२०६२ जेठ २६
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सचिव दिनेशचन्द्र प्याकुरेलले आज बिहान साढे ८ बजे आत्महत्या गरेका छन् । माघ १९ को शाही कदमपछि उहाँलाई (र अन्य कतिपय सचिवहरुलाई पनि)जगेडामा अर्थात् बिना कुनै जिम्मेवारी दिई राखिएको थियो । आत्महत्याको कारण थाहा हुन सकेको छैन । बाँकी छिट्टै नै
अपडेट बिहान ११२५ प्याकुरेलले भारतको बनारसस्थित इन्स्टिच्युट अफ टेक्नोलोजीबाट बीएससी र नेदरल्यान्डसबाट स्यानिटरी इञ्जिनियरिङमा एमएससी गर्नुभएको थियो । सरकारी सेवामा सन् १९७२ मा सहायक इञ्जिनियरका रुपमा प्रवेश गरेका प्याकुरेल सन् २००१ मा सचिव पदमा बढुवा हुनुभएको थियो । उहाँले भौतिक विकास तथा निर्माण मन्त्रालय र प्रधानमन्त्रालयको कार्यालयमा पनि सचिवको रुपमा काम गरिसक्नुभएको थियो । वातावरणसम्बन्धी विभिन्न प्रोजेक्टमा पनि उहाँको योगदान रहेको थियो ।
मेलम्ची आयोजनाको कोष फाइनलाइज हुँदाका बखत विकास बोर्डमा उहाँ कार्यकारी निर्देशक हुनुहुन्थ्यो । जल आपूर्ति, स्वास्थ्य र सफाइका विषयमा उहाँका निकै लेख रचनाहरु प्रकाशित भएका थिए ।
अपडेट बिहान १२२५ यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ भनी श्री ५ को सरकारका सचिवहरुबीच अहिले छलफल भइरहेको बुझिएको छ।
अपडेट उनीमाथि भ्रष्टाचार नियन्त्रण शाही आयोगले भोलि मेलम्ची योजनामा भ्रष्टाचार गरेको आरोप लगाउने तयारी भइरहेको बुझिएको छ।
अपडेट राति ८३०ः सरकारी सञ्चार माध्यम नेपाल टेिलिभजनले यससम्बन्धी समाचार यसरी दिएको छः “श्री ५ को सरकारका सचिव दिनेशचन्द्र प्याकुरेलको आज निधन भएको छ ।” निधन आत्महत्याका कारण भएको भन्ने बारेमा समाचारमा कुनै उल्लेख गरिएको थिएन । निधन कसरी भएको भन्ने बारेमा पनि केही भनिएको थिएन । यस्तो छ सरकारी सञ्चारमाध्यमको हालत नेपालमा । आत्महत्याका कारण निधन भएको भनेर सही समाचार दिँदैमा कसको के बिग्रन्थ्यो कुन्नि ? निजी टेलिभिजनहरुले भने त्यसरी समाचार दिएनन् ।
No related posts.









Recent Comments