मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    युवराज पारसमाथि भारतीय वेबपत्रिकाद्वारा गम्भीर आक्षेप

    २०६२ साउन ९, आइतबार
    न्युज इन्साइट नामको एक भारतीय वेब म्यागेजिनले श्री ५ युवराजधिराज पारस वीर विक्रम शाहदेवमाथि गम्भीर आक्षेप लगाउने खालको “तथाकथित” खुफिया रिपोर्ट सार्वजनिक गरेको छ। यो वेब म्यागेजिनले ६ जुलाई २००५ को मितिमा खुफिया (इन्टेलिजेन्स) रिपोर्ट र त्यसको भोलिपल्ट ७ जुलाई २००५ मा त्यो रिपोर्टको कमेन्ट्री प्रस्तुत गरेको छ। त्यसमा युवराज लागूपदार्थको अवैध व्यापारमा लागेको आरोप लगाउँदै अमेरिकी गुप्तचर एजेन्सी एफबीआई, भारतीय गुप्तचर एजेन्सी सीबीआईले त्यसबारेमा अनुसन्धान गरिरहेको दाबी गरिएको छ। बाँकी
    यही पत्रिकाले केही दिनअघि नेपालमा अब संयुक्त राष्ट्रसंघले प्रशासन सम्हाल्ने, राजाले सम्पूर्ण कार्यकारी अधिकार राष्ट्रसंघीय प्रशासनलाई दिने, एक वर्षभित्र त्यो प्रशासनले निष्पक्ष निर्वाचन गराउने र माअ‍ोवादीसित वार्ता गराउने जस्ता “गफ” पनि खुफिया रिपोर्टको नाममा हाँकेको थियो। जुलाई १३ मा प्रकाशित सो इन्टेलिजेन्स रिपोर्टमा भारतले बनाएको र अमेरिका, बेलायत र बेल्जियमले समर्थन गरेको उक्त योजनालाई अमेरिकी विदेशमन्त्री कन्डोलिजा राइसले राष्ट्रसंघका महासचिव कोफी अन्नानसमक्ष प्रस्तुत गरिसक्नुभएको पनि उल्लेख छ।
    अमेरिकाले बहुराष्ट्रिय सेना पठाएर नेपालमा हस्तक्षेप गर्ने चेतावनी दिएपछि राजा यसका लागि तयार भएको भन्ने अविश्वसनीय कुरा त्यो रिपोर्टमा दिइएको छ। इराकमा सेना पठाएर बिनसित्तिमा नदुखेको टाउको कपाल बाँधी बाँधी दुखाइरहेको अमेरिकाले फेरि अर्को देशमा सेना पठाएर हस्तक्षेप गर्छु भन्नु र त्यसलाई पत्याउनु दुवै हास्यास्पद कुरा लाग्छन्। रिपोर्टमा मानवाधिकार उल्लंघन गरेको आरोपमा विश्वका राष्ट्रप्रमुखहरुलाई कठघरामा उभ्याइएको भनी हाम्रा राजालाई “शिक्षा” दिइएको भनी पनि लेखिएको छ। त्यही पत्रिकामा भोलिपल्ट छापिएको कमेन्ट्रीमा यो योजना निकै प्रारम्भिक चरणमा रहेकोले कतै पनि नसुनिएको दाबी पनि गरिएको छ।
    यस्ता विवादास्पद कुरा लेख्ने यो वेबपत्रिकाको प्रकाशन भने दुई वर्ष अघिदेखि भएको रहेछ।
    सम्बन्धित लिंकहरु
    (सूचनाः यी लिंकमा लेखिएका कुरासित मेरो सहमति असहमतिको कुनै अर्थ छैन। मैले इन्टरनेटमा यस्तो पनि रहेछ है भनी पाठकलगायत सम्बन्धित पक्षहरुलाई जानकारी मात्र दिन खोजेको हुँ। यसलाई विश्वास गर्ने-नगर्ने सत्य हो-हैन जाँच्ने जिम्मा तपाईँहरुकै )

    1. युवराज पारसमाथि आक्षेप लगाउने तथाकथित इन्टेलिजेन्स रिपोर्ट
    2. उक्त इन्टेलिजेन्स रिपोर्टबारेको कमेन्ट्री
    3. UN to take over Nepal, hold polls (I N T E L L I G E N C E)


    4. UN & Nepal (C O M M E N T A R Y)

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker