मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बस एम्बुस माअ‍ोवादीबाटै भएको प्रचण्डद्वारा पुष्टि

    २०६२ जेठ २४ मंगलबार
    सर्वसाधारणको लाश क्षतविक्षत हुने गरी भएको हिजो चितवनमा यात्रुवाहक बसमा भएको एम्बुस विस्फोटन आखिर माअ‍ोवादीले नै गराएका रहेछन् । आज साँझ मेरो इमेलमा आइपुगेको प्रचण्डको हस्ताक्षरसहितको विज्ञप्तिबाट यसको पुष्टि भएको छ । वक्तव्यमा प्रचण्डले एम्बुस आफ्नै सेनाको एक टुकडीले थापेको स्वीकार गर्दै यस घटनामा गम्भीर गल्ती भएको भनी स्वीकार गरिएको छ । घटना पार्टी नीति विपरीत हुन गएको भन्दै ठूलो जनसमुदायको क्षति हुन गएकोमा आम जनसमुदायप्रति प्रचण्डले उनकै भाषामा “गम्भीर आत्मालोचना” पनि गरेका छन् । प्रचण्डको वक्तव्यमा घटनामा संलग्न जनमुक्ति सेनाका सैनिक टुकडी र त्यसकार्यमा प्रत्यक्ष निर्देशन गर्ने पार्टी नेतृत्व समेतलाई तत्काल निलम्वन गरिएको कुरा उल्लेख छ । अनि आत्मालोचना, दुःखी र मर्माहत हार्दिक समवेदना जस्ता शब्दहरु छन् । तर माफी नामको शब्द भने कहीँ कतै उल्लेख छैन ।

    यसअघि हिजो मलाई कृष्णसेन अनलाइनको नाममा प्राप्त भएको इमेलमा भने एकीकृत आन्दोलनलाई भाँड्न षड्यन्त्र गरेको हुनसक्ने भनी उल्टै शाही सेनामाथि दोष थोपरिएको थियो । यो घटना सुनेपछि नै मेरो मन एक किसिमले विचलित भए जस्तो भएको छ । क्षतविक्षत शव जसमा बालबालिकाहरुको पनि शव थियो, का दृश्य टेलिभिजनमा देखेपछि त झन् कस्तो अनुभव भयो व्यक्त गर्ने केही शब्द नै पाइरहेको छैन । यस्तो अवस्थामा कृष्णसेन अनलाइनबाट प्राप्त त्यो समाचारको मलाई विश्वास नै भएन ।
    देश द्वन्द्वमा फँसेपछि अहिलेसम्ममा १२ हजार नेपालीको मृत्यु भइसकेको छ । तर यो हदसम्म देश द्वन्द्वमा फँसिसकेको रहेछ कि आ-आफ्नो गन्तव्यतर्फ गइरहेका निर्दोष सर्वसाधारण क्षतविक्षत हुने गरी मर्नुपर्‍यो । बिचराहरुका कति सपना थिए होलान्, कति इच्छा आकांक्षा थिए होलान् । कसले सोचेका थिए होला र बिना कुनै दोष उनीहरु मारिनु पर्छ भनी, त्यो पनि कुकुरले पनि नपाउने खालको भयावह मृत्यु ।
    जेसुकै बहानामा होस्, बन्दुक बोक्ने पक्षले बन्दुक नबोक्ने हामी सर्वसाधारणलाई असर पार्नु हुँदैन । मान्छेले बाँच्न पाउनु पर्छ । अहिले विश्वमा मानव अधिकारको लहर चलेको छ । भर्खरै द हेगस्थित अन्तराष्ट्रिय युध्द अपराधसम्बन्धी अदालतले सुडानमा भएका आमहत्या र बलात्कारका घटनाको छानबिन गरी दोषीलाई न्यायको कठघरामा उभ्याउने ए‍ेतिहासिक निर्णय गरेको छ ।
    त्यसैले अब युध्दमा सबथोक जायज हुन्छ भन्ने पुरानो उखान रटेर कोही पनि बच्न पाउने छैनन् । बन्दुक बोक्ने दुवै पक्षले हामी सर्वसाधारणमाथि गर्ने यस्ता खालका ज्यादतीहरुका विरुध्द अब अन्तराष्ट्रिय अदालतबाट कारबाही गराउनु पर्छ ।
    यो घटनाले काठमाडौं खाल्डोभित्र बसेर देशैभर सुरक्षाको वातावरण अनुभूति गरिरहेकाहरुलाई पनि झस्काएको हुनुपर्छ । देश अब द्वन्द्वको ज्यादै नाजुक मोडमा पुगिसकेको छ । त्यसैले अब जतिसक्दो छिटो वार्ताबाट यसको समाधान खोज्न हतार भइसकेको छ ।

    प्रचण्डको वक्तव्य

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
    केन्द्रीय समिति

    प्रेस वक्तव्य

    १.यही २०६२ जेठ २३ गते विहान चितवन जिल्ला कल्याणपुरको बाँदरे खोलामा विद्युतीय धराप बिस्फोटनबाट ठूलो संख्यामा र्सवसाधारण जनसमुदाय, जनयुद्धका समर्थक र शुभचिन्तक समेतको मृत्यु हुन गएकोमा हामी गम्भीर रुपमा दुःखी र मर्माहत भएका छौं । र्सवप्रथमतः मृतकका परिवाजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछौं ।
    २.निरंकुश सत्ताका शाही सैनिकहरुमाथि लक्षित गरी हाम्रो जनमुक्ति सेनाको एक टुकडीले थापेको उक्त विद्युतीय धराप र्सवसाधारणलाई क्षति पुग्ने गरी विस्फोट हुन जानु हाम्रो गम्भीर गल्ती भएको छ । मानवढालका रुपमा र्सवसाधारणलाई प्रयोग गर्ने शाही जल्लादहरुको कुकार्यको पनि हामी घोर निन्दा गर्दछौं । निर्दोष जनसाधारणमाथि लक्षित गरेर कुनै पनि रुपको फौजी कार्वाही नगर्ने हाम्रो पार्टीको नीति रहँदै आएको छ । र, यस नीतिमा कुनै पनि परिवर्तन नभएको स्पष्ट गराउँछौं ।
    ३.यो घटना पार्टी नीति विपरीत हुन गएको र ठूलो जनसमुदायको क्षति हुन गएकोमा आम जनसमुदायप्रति हामी गम्भीर आत्मालोचना प्रकट गर्दछौं । यसका साथै यस घटनामा संलग्न जनमुक्ति सेनाका सैनिक टुकडी र त्यसकार्यमा प्रत्यक्ष निर्देशन गर्ने पार्टी नेतृत्व समेतलाई तत्काल निलम्वन गरिएको जानकारी गराउँछौ ।
    ४.निरंकुश राजतन्त्रका विरुद्ध पूर्ण प्रजातन्त्रको संघर्षमा हामी, सबै संसदीय दलहरु, नागरिक समाज गम्भीर रुपले सकारात्मक सहकार्यमा अघि बढिरहेको सर्न्दर्भमा घटेको यस घटनाको समग्र प्रकृतिप्रति दुश्मनको घुसपैठ भएको हुनसक्ने गम्भीर आशंका समेत हामीलाई भएको छ । यसबारे छानविन गरी सत्यतथ्य छिट्टै जनसमक्ष र्सार्वजनिक गरिनेछ ।
    ५ हामी आमजनसमुदायसमक्ष भविष्यमा यसप्रकारका घटना दोहोरिन नदिन कडाइपूर्वक लाग्ने प्रतिबद्धता पनि ब्यक्त गर्न चाहन्छौं ।
    २०६२ जेठ २४ गते

    प्रचण्ड
    अध्यक्ष
    ने.क.पा.(माओवादी)
    केन्द्रीय समिति

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker