मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    जन आन्दोलन २०६२ सुरु

    २०६२ जेठ ८ आइतबार
    Courtesy: NPA

    सात प्रमुख राजनीतिक पार्टीहरुको गठबन्धनले आजदेखि जन आन्दोलन सुरु गरेका छन् । आज आयोजित विरोध प्रदर्शन कार्यक्रममा असनमा १० हजारभन्दा बढी भेला भएका थिए । माघ १९ को शाही कदमपछि आयोजना भएको यो सबैभन्दा ठूलो विरोध प्रदर्शन हो । ( तस्वीर साभारः एनपीए/प्रकाश तिमल्सिना) बाँकी
    सरकारले र्‍यालीमा राजाविरोधी नारा लगाउन चेतावनी हिजै दिइसकेको भए पनि भीडबाट चर्का नारासमेत लगाइएका थिए । विरोध प्रदर्शन स्थल वरपर ठूलो संख्यामा दंगा प्रहरी तैनाथ गरिएका भए पनि उनीहरुले हस्तक्षेप भने गरेका थिएनन् । संकटकाल हटाइपछि शहरका मुख्यमुख्य स्थानलाई निषेधित क्षेत्र घोषित गरी त्यहाँ कुनै पनि जुलुस, धर्ना आदि गर्न रोक लगाइएको छ । आजको जुलुसले निषेधित क्षेत्रको उल्लंघन गरेको थिएन ।
    जुलुसमा विभिन्न पार्टीका केन्द्रीय नेता तथा पूर्व जनप्रतिनिधिहरुको सहभागिता थियो । सात पार्टी र उनीहरुका जनवर्गीय संगठनहरुका राता, नीला, सेता झण्डाले पूरै असन भरिएको थियो । जुलुस इन्द्रचोकमा पुगी सभामा परिणत भएको थियो ।
    सात पार्टीले अहिले संसद पुनर्स्थापनालाई मुख्य माग बनाएका छन् । संसदबाट संविधान सभामा गई देशका समस्या समाधान गर्ने उनीहरुले बताएका छन् ।
    निजी टेलिभिजनहरुले आजको जुलुसको समाचार प्रसारण गरे पनि सरकारी टेलिभिजन नेपाल टेलिभिजनले भने यसको बारेमा एक शब्द पनि समाचार प्रसारण गरेको थिएन । त्यसको सट्टा सात पार्टीले चलाउने आन्दोलनले देशलाई मुठभेडतिर लैजान्छ भन्ने एकै विचार रहेकाहरुको भक्सपप छानेर प्रसारण गरेको थियो ।
    यसैबीच, नेपाली कांग्रेसले आन्दोलनको विरोधमा र शाही कदमको समर्थनमा विचार राखेको आरोपमा वीपी पुत्र प्रकाश कोइरालालाई पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गर्ने कारबाही आज गरेको छ ।
    कोइरालाले संयुक्त आन्दोलनको अ‍ौचित्य छैन भन्दै सरकारी मुखपत्र गोरखापत्रमा अन्तर्वार्ता दिनुभएको थियो । बलिउड अभिनेत्री मनीषा कोइरालाका पिता प्रकाशले २०४६ सालको आन्दोलनको पनि विरोध गरेका थिए । भारतले नाकाबन्दी लगाएका बेला आन्दोन चर्कियो भने नेपालको अस्तित्व नै खतरामा पर्ने भन्दै उहाँले त्यतिबेला आन्दोलन गर्न नहुने अडान राख्नुभएको थियो ।

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker