मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सिंहदरबार विस्फोटको गाँठी कुरो

    २०६२ असार १६, बिहीबार
    Kirtinidhi Bista हिजो सिंहदरबारभित्र आगलागी भएछ र त्यसका कारण विस्फोट भएछ। हामीले आधिकारिक रुपमा सुनेको कुरा यही हो। तर सुनेका कुराभित्र नसुनेका रहस्यलाई हामीले खासै वास्ता गरेका छैनौं। रहस्य भन्नाले ठूलै रहस्य त हैन, इतिहासमा रुचि भएकालाई थाहा भएकै कुरा हो। कतिलाई थाहा नहुन सक्छ, उनीहरुका लागि यो संयोगको रहस्य रमाइलै हुनसक्छ। कुरा के भने हाम्रा उपाध्यक्ष- हैन, हैन कालो सूचिवाला उपाध्यक्ष हैन, गोरै सूचिवाला उपाध्यक्ष अर्थात् कीर्तिनिधि विष्ट र सिंहदरबारको आगलागीसँग गजबको सम्बन्ध रहेछ। बाँकी
    तपाईँहरुलाई कतिको याद छ, सिंहदरबारमा यसअघि पनि एक पटक आगलागी भएको थियो। त्यो समय थियो २०३८ साल। त्यतिबेला प्रधानमन्त्री थिए उही हालका उपाध्यक्ष श्री कीर्तिनिधि विष्टज्यू।
    ३८ सालको आगलागीलाई पनि रहस्यमय नै मानिएको थियो भने अहिलेको आगलागीलाई पनि रहस्यमय नै मानिएको छ। भन्न त ग्यास विस्फोट भएको भनिएको छ तर कस्तो ठूलो आवाज आएको रहेछ कुन्नि त्यो ग्यास सिलिण्डरबाट, पशुपति क्षेत्रमा समेत त्यो विस्फोटको आवाज सुनिएको रहेछ।
    ३८ सालमा पनि असारमा नै आगलागी भएको थियो। गते भने फरक रहेछ। त्यतिबेला असार २५ गत आगलागी भएको रहेछ भने यसपटक चाहिँ १५ गते भएछ। कीर्तिनिधि विष्ट, सिंहदरबार, आगलागी र असार महिनाको यो कस्तो खालको सम्बन्ध रहेछ, छानबिन गर्ने जिम्मा तपाईँलाई नै। मलाई भने सार्‍है निद्रा लाग्यो। बकवास ब्लग पढिदिनुभएकोमा धन्यवाद !

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker