मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अब गुगलबाट च्याट गर्ने हैन त ?

    २०६२ भदौ ८ बुधबार

    हिजै एकजना “टेक क्रेजी” मित्रले मेल गरेको थियो, भोलिबाट गुगलले च्याट सफ्टवेयर पनि लञ्च गर्ने संभावना छ भनेर। तर हिजो सार्‍है अल्छी र निद्रा पनि लागिसकेको हुनाले ब्लगमा हालिनँ। आज बिहान अफिसमा आएर हेर्दा त हो रहेछ सारा टेक न्युजहरु गुगलको यही च्याट सफ्टवेयरको बारेमा भरिएको रहेछ। लौ न त, अब हामी पनि गुगलबाट च्याट गर्न थाल्ने हैन ?
    यसका लागि तपाईँले आफ्नो कम्प्युटरमा गुगल टक इन्स्टल गर्नुपर्ने हुन्छ। तपाईँ यसलाई यहाँ क्लिक गरी डाउनलोड गर्न सक्नुहुन्छ। यसको आकार पनि सार्‍है हलुका छ 900 kb मात्र। तर विन्डोज एक्सपी र 2000 मा मात्र यो प्रयोग हुन्छ। अनि यसमा भ्वाइस च्याट पनि हुने रहेछ। रिभ्युहरुमा भ्वाइस च्याटको गुणस्तर राम्रो भएको उल्लेख गरिएको छ। बाँकी

    ल त तपाईँ पनि गुगलबाट च्याट गर्न थाल्ने हैन? मेरो ठेगाना salokya@जीमेल.com तपाईँ एड गर्नसक्नुहुन्छ। अनि अँ एउटा कुरा, गुगल टक चलाउन जीमेल एकाउन्ट हुनुपर्छ नि। तपाईँहरु मध्ये धेरैसँग जीमेल होला। नभएमा मलाई लेख्नुहोला, १०० वटा जति आमन्त्रण त मसित बाँकी नै छ।

    गुगल सुरुमा सर्च इञ्जिनको रुपमा अगाडि आएको थियो। तर अहिले यो एउटा पोर्टल बनिसकेको छ। पर्सनलाइज्ड होमपेज, न्युज, इमेल र अहिले आएर च्याट पनि। आफ्ना प्रतिस्पर्धी माइक्रोसफ्ट र याहूलाई चुनौति दिन यही च्याट अर्थात् इन्सट्यान्ट मेसेजिङ सर्भिसमात्र लञ्च गर्न बाँकी थियो, त्यो पनि आज पूरा भयो।

    च्याट वा इन्स्ट्यान्ट मेसेजिङका लागि मलाई सबैभन्दा प्रिय सफ्टवेयर एमएसएन हो। याहू पनि कहिलेकाहीँ प्रयोग गर्छु तर मलाई याहूको डिजाइन त्यति राम्रो (अथवा सेक्सी ???) लाग्दैन। त्यसैले म अक्सर एमएसएन नै प्रयोग गर्छु। कहिलेकाहीँ साथीभाइ र आफन्तसँग भ्वाइस च्याट गर्नुपर्‍यो भने चाहिँ याहू नै प्रयोग गर्छु। याहूमा मलाई अफलाइन मेसेज सबैभन्दा राम्रो सुविधा लाग्थ्यो। अफलाइन अर्थात् आफू अनलाइन नहुँदा पनि साथीले पठाएका मेसेज अनलाइन भएपछि हेर्न पाइने। तर अहिले त एमएसएनमा पनि अफलाइन मेसेजको सुविधा छ। त्यसका लागि मोबाइल सेटिङ मिलाउनु पर्छ। यसो गर्न तपाईँसित मोबाइल नै हुनुपर्छ भन्ने छैन। गलत नम्बर पनि तपाईँ दिन सक्नुहुन्छ।

    पहिला म सर्चका लागि याहू प्रयोग गर्थेँ तर धेरै भयो मैले गुगलबाहेक अर्को प्रयोग नगरेको सर्चका लागि। त्यसैगरी इमेलमा पनि पहिला हटमेल प्रिय थियो, अहिले जीमेलबाहेक अरु चलाउनै मन लाग्दैन।

    तर अब गुगल टकले प्रयोगकर्ताहरुलाई कसरी आफूतर्फ आकर्षित गर्ने भन्ने चाहिँ प्रमुख चुनौति हुनेछ। हालको तथ्याङ्क भने यस्तो छः

    • AOL AIM (गैर AOL सदस्य): ३ करोड ९ लाख
    • MSN Messenger: २ करोड ३३ लाख
    • AOL AIM (AOL सदस्य): २ करोड ३१ लाख
    • Yahoo Messenger: २ करोड १६ लाख
    • AOL ICQ: १८ लाख

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker