मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    राजनीतिक दलमाथि ५ वर्षका लागि प्रतिबन्धको घोषणा

    आज साँझ ५ बजे शाही घोषणा

    २०६२ भदौ ४ शनिबार
    श्री ५ बाट नेपाल अधिराज्यको संविधान धारा १२७ बमोजिम राजनीतिक दलहरुमाथि ५ वर्षका लागि प्रतिबन्धको घोषणा गरिबक्सेको छ। यस सम्बन्धमा आज साँझ ५ बजेको साइटमा रेडियो र टेलिभिजनबाट देशवासीका नाममा विशेष शाही सम्बोधन बक्स हुने बताइएको छ। दरबारनिकट मेरा मित्र त्राजाइगाले जनाएअनुसार श्री ५ बाट धारा १२७ का अलावा राजा देशका संरक्षक हुने प्रावधान रहेको धारा ११७ को पनि उल्लेख शाही सम्बोधनमा गरिबक्सनेछ। तीन वर्षभित्र शान्ति ल्याई निर्वाचन गराउने प्रतिवध्दता हुकुम बक्स हुँदाहुँदै पनि बारम्बार आन्दोलनका नाममा जनता भाँड्ने कार्यमा राजनीतिक दलका नेता क्रियाशील हुन थालेकाले हाललाई ५ वर्षका लागि नेपाल अधिराज्यमा दर्ता भएका वा नभएका सबै राजनीतिक दलहरुलाई प्रतिबन्ध लगाउन लागिएको सम्बोधनमा उल्लेख छ। सूत्रका अनुसार राजनीतिक हलचलका लागि कुख्यात रहेको शुक्रबारका दिन नै शाही सम्बोधन हुनुपर्ने भए पनि आजको मिति अत्यन्तै साइटमा रहेकोले आज यसको घोषणा गर्न लागिएको हो। सम्बोधनमा संविधानको धारा १२७ अनुसार जारी यस प्रतिबन्धको आदेश उल्लंघन गरी राजनीतिक दलका नाममा कुनै गतिविधि गरेको वा गर्न लागेको पाइएमा आजन्म कैद हुनेछ। आज साँझ ५ बजे शाही घोषणा हुने भए पनि त्राजाइगाले मलाई शाही सम्बोधनको पूर्ण विवरण भर्खरै मात्र मलाई उपलब्ध गराएका छन्। त्राजाइगाकी साली राजदरबारमा टाइपिस्ट हुन्। उनले नै सुटुक्क यो सम्बोधन उनलाई इमेल गरी पठाएका रहेछन्। मेरो संसार सगर्व प्रस्तुत गर्दछ आज साँझ हुने शाही घोषणाको पूर्ण पाठ। पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुस्।

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker