गणराज्य घोषणाको क्रम झन्डै झन्डै टुंग्याइसकेको छ। यसै क्रममा आज काठमाडौँको बसन्तपुरबाट प्रचण्डले नेवाः स्वायत्त गणराज्य र नुवाकोटको ककनीबाट बाबुराम भट्टराईले ताम्सालिङ स्वायत्त गणराज्यको घोषणा गरे।

अब आआफै भाग लगाएर राज्य घोषणा हुने क्रम जारी रहने भएको छ। माओवादीले आज नेवाः राज्यको घोषणा गरे लगत्तै आगामी पुस ११ गते नेवाः राज्य संयुक्त संघर्ष समितिले फेरि अर्को नेवाः राज्य घोषणा गर्दैछ। यो समितिमा त माओवादी मात्र हैन, सत्तारुढ काँग्रेस, एमाले र माओवादीलगायत पार्टी र संघसंस्थाहरुका प्रतिनिधिहरु पनि छन्। दशरथ रंगशालामा हुने यो कार्यक्रममा नेवाः राष्ट्रिय गान र नेवाः झण्डासमेत सार्वजनिक गर्ने भनिएको छ। सत्तारुढ दल कै सभासदहरु र सदस्यहरु संलग्न यो घोषणालाई सरकारले कसरी रोक्ने हो वा कस्तो प्रतिक्रिया दिने हो, त्यो हेर्न बाँकी छ।
Continue reading राजधानी मै माओवादीको गणराज्य घोषणा
 By Salokya  on Dec 16th - 10:25 AM.
आजभोलि तपाईँले कतिको याद गर्नुभएको छ, एउटा दैनिकमा हाइवेको नेपाली शब्द राजमार्गको साटो लोकमार्ग प्रयोग हुन थालेको छ। अरु पत्रिका र सञ्चारमाध्यमले राजमार्गलाई नै कायम राखे पनि त्यो पत्रिका चाहिँ निरन्तर लोकमार्ग मै अगाडि बढिरहेको छ। राजतन्त्र हटेपछि राजा र राज शब्दसँग दुश्मनी भए जस्तो गरी शब्द जबर्जस्ती परिवर्तन गर्ने लहर चलेको छ। यसैलाई व्यङग्य गर्दै शरच्चन्द्र वस्तीले ‘यो साता’ मा एउटा रमाइलो लेख लेखेका छन्। त्यसैको साभार-
मथुराप्रसादको नामले राष्ट्रियताको अवमूल्यन गर्छ। विदेशको दलाल जस्तो देखिने त्यो नामको सट्टा असनप्रसाद अथवा बनेपाप्रसाद किन नराखेको होला? डिल्ली र राज शब्द मिसिएको डिल्लीराज डबल प्रतिगामी नाम भयो, त्यसको सट्टा काठमाडौंलोक नाम किन प्रयोग नगर्ने? अझ देवेन्द्रराजमा त देव, इन्द्र र राज तीनवटै शब्द सामन्त, शोषक र राजतन्त्रका प्रतीक एवं पर्यायवाची छन्, लोकतान्त्रिक गणतन्त्रमा तिनलाई बोकेर कति हिंड्ने? पहाडी उपनामले मधेशीलाई ठाडै विभेद गर्छ, त्यसको सट्टा नेपाली वा समावेशी भन्ने उपनाम किन नराख्ने? बाबुराम शब्दले आफ्नो बाबु राम हो (अर्थात् जसलाई लोकले उसको बाबु भनेर चिन्ने गरेको छ त्यो वास्तविक बाबु होइन) भन्ने अर्थ दिन्छ। बाबु मात्र होइन, आमाको समेत गरिमामा प्रश्नचिन्ह खडा गर्ने त्यो नाम बाबुरामले तत्काल किन नफ्याल्ने? अनि माधवकुमार अझ पनि ‘कुमार’ नै हुन् भने तिनका सन्तान चाहिं कसबाट जन्मिए?
Continue reading नाममा के छ र भन्या!
 By Salokya  on Dec 16th - 12:19 AM.
पर्साका तत्कालीन सीडीओ दुर्गाप्रसाद भण्डारीलाई पुरानो गाडी पठाएको निहुँमा हात हालेर चश्मासमेत फुटाइदिएकी कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले घटनाका बारे मंगलबार दोस्रो पटक विज्ञप्ति प्रकाशित गरी आइन्दा त्यसो नगर्ने बताएकी छिन्।
मंगलबारको वक्तव्यमा पनि धेरैले माग गरे जस्तो माफी मागिएको छैन। प्रधानमन्त्री माधवकुमार नेपालले नै अहिलेको अवस्थामा मलाई नै गालामा हान्या भए नि योभन्दा बढी कारबाही हुन सक्दैन भन्ने शैलिमा सार्वजनिक रुपमा कारबाही नहुने बताइसक्दा पनि किन फेरि वक्तव्य जारी गर्नुपरेको त करिमालाई ? कारण अर्कै छ।
Continue reading अब चड्कन लाउँदिनः राज्यमन्त्री करिमा
 By टीका विष्ट  on Dec 15th - 3:38 PM.
१३ मंसिरको साँझ घरबाट आमा बिरामी भएको खबर आएको थियो। केही समययता आफ्नै कामले सदरमुकाम खलंगामा नै बस्दै आएकी थिएँ। काम मिलाएर आमालाई भेट्न जाने मनस्थिति बनाएँ। आजसम्म प्रकाशित लेखहरूको फाइल हेर्दै लेखाइको समीक्षा गरेँ। रात छिप्पिँदै थियो। नयाँ लेख्ने विषयमा सोच्दै निदाइँछु। भोलिपल्ट बिहान करिब सवा ६ बजेको हुँदो हो, मोबाइलको घन्टी बज्यो। डराएँ कतै आमालाई बिरामीले त च्यापेन – घरबाटै फोन आयो होला भनी मोबाइल हेरेँ।
‘नो नम्बर’बाट फोन आएको थियो। त्यस्तो फोन कहिलेकाहीँ झुक्किएर टेलिकमबाटै आउँछ र रिसिभ गरेमा मोबाइल बिग्रिन्छ रे भन्ने मेरो बुझाइ थियो। त्यसैले फोन उठाइन। दुई मिनेटको अन्तर थियो होला, फेरि त्यसैबाट फोन आयो। के बिग्रेला र भनेर उठाएँ। ‘हेलो’ नभन्दै गुडमोर्निङको शब्द सुनियो। मोर्निङ, मैले भने, ‘को बोल्नु भयो -’ अनि केटामान्छेको मोटो र खाँदिलो स्वरमा उत्तर आयो ‘किन चाहियो तँलाई – दुनियाँको सिन्दूरको बारे लेख्ने।’ अनि भन्दै गयो, ‘खुब पत्रकार भैया छ नि – सान छ – तीर्थाको सिन्दूरको बारे तँलाई बोल्ने के अधिकार ? आफ्नो सिन्दूरको माया र रहर छ कि छैन ? पठाइदिउँ स्वर्गवास ?’ आदि।
Continue reading चढाउँदिन मृतक पत्रकारको सूचीमा मेरो नाम
 By Salokya  on Dec 15th - 10:12 AM.
Update: तयारी नपुगेको भन्दै आज तीन ठूला दलका टाउके नेताहरुको बैठक स्थगित भएछ।
**********
महिनौँदेखि रहेको राजनीतिक गतिरोध आजदेखि अन्त्य भएको आशालाग्दो खबर आउन सक्छ। आज माओवादी, कांग्रेस र एमालेका टाउके नेताहरुको शीर्ष बैठक बस्दैछ। गिरिजा निवासमा बस्ने यही बैठकले अहिलेसम्मका असहमतिलाई हटाएर सहमतिको घोषणा हुने संभावना बलियो छ। सहमति भयो भने माओवादीले पुस ५ देखि थाल्ने भनेको तीन दिने नेपाल बन्दको दुःख सहनु पर्ने छैन।
सहमतिको संभावना किन पनि छ भने अधिकांश विषयमा तीन ठूला दलहरु सहमति नजिक पुगिसकेका छन्। अब केही भाषाको विवाद मात्र मिलाउन बाँकी छ। टाउके नेताहरु बसे भने यो पनि टुंगिने भनिएको छ।
Continue reading आज राम्रो खबर आउन सक्छ (update:सकेन)
 By प्रेम बानियाँ  on Dec 14th - 11:55 PM.
के गर्छौ टीका हामी हुर्केको देश नै यस्तो छ। जहाँ तिमी जीवनको यथार्थ लेख्न खोज्छौ, तिम्रा हातहरु काटिन्छन्। जहाँ तिमी कसैलाइ सुधार्न खोज्छौ, तिमीलाई भीरबाट लडाइन्छ। जहाँ तिमी सत्य बोल्छौ तिम्रो हात खुट्टा छिनाइन्छ। यस्तो देश जहाँ न सत्यको जित भएको छ न सत्यको हार हुन्छ। सत्य त यो देशको पासो हो जसमा परियो भने पनि मरिन्छ, परिएन भने झुट्टा भइन्छ, र पनि मरिन्छ।
Continue reading आखिर तीर्थाको सिन्दुर कसलाई चाहिएको थियो?
|
|
Recent Comments