Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

“आफू पनि नपढ्ने, अरुलाई पनि पढ्न नदिने ? “

राजाबाट आन्दोलनरत विद्यार्थीहरुलाई प्रश्न
२०६२ भदौ ९ बिहीबार
[राजाको बोली डाउनलोड गरेर सुन्न यहाँ क्लिक गर्नुस्। ]
राजधानीमा पेट्रोलियम पदार्थको मूल्यवृध्दि गरेपछि दिनहुँजसो भइरहेका विद्यार्थी प्रदर्शनहरुलाई लिएर राजाले मुख खोलेका छन्। राजाले यस्तो कामलाई अशोभनीयको संज्ञा दिँदै असामाजिक तत्त्वको घुसपैठ भएको हुनसक्ने बताएका छन्। राजाले विद्यार्थीहरुलाई सम्बोधन गर्दै प्रश्न सोधेका छन्, आफू पनि नपढ्ने, अरुलाई पनि पढ्न नदिने ? राजाको भाषामा “यस्तो अशोभनीय र समाजमा नसुहाउने काम “तुरुन्त रोक्न पनि राजाले आह्वान गरेका छन्। बाँकी
राजाले आज दाङमा त्यहाँका जिविस सभापति र उपसभापतिहरुलाई निर्देशन दिँदाको बोली जस्ताको तस्तै

“राजधानीमा पनि दुर्भाग्यवश केही अशोभनीय र असामाजिक तत्त्वहरुले केही फाइदा लिन खोज्या जस्तो लाग्छ। मलाई लाग्छ तिनीहरुले नबुझेर हैन, बुझ पचाएर यस्तो काम गर्‍या जस्तो पनि लाग्छ। आफू पनि नपढ्ने, अरुलाई पनि पढ्न नदिने….यस्तो अशोभनीय र समाजमा नसुहाउने काम….मेरो उहाँहरुलाई एउटा आह्वान छ, त्यो रोक्नुपर्छ। अनि कुनै काम पनि हामीले आतंकवादीहरु या आतंकवादलाई बलियो बनाउने वा टेवा दिने कुनै पनि काम गर्नु हुँदैन।”

“राष्ट्रभरी त्यस्तो कुनै ठाउँ छैन जहाँ सुरक्षाकर्मी जान सक्दैन, उहाँहरु ( माअ‍ोवादी ?)ले जे भने पनि।”

राजाको बोली डाउनलोड गर्ने लिङ्कमा क्लिक गर्दा तपाईँले ४५ सेकेण्ड पर्खनु पर्ने हुन्छ। त्यसपछि मेगाअपलोडको लोगोनजिकैको दायाँ छेउको Click here to download मा क्लिक गरी फाइल डाउनलोड गर्नुपर्छ। कुनै समस्या परेमा वा सुझाव सल्लाह दिनका लागि प्रतिक्रियामा लेख्नुहोला।

राजावादी भनेर गाली चाहिँ नगर्नु होला। राजाको कुरा पनि सुन्नु पर्‍यो नि हैन र? अनि पो तर्कका साथ त्यसलाई काट्नु पर्‍यो। मेरो उद्देश्य राजाको भनाई कस्तो रहेछ भनी तपाईँहरुलाई सुनाउन खोज्नु हो।

Related posts:

  1. अब तपाईँको पालोः राष्ट्रपतिले टीका लगाइदिने कि नदिने ?
  2. हर्न बजाउनुस्, अरुलाई थर्काउनुस्
  3. जुलीले पढ्न पाउलिन ?
  4. आफ्नो भकारी दर्‍हो पारे अरुलाई किन दोष दिनुपर्थ्यो र
  5. आफू दर्शक बनेर हेर्दा

Comments are closed.

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes