२०६२ भदौ ४ शनिबार

गाइजात्रामा मैले राखेका गाइजात्रे समाचारलाई धेरैले साँच्चिकै समाचार ठानेछन्। हुन पनि यस्तो हुने अनुमान धेरैले गरेका थिए। तर मैले समाचार गाइजात्रे होलान् भनी चाल पाउन् भनी मास्टहेड उल्टो राखेको थिएँ र समाचार सूत्र पनि त्राजाइगा भनेर उल्लेख गरेको थिएँ। त्राजाइगा अर्थात् उल्टोबाट गाइजात्रा। एक मित्रले राजाबाट त्यस्तो घोषणा भएकोले विरोधस्वरुप लोगो उल्ट्याएको होला भन्ने ठानेछन् भने अर्का मित्रले चाहिँ ब्यान होला भन्ने डरले लोगो नबुझिने बनाएको होला भन्ने ठानेछन्। त्यसो त आज काठमाडौंमा प्रचण्डलाई गोली ठोकी मारियो भनी गाइजात्रे समाचार छापिएका पत्रिका साँच्चिकैको समाचार भन्ठानी खुब बिके। पत्रिका बेच्ने ठाउँमा मान्छेको भीड बढेको थियो। हकरहरु पनि उस्तै फेरि। आज काठमाडौंमा समलिङ्गीहरुले जुलुस निकाले। यसको फोटो फिचरका लागि भित्र आउनुस्।
गाइजात्राको अवसर पारेर राजधानीमा समलिङ्गीहरुले आज जुलुस प्रदर्शन गरे। बसन्तपुरमा ती समलिङ्गीहरुको जुलुससित जम्काभेट भएको थियो। ब्लु डाइमण्ड सोसाइटीको आयोजनामा यस वर्ष चौथो पटक गाइजात्रामा गे प्राइड जुलुस गरिएको हो। पहिला लुकेर आफ्ना गतिविधि गर्ने समलिङ्गीहरुले अब खुला रुपमै कार्यक्रम गर्न थालेका छन्। प्रस्तुत छ फोटो फिचरः (सबै फोटो म आफैले खिचेको)




No related posts.









Recent Comments