मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    राजाको सरकारको नयाँ रेकर्ड

    २०६२ असार २१, मंगलबार
    राजाको सरकारले देशमा नयाँ-नयाँ रेकर्डहरु राख्ने क्रम जारी छ। यस क्रममा कहिले नसुनिएका, नगरिएका कामहरु भएका छन्। त्यसैको एउटा उदाहरण हो यो पछिल्लो काम। त्यो काम के होला त भन्ने तपाईँलाई पनि उत्सुकता जाग्यो होला। कामको बारेमा भन्नुभन्दा पहिला एउटा प्रश्न सोधुँ है त…। नेपालको राष्ट्रिय दिवस कहिले पर्छ? थाहा पाउनु भएन ? त्यसो भए हिजोको सरकारी मुखपत्रहरु गोरखापत्र र राइजिङ नेपाल पढ्नुस्। त्यति पनि गर्नसक्नुहुन्न भने सरकारी समाचार एजेन्सी राससको यो समाचार पढ्नुस्। बाँकी

    राष्ट्रिय समाचार
    साँझको सेवा १७ असार २०६२
    शुक्रबार १ जुलाई २००५
    समयः-१६३०
    ३०- श्री ५ युवराजाधिराज-भ्रमण कार्यक्रम

    काठमाडौँ, १७ असार । श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाहदेव तथा श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाह जापान तथा गणतन्त्र कोरिया सरकारको निमन्त्रणामा यही असार २१ देखि ३० गतेसम्म जापान तथा असार ३० देखि साउन २ गतेसम्म कोरियाको औपचारिक भ्रमणका लागि असार २० गते त्यसतर्फसवारी होइबक्सने भएको छ ।

    श्री ५ युवराजाधिराजबाट असार २३ गते नेपालको राष्ट्रिय दिवसका दिन जापानमा हुने ‘आइची वर्ल्ड एक्स्पो-२००५’ लाई सम्बोधन गरिबक्सने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मौसुफहरू जापानमा रहिबक्सँदा त्यहाँका सम्राट अकिहितो र साम्राज्ञी मिचिकोबाट मौसुफहरूलाई दर्शनभेट बक्सने छ ।
    श्री ५ युवराजाधिराज कोरिया सवारी होइबक्सँदा मौसुफमा त्यहाँका राष्ट्रपति रोह मु-हृयुनले स्वागत अभिवादन गर्नुहुने छ ।
    परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे मौसुफहरूको भ्रमणका साथ रहनुहुनेछ ।
    श्री ५ युवराजाधिराज तथा श्री ५ युवराज्ञी साउन ७ गते स्वदेश फिरिबक्सने कार्यक्रम छ । रासस

    यो असार १७ गतेको समाचार थियो। असार १९ मा राससले पठाएको अर्को समाचारमा पनि हुबहु यस्तै कुरा छन्। माथिको समाचारमा तपाईँले याद त गर्नुभयो होला एउटा वाक्यः ” श्री ५ युवराजाधिराजबाट असार २३ गते नेपालको राष्ट्रिय दिवसका दिन जापानमा हुने……..”
    ए, नेपालको राष्ट्रिय दिवस त असार २३ गते पो रहेछ। असार २३ गते के त्यस्तो खास रहेछ भनेर हेर्छु त हाम्रा राजाको जन्मोत्सव रहेछ। हैन यो राजाको जन्मदिनलाई राष्ट्रिय दिवस भनी कहिलेदेखि भन्न थालिएको रहेछ ? म त छक्कै परेँ बा। शाहवंशको यति लामो इतिहासमा कहिले पनि राजाको जन्मदिनलाई राष्ट्रिय दिवस भनिएको मैले थाहा पाएको छैन। दिवंगत राजा वीरेन्द्रको जन्मदिनलाई पनि राजाको जन्मोत्सव मात्रै भनिन्थ्यो।
    राजा र राजपरिवारको फोटो पाठ्यपुस्तकमा छापेर राष्ट्रवादी शिक्षा दिलाउने, सबै विश्वविद्यालयका कुलपति श्री ५ लाई बनाएपछि सबै विद्यार्थी र प्राध्यापक राष्ट्रवादी हुने अनि सरकारी विज्ञापन छाप्नका लागि सबै पत्रिका “…राजमुकुटप्रति प्रतिवध्द” हुनेछ भनी सोच बनाउने हाम्रा महान विचारकहरु कै काम हुनुपर्छ यो राष्ट्रिय दिवसको घोषणा गर्ने काम पनि।
    राष्ट्रिय दिवस भनेको त देशको कुनै महत्त्वपूर्ण दिनहरुमा मनाइन्छ। अधिकांश देशहरुले स्वतन्त्र भएको दिनलाई राष्ट्रिय दिवस घोषणा गरेका छन्। उदाहरणका लागि छिमेकी देशहरु भारत, पाकिस्तान, बं‍गलादेश, चीन आदिलाई लिनसक्नुहुन्छ। कतिसम्म भने सक्रिय राजतन्त्र भएको देशहरुमा समेत कसैको जन्मदिनलाई राष्ट्रिय दिवस भनेर घोषणा गरिएको छैन। उदाहरणका लागि साउदी अरेबिया। स्पेन पनि राजतन्त्र भएको देश हो। त्यहाँको राष्ट्रिय दिवस १२ अक्टोबरका दिन पर्छ। त्यो दिन त्यहाँको राजा वा रानीको जन्मदिन हैन। त्यो त क्रिस्टोफर कोलम्बस अमेरिका पुगेको वार्षिकोत्सवको दिन हो। राष्ट्रिय दिवसहरुका बारेमा थाहा पाउन तीन घण्टा इन्टरनेटमा रिसर्च गरेँ। तर अहँ, हाम्रो जस्तो अनुपम उदाहरण भेटिएन। निश्कर्षमा के पत्ता लाग्यो भने देश र जनताका लागि महत्त्वपूर्ण दिनलाई राष्ट्रिय दिवस भनेर मनाइने प्रचलन विश्वमा रहेछ।
    प्रचलनबाट हटेर नेपालले नयाँ कुरा विश्वलाई दिएछ। धन्य राजावादी ! कोटी कोटी प्रणाम छ तपाईँहरुलाई।

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker