मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कोइराला र नेपालको अन्तर्वार्ता बीबीसीमा

    २०६२ वैशाख २४ शनिबार
    बीबीसीको हिन्दी सेवाले यही आइतबार आफ्नो साप्ताहिक अन्तर्वार्ता कार्यक्रममा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र नेकपा एमालेका महासचिव माधव नेपाललाई निम्त्याउने भएको छ । कोइराला र नेपालसित स्रोताहरुले प्रत्यक्ष रुपमा प्रश्न सोध्न पाउनेछन् । विश्वका कुनै पनि भागमा भएका स्रोताले यस कार्यक्रममा भाग लिन सक्नेछन् । तपाइँलाई पनि प्रश्न सोध्न मन लागेको छ भने तपाइँ आफ्नो टेलिफोन नम्बरसहित आफ्नो नाम ठेगाना बीबीसीको इमेल hindi.letters@bbc.co.uk मा पठाउन सक्नु हुनेछ । यो कार्यक्रम नेपाली समय अनुसार आइतबार राति सवा ८ बजे प्रसारण हुनेछ र बीबीसीले प्रत्यक्ष तपाइँको टेलिफोनमा सम्पर्क गरी प्रश्न सोध्न आमन्त्रण गर्नेछ । प्रश्न अंग्रेजी वा हिन्दीमा सोध्न सकिनेछ ।

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker