तपाईँहरुलाई हाम्रा नेताहरुको कुरा कतिको विश्वास लाग्छ ? शायद थोरै होला विश्वास गर्ने। तर राम्रो कुरा अविश्वासिलो नै सही, सुन्दा रमाइलो हुने रहेछ। कुरा के भने नेपाली राजनीतिका खत्तम नेताहरु मध्ये एक माधव नेपाल अब महासचिव नबन्नुहुने भएको छ। अब अर्का कुहिएका नेता गिरिजा चाहिँ कहिले जाने हुन् कुन्नि। बाँकी
महासचिव नेपालले पार्टी स्थायी समितिका सदस्यहरुलाई आगामी महाधिवेशनमा पुनः महासचिव पदमा उम्मेदवारी नदिने आश्वासन दिएका हुन् रे। महासचिवको नेतृत्व असफल भएको कारण राजीनामा दिनुपर्ने माग कार्यकर्ताहरुले गरिरहेको र केही केन्द्रीय सदस्यहरुले अविश्वास प्रस्ताव ल्याएर हटाउने तयारी गरिरहेकोले उनीहरुलाई शान्त बनाउन उहाँले त्यस्तो आश्वासन दिनुभएको बताइएको छ।
उहाँको यो कुरा स्थायी समिति सदस्यहरुमा मात्र सीमित भए पनि हाल जारी केन्द्रीय कमिटीको बैठकमा स्थायी समिति सदस्य वामदेव गौतमले सबैले थाहा पाउने गरी ‘सार्वजनिक’ गरिदिएका हुन्। कुरा फेर्नुहोला भनी नै उहाँले जानाजानी यो कुरा सार्वजनिक गरिदिएको अनुमान गरिएको छ।
माधव नेपालपछि को महासचिव बन्ने भन्ने कुरा चाहिँ अन्यौलमा नै छ। यसका लागि झलनाथ खनाल र केपी अोलीबीच प्रतिस्पर्धा हुनसक्ने बताइएको छ।
(समाचार स्रोतः सन्ध्या टाइम्स)
No related posts.









Recent Comments