मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सगरमाथाको चुचुरोमा विवाह

    २०६२ जेठ १९ बिहीबार
    Moni on top of the Everest
    सगरमाथाको चुचुरोमा पुगी नयाँ नयाँ कीर्तिमान राख्ने क्रममा काठमाडौं नेवार समुदायकी मोनी मुलेपति र सोलुखुम्बुका पेम्बा डोर्जी शेर्पाले सगरमाथाको चुचुरोमा नै विवाह गरी सबैलाई अचम्ममा पारिदिएका छन् ।
    मोनी गैर शेर्पा समुदायबाट सगरमाथाको सफल आरोहण गर्ने पहिला महिला हुन् । उनीहरुले गएको सोमबार नै सगरमाथाको सफल आरोहण गरेका थिए । तर बिहेको खबर भने आज उनीहरु काठमाडौं नफर्केसम्म कसैलाई थाहा थिएन । उनीहरुले आफ्नो योजनालाई यति गोप्य राखेका थिए कि सँगै आरोहण गर्न गएका सोही आरोहण दलका सदस्य कामी शेर्पालाई पनि त्यसको अत्तोपत्तो थिएन । कामीले आज काठमाडौंमा पत्रकारहरुसितको कुराकानीमा भने, मलाई शंका त लागेको थियो पक्कै बिहे गर्नलाई नै होला भनेर । तर म निश्चित थिइनँ ।
    घर परिवारलाई त उनीहरुले यसको बारेमा कुनै सुँइकोसमेत दिएका थिएनन् । पेम्बा डोर्जीले भने योजना असफल भयो भने त अन्तर्जातीय विवाह भएकोले घर परिवारमा गार्‍हो हुने भएकोले हामीले कसैलाई यसबारेमा थाहा नदिएका हौं ।
    आज उनीहरुलाई लिन गएको एउटा हेलिकप्टर सगरमाथा आधार शिविरमा दुर्घटना भएको थियो । हेलिकप्टर क्षतिग्रस्त भएपनि भाग्यले कसैको ज्यान भने गएन । आजै उनीहरुलाई नेवारी बाजागाजा र परम्परासहित काठमाडौंमा भव्य स्वागत गरिएको थियो ।
    विश्वको सर्वोच्च शिखरमा विवाह गरेर नौलो कीर्तिमान राख्ने यी जोडीको दाम्पत्य जीवन सुखी रहोस् मेरो पनि शुभकामना ।

    No related posts.

    1 comment to सगरमाथाको चुचुरोमा विवाह

    • indra shahi / SYDNEY

      GREAT !!!!!!!!!! first bay पनि सगरमाथा मा नै त होइन ?????????

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

    eXTReMe Tracker