मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    राजा-माअ‍ोवादी फेरि आमने-सामने

    २०६२ भदौ ५ आइतबार
    राजा र माअ‍ोवादी फेरि एक पटक आमने सामने हुने भएका छन्। भर्खरै गिरिजाको गृहनगर विराटनगरको सडकमा पैदल हिँडेर अप्रत्यक्ष चुनौति दिएका राजाले भोलिदेखि सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भ्रमण गर्दैछन्। यस भ्रमणलाई राजदरबारको विज्ञप्तिमा अनौपचारिक र त्यहाँको वस्तुस्थिति बुझ्नका लागि गरिने भ्रमण भनिएको छ। सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलमा माअ‍ोवादीको गतिलो उपस्थिति छ। माघ १९ पछि पहिलो पटक केही दिनअघि पूर्वाञ्चलको भ्रमण सकेलगत्तै थप यी क्षेत्रका भ्रमण गरी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुअघि राजाले देशको वस्तुस्थिति बुझ्न लागेका हुन्। न्युयोर्क भ्रमणका लागि सरकारको भ्रमण तालिका २२ दिन लामो भएको स्रोतले बताएको छ। स्रोतका अनुसार राजाबाट जर्मनी र जापानको समेत भ्रमण हुनेछ। न्युयोर्कमा त नेपालीहरुले सेप्टेम्बर १६ शुक्रबारका दिन विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिसकेका छन्। जापान र जर्मनीका नेपालीहरुले चाहिँ के सोचिरहेका छन् कुन्नि। तपाईँलाई थाहा भए बताउनुस् है !

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker