मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    ‘बर्थ डे’ नमनाई युवराज जापानतर्फ

    २०६२ असार २० सोमबार
    श्री ५ को जन्मदिवस आउन अब दुई दिन मात्रै बाँकी छ। तर युवराज र युवराज्ञी भने साउन ७ गतेसम्मका लागि विदेश भ्रमणका लागि आज बिहान प्रस्थान गरिसकेका छन्। किङको बर्थ डेमा क्राउन प्रिन्सको महत्त्वपूर्ण अनुपस्थितिको कारण के होला? बजारमा हल्ला त धेरै थरिका चलेका छन्। तर हल्लाको पछि लाग्न भएन क्यारे।
    एउटा सुखद अनुभव भने आज गर्न पाइयो। सवा नौ बजेतिर म टेम्पोबाट कार्यालयतर्फ आइरहेको थिएँ। कसैको सवारी भएछ, साइरनले थाहा भयो। को रहेछ भनेर हेर्दा त श्री ५ महाराज र श्री ५ वडामहारानी पो। बिना ट्राफिक नियन्त्रण राजारानीको सवारी भएको रहेछ। नभए त घण्टौंअघिदेखि नै ट्राफिक नियन्त्रणले हैरान पार्ने गर्थ्यो। अफिस टाइममा त्यसो गरेको भए आज कस्तो बेहाल हुने थिए होलान् यात्रुहरु! धन्न ट्राफिकको बीचबाटै राजारानीको सवारी भएछ। शायद अनौपचारिक सवारी भएकोले यसो गरिएको होला। अरु दिनमा पनि यसैगरी सवारी चलाउन पाए सर्वसाधारणलाई दुःख हुने थिएन, हैन र!

    यो पनि हेर्नुस्
    पारस सरकारका हजुरमा बिन्ती

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker