मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    एमालेमा भने गम्भीर मतभेद

    २०६२ भदौ ४ शनिबार
    राजाले राजनीतिक दलमाथि प्रतिबन्ध लगाई नयाँ मोडेलको व्यवस्था लागू गराउने सुँइको पाएपछि हिजो मध्यरातबाट सुरु भएको एमालेका नेताहरुको बैठकमा गम्भीर मतभेद निस्किएको र पार्टी विभाजित हुने स्थितिसम्म पुगेको बताइएको छ। महासचिव माधवकुमार नेपालले अब यो स्थितिमा टिक्ने र आफ्नो बाटो खुला गर्ने अर्को बाटो नभएको हुँदा शाही घोषणाको स्वागत गर्दै वक्तव्य जारी गर्नुपर्ने तर्क राखेका थिए। अ‍ोली र वामदेवहरुले भने तत्काल भूमिगत भई भारतको सहयोगमा गिरिजासित मिलेर ०४६ सालमा जस्तो आन्दोलन वा सशस्त्र क्रान्ति गर्नुपर्ने राय प्रकट गरेका थिए। महासचिव नेपालले भारतको समेत भित्री समर्थन बिना राजाबाट यस्तो कदम चाल्न नसक्ने हुनाले भारतले बाहिरबाट मात्र आफूहरुलाई समर्थन गरी भारतको शरणार्थी बनाउन सक्ने आशंका प्रकट गरेका छन्। वामदेवले भने भारतमा सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको तर दूतावासबाट भने सहयोग हुने आश्वासन दिएको बताउनु भएको छ। यसैबीच माधव नेपालले शाही घोषणाको समर्थन गरी तयार पार्नुभएको वक्तव्यको ड्राफ्ट पनि हामीलाई प्राप्त भएको छ। त्यसका लागि यहाँ क्लिक गर्नुस्।

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker