मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अमेरिकामा पनि घरेलु हिंसाबाट पीडित महिला

    आज एउटा अर्कै विषयमा ब्लग गर्ने भनी लेखन थालिसकेको भए पनि कारणवश पूरा गर्न सकिनँ । त्यसैले बाँकी लेखाइ भोलि पूरा गरी भोलि नै पोस्ट गर्ने सोचाइ बनाउँदै आजलाई चाहिँ मैले केही अघि सञ्चारिका समूहका लागि लेखेको यो लेख प्रस्तुत गर्न लागेको हुँ । बाँकी
    अमेरिकामा पनि घरेलु हिंसाबाट पीडित महिला

    अमेरिकाको प्रतिष्ठित कम्पनीमा कम्प्युटर इञ्जिनियरका रूपमा कार्यरत सुरेशसँग केही वर्षघि पूजाको विवाह भएको हो । देश छाड्नुअघि आमाबाबुले पूजालाई सुरेशसँग बिहे हुनु ठूलो भाग्य सोचेका थिए । पतिको हरेक इच्छा पूरा गर्न सम्झाएका थिए उनीहरूले ।
    सुरेशले आफ्नो जागिर गुमाउँदा पूजा भर्खर अमेरिकी जीवनशैली र वातावरणमा अभ्यस्त हुने प्रयास गर्दै थिइन् । अकस्मात् मैले चिनेको सुरेशभन्दा एकदमै फरक हुनुभयो उहाँ, गहभरिको आँसुलाई पुछ्दै पूजाले बताइन् । व्यापक परिवर्तन भयो । उनीहरूले सहर फेरे, सुरेशले सानो फर्ममा जागिर पाए तर त्यसभन्दा पनि एउटा त्यस्तो घटना हुन पुग्यो, जसले गर्दा पूजाको जीवन नरक बन्न पुग्यो । अब सुरेश बढी नै हिंस्रक हुन थालेको छ । ‘पहिले त उहाँ चिच्याएर मलाई गाली मात्र गर्नुहुन्थ्यो तर अहिले त हातै उठाउनुहुन्छ’, पूजाले सुस्तरी बताइन् । उनी यो कुरा कसैलाई सुनाउन पनि डर मान्छिन् ।
    अमेरिकामा घरेलु हिंसाको सिकार बन्ने उनी एक्ली छैनन् । अमेरिकाको ग्रेटर बोस्टन क्षेत्रमा हालै गरिएको एउटा सर्वेक्षणका अनुसार १८ देखि ६२ वर्षम्मको उमेरका दुई सय नेपाली, भारतीय, पाकिस्तानी, बंगलादेशी र श्रीलंकाली मूलका महिलामध्ये ४० प्रतिशतले घरमा कुनै न कुनै किसिमको दुर्व्यवहार भोगिरहेका छन् ।
    अमेरिकाको नेसनल इन्स्टिच्युट्स अफ हेल्थ ग्रान्टको सहयोगमा हार्वर्ड विश्वविद्यालयको स्वास्थ्य तथा सामाजिक व्यवहार विभागका सहायक प्राध्यापक डाक्टर अनिता राज र डाक्टर जय सिल्भरम्यानको संयोजकत्वमा उक्त सर्वेक्षण गरिएको थियो ।
    दक्षिण एसियाली मूलका बासिन्दाप्रति लक्षित गरी घरेलु हिंसाका सम्बन्धमा गरिएको यसप्रकारको अध्ययनमा सहभागी २ सय महिलामध्ये ८३ प्रतिशत भारतीय र ११.३ प्रतिशत बंगलादेशी र बाँकी ५.६ प्रतिशतचाहिं नेपाली, पाकिस्तानी वा श्रीलंकाली थिए ।
    हरेक वर्षदक्षिण एसियाबाट सयौं विवाहित महिला सुखी जीवनको आशामा अमेरिका आउने गर्छन् । तर, उनीहरू घरेलु हिंसाको चक्रमा फस्न पुग्छन् ।
    यस क्षेत्रमा कार्यरत स्वयंसेवी संस्थाहरूका अनुसार दक्षिण एसियाली समुदायमा घरेलु हिंसाको क्रम बढ्दो छ । कसैले हालै कम्प्युटर व्यवसायमा आएको मन्दीलाई यसको दोष दिएका छन् भने अधिकांशले प्रवृत्तिलाई नै कारक ठहर्‍याएका छन् ।
    सर्वेक्षणमा सहभागी झन्डै एकतिहाई महिलाले पतिबाट शारीरिक दुर्व्यवहार भोग्नुपरेको बताए भने बाँकी १८.८ प्रतिशतले यौन दुर्व्यवहार हुने गरेको बताए । शारीरिक दुर्व्यवहार हुने गरेको बताउने दुईतिहाईले आफूमाथि यौन दुर्व्यवहार पनि हुने गरेको बताए ।
    ‘तथ्यांकको स्थिति डरलाग्दो छ । हरेक हप्ता हामीले तीनदेखि चारवटा केस पाउने गरिरहेका छौं’, डा. गौरी बेनर्जी बताउँछिन् । उनी इम्मानुएल कलेजकी प्राध्यापिका र बोस्टनको दक्षिण एसियाली समुदायमा कार्यरत गैरसरकारी स्वयंसेवी संस्था सहेलीका सदस्य पनि हुन् । उनी अगाडि भन्छिन्, ‘यो सम्बन्धमा कुरा गर्न नचाहने अझै धेरै छन् । यस्तो विषयमा खुला रूपमा बताउन उनीहरू अझै धक मान्छन् ।’
    उदाहरणका लागि अनुपमाको घटनालाई लिन सकिन्छ । चार वर्षघि बोस्टन आउँदा उनमा नयाँ जीवन सुरु गर्ने सपना थियो । नहुनु पनि किन, उनका पति अशोक ग्रिनकार्डहोल्डर थिए र डेन्टल र्सजन थिए । उनले पनि भारतबाट फेसन डिजाइनिङको कोर्स गरेकी थिइन् । तर, अमेरिका आएको पहिलो हप्तामा नै उनको सपना चकनाचुर हुने क्रम सुरु भयो ।
    एक रात विवादको क्रममा पतिले उनलाई चड्कन लगाए । अनुपमा स्तब्ध भइन् तर के गर्ने उनले थाहै पाइनन् । स्थिति त्यतिबेला झनै बिग्रन पुग्यो जब अशोकले आफ्नो निराशा उनीमाथि पोख्न थाले । उनी साह्रै डराइन् र यसबारे केही कुरा पनि अशोकको परिवारलाई बताउने आँट उनमा आएन ।
    वर्षदिनसम्म यो क्रम जारी रहेपछि अनुपमाले अन्ततः यसबारे बताउने हिम्मत जुटाइन् । उनका लागि अचम्मै भयो । उनको परिवारले उनलाई साथ दियो र उनलाई ड्रि्रेसनबाट उम्कन सहयोग गर्‍यो । उनले त्यसपछि जागिर पनि पाइन् । उनी सम्झिन्छिन्- शारीरिक दुर्व्यवहारपछि उसले कसैलाई बताइस् भने नराम्रो हुन्छ भनी दिने गरेको धम्की झन् डरलाग्दो हुन्थ्यो ।
    सर्वेक्षणका संयोजक अनिता राज चुपचाप सहेर बस्ने यो समुदायको संस्कृति विनाशक हुने चेतावनी दिन्छिन् । उनी बताउँछिन्, एक महिलाले मलाई बताइन्, मेरा पति मलाई कहिल्यै पिट्नुहुन्न तर मलाई र मेरी ६ महिनाकी छोरीलाई भारत फर्काउने धम्की दिनुहुन्छ । यो त दश गुणा खराब भयो ।
    यो अध्ययनले पत्ता लगाएको अर्को महत्त्वपूर्ण तथ्य के रह्यो भने थोरै महिलाले मात्र हिंसा भएको बताए । करिब १६ प्रतिशतले पुरुषबाट महिलामाथि कहिलेकाहीं हिंसा हुनुपर्ने विचार राखे ।
    सर्वेक्षणले के पनि पुष्टि गर्‍यो भने घरेलु हिंसाले वर्ग, जाति र आर्थिक हैसियतको सीमा बुझ्दैन । बोस्टन क्षेत्रमा तीनवटा रेस्टुरेन्टका मालिककी पञ्जाबी सहरिया पत्नीले पनि मारवाडी गृहिणीले भोगेकै समस्या भोगिरहेकी छिन् । अधिकांश महिला डिपेन्डेन्ट्स भिसाबाट अमेरिका आएका हुन्छन् र पतिको आर्थिक स्थितिमा उनीहरू भर पर्नुपर्ने हुन्छ । त्यसैले यो समस्याको हल कसरी गर्ने भन्ने कुरा उनीहरूलाई थाहै हुँदैन, डा. बेनर्जी बताउँछिन् ।
    सहेलीकी सक्रिय सदस्य अनिता राजलाई दक्षिण एसियाली समुदायमा घरेलु हिंसाको बारेमा राम्रै ज्ञान छ । उनी भन्छिन्- यो अध्ययन यो विषयमा केही गर्न जरुरी छ भनी देखाउन गरिएको हो । अध्ययनको नतिजामा पनि यो क्षेत्रमा हस्तक्षेपकारी नीति ल्याइनुपर्ने तर्फ इंगित गरिएको छ । राज र बेनर्जी बताउँछन्, दुर्व्यवहार आफैं स्वतः रोकिंदैन ।
    विदेशमा रहने दक्षिण एसियाली महिलासँग परिवार र साथीहरू पनि हुँदैन । त्यसैले उनीहरूको सहयोगका लागि सञ्जालको निर्माण गर्नु आवश्यक त छ नै, त्यसभन्दा बढी महत्त्वपूर्ण पीडित महिलाले समाजको बन्धनलाई तोडी अगाडि आई आफ्नो लडाइँ आफै लड्न जरुरी हुन्छ ।
    संचारिका लेखमाला/संचारिका समूह

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker