मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    राजतन्त्र दैविक रुपमा अभिशप्तः हरि रोका

    २०६२ भदौ ३ शुक्रबार
    राजनीतिक विश्लेषक हरि रोकाले नेपालको राजतन्त्र आर्थिक रुपमा खर्चालु त छ नै दैविक रुपमा पनि अभिशप्त भएको बताउनुभएको छ। उहाँले राजतन्त्र अविछिन्न निरन्तरता नभएको पनि बताउनु भयो। आज मार्टिन चौतारीद्वारा आयोजित एक कार्यक्रममा उहाँले उक्त टिप्पणी गर्नुभएको हो। बाँकी

    कार्यक्रम थियो, नेपाली काँग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यका हालै प्रकाशित चार पुस्तकका बारेमा अन्तर्क्रिया कार्यक्रम। आयोजक मार्टिन चौतारी। हेलो नेपालका ब्लगर तथा सहकर्मी मणि दाहालले राम्रो हुन्छ कार्यक्रम भनेकोले म त्यता जान तयार भएको थिएँ। नभए आज बिहान बत्ती गएकोले राइसकुकरले खाना पकाउन असमर्थता व्यक्त गरेपछि बाध्य भएर चिया र क्वाँटीमात्र खाएर अफिस हिँडेको मान्छे कुनै कार्यक्रममा जाने विचार थिएन। न साथमा क्यामेरा नै थियो।

    पद्मकन्या क्याम्पसको डेनिस हलमा थियो कार्यक्रम। पद्मकन्या क्याम्पसभित्र प्रवेश गरेपछि मैले मणिलाई मैले बीए यही क्याम्पसबाट पास गरेको हुँ नि भनेर भन्दा उ अविश्वासिलो ढंगले मलाई हेर्दै थियो। “कन्या” क्याम्पसमा “कुमार” ? मणि शायद यही सोच्दै थियो। “मैले यहीँ परीक्षा दिएको थिएँ के….”, मैले प्रष्ट पारेपछि भने उनी हाँस्दै विश्वस्त भए। पछिल्लो पटक यहाँ प्रवेश गरेको पनि त्यही बीएको परीक्षा दिन होला। कति साल अगाडि, त्यो चाहिँ मलाई ठ्याक्कै याद भएन।

    नरहरि आचार्यको “नेपालको राजसंस्थाका बारेमा” पुस्तकको बारेमा टिप्पणी गर्दै हरि रोकाले व्यक्त गर्नुभएको विचारप्रति सहभागीले राखेको जिज्ञासाको जवाफमा उहाँले अहिलेको राजसंस्था अविछिन्न निरन्तरता हैन भनी प्रष्ट पार्नुभएको हो। उहाँका अनुसार जेठो छोरा राजा हुने चलन छ। तर जेठोबाट नभई अर्कोमा सरेको उदाहरण छ। उहाँले अझ प्रष्ट्याउनु भयो, रणबहादुर शाहले कान्तिमति नामका विधवालाई जबर्जस्ती विवाह गरेका थिए र उनीबाट जन्मेका सन्तानलाई जेठो छोरा हुँदाहुँदै राजा बनाइएको थियो। त्यसैगरी बाउ राजा हुँदाहुँदै धपाइएपछि सुरेन्द्रविक्रम शाह राजा भएका थिए। गीर्वाणयुध्दका पालामा पनि १३ दिन राजगद्दी खाली भएको उहाँले बताउनु भयो। हाल पनि महेन्द्रका जेठा छोरा वीरेन्द्रको वं‍शनाश भएपछि माइलो छोरामा सरेको हो। त्यसैले राजतन्त्र अविछिन्न रुपमा गतिवान हुन सकेन भन्ने उहाँको भनाई थियो। उहाँले आफ्नो मन्तव्यलाई यसरी टुंग्याउनु भयो, “हाम्रो सन्दर्भमा राजालाई डिभाइन पावरका रुपमा हेरिन्छ.। त्यसो हो भने नेपाली जनताले सोच्नुपर्छ सांस्कृतिक रुपमा, आर्थिक रुपमा त यो खर्चालु त छ नै, दैविक रुपमा पनि अभिशप्त भइसकेको छ।” अविछिन्न नभएकोले उहाँले अभिशप्त शब्दको प्रयोग गर्नुभएको हो कि अरु नै कुनै कारण हो, त्यो मैले बुझ्न सकिनँ। उहाँले आचार्यको पुस्तकमा राजसंस्थाको अ‍ौचित्य छ कि छैन भन्ने विश्लेषण नभएको पनि बताउनु भयो।

    लोकतन्त्र कि प्रजातन्त्र ?
    कार्यक्रममा एक सहभागीले लोकतन्त्र शब्दको प्रयोग आजभोलि किन यति बढी भइरहेको छ, यो त भारतबाट आयातित शब्द हो भनेर आपत्ति जनाउनुभएको थियो। यसको जवाफमा सीके लालले मैथिली भाषामा लोक भनेको स्वेच्छाले आउने र जन भनेको ज्याला तिरेर ल्याइने ज्यामी भएको बताउनुभयो। व्यक्तिगत स्वतन्त्रताको ग्यारेण्टी गरिएको समूह जनाउने शब्द लोक भएको र लोकतन्त्र शब्दले रिपब्लिकन स्पिरिट बोकेको हुने पनि उहाँले बताउनु भयो

    नरहरि आचार्यले भने लोक चलनचल्ती नेपाली कै शब्द भएको बताउनु भयो। भानुभक्तले रामायणमा लोक शब्दको प्रयोग गरेको कुरा स्मरण गराउँदै उनले भानुभक्तले संस्कृतबाट अनुवाद गरेको रामायणमा लोक शब्द नभएको बताउनु भयो।
    उहाँले आफ्नो विचारलाई पार्टीगत संरचनामा प्रवेश गराउन सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेको र त्यसका लागि आफू तयार भएको बताउनु भयो। वर्तमान सभापति गिरिजा पुनः नउठ्ने अनुमान उहाँले गर्नुभयो। किन उठ्नु हुन्न होला त भन्नेमा उहाँको विश्लेषण थियो उठ्नु पर्ने कारण मैले एउटा पनि देखेको छैन, नउठ्नु पर्ने कारण धेरै देखेको छु। तर उहाँले गिरिजा उठ्नुभयो भने आफ्नो उम्मेदवारी कायम रहने कि नरहने भन्ने कुरा चाहिँ प्रष्ट पार्नुभएन।

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker