मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    माअ‍ोवादी कब्जामा रहेका सैनिकको तस्वीर सार्वजनिक

    २०६२ भदौ ६ सोमबार

    [माअ‍ोवादीले भदौ ७ गते सार्वजनिक गरेको सबै ६० युध्दबन्दीहरुको नाम भित्र अपडेट गरिएको छ]
    कालिकोटको पिलीस्थित सैनिक आधार शिविरमा गत साउन २३ गते गरिएको आक्रमणपछि माअ‍ोवादीले आफूसँगै लगेका ६० शाही सैनिकको बारेमा सेनाले सुँइकोसम्म लगाउन नसकेको भए पनि कर्णाली पोस्ट पत्रिकाका पत्रकार अशोककुमार सिंहले ती सैनिकहरुलाई पिलीबाट पूर्व दक्षिणमा पर्ने एक गाविसमा भेटी तस्वीरसमेत लिन सफल भएका छन्। तस्वीरमा माअ‍ोवादीको कब्जामा रहेका शाही सेनाका युध्दबन्दीहरु, घाइते युध्दबन्दीहरु र सेनाबाट लुटिएका हतियार देखाइएको छ।

    घाइते सैनिक र लुटिएका हतियारहरु। तस्वीरः इन्सेक

    मानवअधिकारवादी संस्था इन्सेकले उक्त तस्वीर सार्वजनिक गरेको हो। अपहरित ६० जना सुरक्षाकर्मीहरूमध्ये २७ जनासँग पत्रकार सिंहले भेटेको इन्सेकले जनाएको छ। भेटको क्रममा युद्ध बन्दीहरूले आफूहरूलाई माओवादीहरूले कुनै पनि दुःख नदिएको, युद्धबन्दीका रूपमा व्यवहार गरेको बताएका छन्। मानवअधिकारकर्मी र पत्रकारहरूले छिटो छिटो पहल गरिदिए आफूहरू चाँडै नै मुक्त हुने विश्वास उनीहरूले व्यक्त गरेका थिए। उनीहरूको अनुहारमा चमक नभएको र उनीहरू नर्भस देखिएको इन्सेकले जनाएको छ । भेटका क्रममा निम्न ठेगाना भएका सुरक्षाकर्मीहरूसँग कुराकानी गरिएको रहेछ। भेट गरिएका २७ जनामध्ये ४ जनाको नाम र ठेगाना स्पष्ट नभएको बताइएको छ।

    १. अनिल कुँवर – घाइते

    २. हरीराम चौधरी-ठेगाना थाहा नभएको

    ३. जीतबहादुर तामाङ्ग- तलाया-८, नुवाकोट

    ४. प्रेमबहादुर तामाङ्ग- तलाया-८, नुवाकोट

    ५. श्याम बास्तोला- गुल्मी

    ६. रामबहादुर तामाङ्ग-सिन्धुपाल्चोक, थाङ्गनी-९

    ७. नाम नखुलेको- सिन्धुपाल्चोक, थाङ्गनी-९

    ८. केशव फुयाल- दोलखा

    ९. उमर कुँवर-हेम्जा-९, कास्की

    १०. कृष्णबहादुर तामाङ्ग-लिखु गाविस-९, नुवाकोट

    ११. शिव कार्की-धादिङ्ग

    १२. जीवन तामाङ्ग-काठमाण्डौ

    १३. नाम नखुलेका-नुवाकोट

    १४. रामबहादुर तामाङ्ग- सिन्धुपाल्चोक

    १५. टंकबहादुर आले मगर-दोलखा

    १६. तेजनारायण श्रेष्ठ-काठमाण्डौ

    १७. तिर्थबहादुर धिताल-खरीकोट-८, गोरखा

    १८. झिल्के तामाङ्ग-लामाटार, ललितपुर

    १९. नेत्र घले-पुतली बजार नगरपालिका-६, स्याङ्गजा

    २०. सरोव रानाभाट-भानु गाविस, तनँहु

    २१. तारा लामा-सिन्धुपाल्चोक

    २२. मीनबहादुर चौधरी-बर्दिवास

    २३. कैलाश डाँगी-दाङ
    माअ‍ोवादीद्वारा भदौ ७ गते सार्वजनिक गरिएको सबै युध्दबन्दीको नाम र ठेगानाः
    जीवन तामा (नुवाकोट),
    श्याम राई (उदयपुर),
    तुलराज अर्याल (भक्तपुर)
    सुमन तामाङ (ललितपुर),
    सुबुनारायण श्रेष्ठ (काठमाडौं),
    सुरेन्द्र जौगोरे (भक्तपुर),
    सन्तबहादुर तामाङ (सिन्धुपाल्चोक),
    गुणराज रिमाल (नुवाकोट),
    केशर थापामगर (नुवाकोट),
    लक्ष्मीकृष्ण देसार (ललितपुर),
    राम लामा(काभ्रे)
    लालकृष्ण नगरकोट (काठमाडौं),
    जीतबहादुर खत्री (र्सुखेत),
    टेकबहादुर तामाङ (काभ्रे),
    बुद्धिबहादुर तामाङ (नुवाकोट),
    लक्ष्मण तामाङ (सिन्धुपाल्चोक),
    ठाकुर सिजाकुटी (लमजुङ),
    धर्मबहादुर तामाङ (नुवाकोट),
    जीतबहादुर मोक्तान (ओखलढुंगा),
    रामबाबु आलेमगर (ओखलढुंगा)
    कामीसिंह तामाङ (सिन्धुपाल्चोक),
    शिवहरि कार्की (दोलखा),
    खड्ग तामाङ (दोलखा),
    वीरबहादुर तामाङ (भक्तपुर)
    हेमराज भण्डारी (बर्दिया),
    अमर लामा (रामेछाप),
    र्सूयबहादुर श्रेष्ठ (काठमाडौं),
    दिलबहादुर खत्री र्सुखेत),
    कृष्णबहादुर तामाङ (नुवाकोट),
    प्रदिप कार्की (भक्तपुर)
    सिंहबहादुर कार्की (ओखलढुंगा),
    रामबहादुर श्रेष्ठ (मकवानपुर),
    तीर्थ धिताल (गोरखा)
    वाघसिंह तामाङ (ललितपुर)
    इन्द्रकुमार श्रेष्ठ (खोटाङ),
    कुमार थापा (स्याङजा),
    झिल्के तामाङ (ललितपुर),
    विशाल लामा (सिन्धुपाल्चोक),
    जीवन तामाङ (काठमाडौं),
    वाघसिंह तामाङ (नुवाकोट),
    बुद्धनारायण सिंह (काठमाडौं),
    टंकबहादुर आलेमगर (दोलखा),
    शिव कार्की (धार्दिङ),
    रामबहादुर तामाङ (सिन्धुपाल्चोक),
    काजी अधिकारी (रामेछापं),
    कैलाश डांगी (दाङ),
    सरोज रानाभाट (तनहुँ),
    हरिराम चौगठी (भक्तपुर),
    जीतबहादुर तामाङ (नुवाकोट),
    श्याम तामाङ (भक्तपुर),
    अनिल कुँवर (धादिङ),
    अमर बहादुर कुँवर (कास्की),
    प्रेमबहादुर तामाङ (नुवाकोट),
    ज्ञानबहादुर तामाङ (नुवाकोट),
    रामबहादुर तामाङ (सिन्धुपाल्चोक),
    कृष्णबहादुर तामाङ (नुवाकोट),
    र्सूय बहादुर धमला (धादिङ),
    केशव फुँयाल (दोलखा)
    निग्मबहादुर चौधरी (दाङ),
    नेत्रबहादुर घर्ती मगर (स्याङजा)

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker