मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    आतंकवादीसँग सहकार्य नगर्न राजाको चेतावनी

    चार कुरामा स्पष्ट भए राजा दलसित वार्ता गर्न तयार

    * राजा-दल झगडा जोइपोइको ठाकठुक जस्तोः राजा
    * वर्तमान मन्त्रीहरुलाई हटाउने संकेत
    * केही सुधार गर्नुपरे राजसंस्था पछि नहट्ने
    * माअ‍ोवादी समस्या उत्पन्न हुनुमा दलहरु नै जिम्मेवार
    * प्रेसलाई अनुशासित बन्न सर्तक

    २०६२ भदौ १३ सोमबार @ 2015 NST
    आज दिनभर काठमाडौंमा चर्चाको विषय बनेको साँझ हुने भनिएको राजाको सम्बोधन अहिले भर्खरै सकिएको छ। चर्चा भए जस्तो यो सम्बोधन नभएर हालैको राजाको भ्रमण दलमा संलग्न सरकारी सञ्चारकर्मीहरुलाई दिइएको अन्तर्वार्ता रहेछ।
    अन्तर्वार्तामा राजाको बोली, हात हल्लाइ-हल्लाइ कुरा गर्ने शैली हेर्दा राजा हैन, कुनै नेता जस्तो देखिन्थ्यो। हुन पनि पहिलेका राजाको यस्तो अन्तर्वार्ता हेर्ने मौका मैले पाएको थिइनँ।
    राजाले अन्तर्वार्ताका क्रममा राजनीतिक दल र राजाबीचको हालको झगडा जोइपोइको ठाकठुक जस्तो भएको बताए। जोइपोइको झगडा हुँदा यस्तो दे भन्ने अनि नदिने, दिउँला पछि, हैन, मलाई आजै चाहियो भने जस्तो हो रे अहिलेको विवाद। जति नजिक भयो यस्ता कुरा भइहाल्छ रे। तीन- चार कुरामा स्पष्ट भए दलहरुसित वार्ता गर्न आफू सँधै तयार भएको राजाले बताए।

    राजाका अनुसार पहिलो कुरा राजनीतिक दलहरु आतंकको विषयमा स्पष्ट हुनुपर्छ रे । उनीहरुसित सहकार्य गर्ने, कुरा गर्ने यस्ता कुरा गर्न हुन्न रे। त्यसैगरी वार्ताका लागि राखिएको अन्य शर्तहरुमा सुशासन र भ्रष्टाचारका कुरामा स्पष्ट हुनुपर्‍यो रे, अनि राजनीतिकरण धेरै कुरामा भएको छ रे, त्यसको दृष्टिकोण स्पष्ट हुनुपर्‍यो रे। अनि वित्तीय अनुशासनमा स्पष्ट हुनुपर्‍यो रे। यति कुरा भएमा कुरा गर्ने ठाउँ हुन्छ, मेरो तर्फबाट म खुला छु, मैले उहाँहरुलाई भेटदिन भनेर भनेको छैन, राजाको बोली।

    झन्डै ४५ मिनेट लामो यो अन्तर्वार्तामा काठमाडौंमा हल्ला भएजस्तो काँग्रेसको महाधिवेशनलाई प्रभावित बनाउन संसद पुनर्स्थापना वा जनमत संग्रहका कुरा भएनन्। बरु अहिलेका मन्त्रीहरुलाई हटाउन सकिने संकेत भने दिइयो। वडामहाराज (पृथ्वीनारायण शाह) का पालामा त उहाँलाई मन परेको मान्छेलाई मन्त्री राख्न जनताले दिएनन् भने हामी पनि त्यही परम्परालाई चाँडै कायम राख्नेछौं भनेर राजाले भने। केही सुधार गर्नुपरे राजसंस्था पछि हट्दैन रे।

    लौ न अब यी डेट एक्सपायर बूढा विष्ट र टी गिरीहरु अब कता जाने होलान् हगि ?

    प्रेसका कुरामा पनि अनुशासित भएर काम गरोस् भन्ने राजाले चाहेको छ रे। आतंकलाई प्रोत्साहन पुग्ने काम नगरोस् रे प्रेसले।

    अनि, अहो….४५ मिनेट लामो अन्तर्वार्तामा चाहिने भन्दा नचाहिने कुरा नै बढ्ता छन्। कुन कुरा तपाईँलाई अलि काम लाग्ने रहेछ भनेर खोज्दैछु……

    ए…अँ….राजाबाट माअ‍ोवादी समस्या बढ्नुमा पनि राजनीतिक दललाई नै दोष दिएका छन्। राजाले भनेका थिए, पहिला (माअ‍ोवादीका) ४१ माग थिए रे। कतिपय माग राम्रा पनि थिए। त्यो टाइमका सरकारले विचार पुर्‍याउन सकेनन्। त्यो टाइममा केही गरिदिएको भए यस्तो स्थिति आउँदैन थियो कि। अनि राजाले आफ्नो २१ बुँदे कार्यक्रममा माअ‍ोवादीका नै कतिपय माग समेटिएको पनि बताए।

    अनि अन्तर्वार्ताकारले सोधेको एक प्रश्नको उत्तरमा राजाले म पनि मान्छे (human being) नै हुँ। मान्छे भएपछि गर्मीमा हुँदा पसिना आउँछ भन्दै राजाले फेरि खतराको डाइलग छाडे, जहाँ नेपाली हुन्छ त्यहाँ राजा हुन्छ अनि जहाँ राजा हुन्छ त्यहाँ नेपाली हुन्छ। अन्तर्वार्ता भर यस्ता थुप्रै “डाइलग” सुनिएका थिए।

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker