Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

अब तपाईँको पालो

२०६२ भदौ २ बिहीबार

देशमा काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालको पछिल्लो विचारलाई लिएर नयाँ बहस सुरु भएको छ। कोइरालानिकटका बाहेक कसैले पनि गगन थापा र नरहरि आचार्यलाई दरबारबाट सञ्चालित भनी लगाउनुभएको आरोपलाई राम्रो दृष्टिले हेरेका छैनन्। लोकतान्त्रिक गणतन्त्र काँग्रेसको एजेण्डा हैन भनेर उहाँले देशमा बगिरहेको हावाको विपरीत दिशामा बहने असफल प्रयास गर्नुभएको छ। यसले विगतमा पटक-पटक नेपाली जनतालाई धोका दिँदै आएको काँग्रेसको असली नियत उजागर गरेको छ। माअ‍ोवादीलाई वार्ताका लागि सार्वजनिक आह्वान गर्ने अनि हरेक भाषणमा गणतन्त्रका चर्का कुरा गर्ने गिरिजाले वास्तवमा किन त्यसो गरेका रहेछन् भनेर त उहाँकै मुखबाट सुनियो- राजासित बार्गेनिङ गरी आफ्नो लागि कुर्सी पाउन। नयाँ नेपाल निर्माणका लागि अब गिरिजाजस्ता नेतालाई “जा” भन्ने बेला भइसकेको छ। काँग्रेसी कार्यकर्ताहरु यदि जनताप्रति उत्तरदायी छन् र कोइराला र कोइरालाप्रवृत्तिका दास हुन चाहँदैनन् भने उनीहरुले गिरिजालाई जा भन्न सक्नुपर्छ। यसमा हामीजस्ता देशविदेशमा रहेका नेपालीहरुले कसरी दबाब दिन सक्छौं त? विदेशतिर ब्लगबाट पनि दबाब दिने चलन छ। तर हामीकहाँ ब्लगको खासै विकास भइसकेको छैन। त्यसैले ब्लगबाहेक हामीले हाम्रा आवाज नेपाली काँग्रेसको आधिकारिक साइट र उसको आधिकारिक ई-मेलबाट पठाई दबाब दिन सक्छौं। आउनुस्, देशविदेशबाट लाखौंको संख्यामा ई-मेल पठाई गिरिजालाई “जा” भनौं र नयाँ स्वच्छ नेतृत्वलाई ठाउँ दिन आवाज राखौं। पार्टीभित्र प्रजातन्त्र नभएसम्म देशमा लोकतन्त्रको उद्देश्य प्राप्त गर्न कठिन हुन्छ।
आफ्ना आवाज नेपाली काँग्रेसको आधिकारिक ई-मेल ncparty@wlink.com.np र ncparty@bajranet.com.np मा सयौंको संख्यामा पठाउनुस्। वा काँग्रेसको आधिकारिक साइटमा यहाँ गएर लेख्नुस्।
हाम्रो यो ई-विरोध वा दबाबले पक्कै पनि पार्टीलाई झक्झक्याउनेछ। गिरिजाले विगतमा गरेका केही गल्तीहरुको सूचिका लागि भित्र आउनुस्।

१ ०४६ सालमा जनताको शक्तिका अगाडि पञ्चायत झुकेपछि आयोजित विजय सभामा उनले भनेका थिए, यो जीत पञ्च र राजाको पनि हो।

२ बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि एमालेले गरेको हिंसात्मक विरोध प्रदर्शनको हिंसात्मक दमन।

३ अन्तर्घात गरी काठमाडौं क्षेत्र नं १ को निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई पराजित गराएको।

४ बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछिको पहिलो ठूलो भ्रष्टाचार कान्ड सन् १९९४ को धमिजा कान्डमा संलग्न। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा भारतीय मूलका एक बेलायती नागरिक दिनेश धमिजालाई राष्ट्रिय ध्वजावाहक शाही नेपाल वायुसेवा निगमका टिकट युरोपभर बेच्नका लागि एजेन्ट नियुक्त हुने गरी सम्झौता गरियो । कुनै किसिमको टेण्डर प्रकाशित नगरी यसो गरिएको थियो । यो सम्झौता ५५ करोड रुपैया बराबरको थियो । टेण्डर आह्वान नै नगरी किन सम्झौता गरियो र युरोपभरका लागि एउटै व्यक्तिलाई किन टिकट बेच्नका लागि एकाधिकार प्रदान गरियो भन्ने सम्बन्धमा प्रश्न उठाइए । तत्कालीन सरकारमाथि शानेवानिका दुई बोइङ विमानलाई कौडीको भाउमा बेचेको आरोप पनि लाग्यो । दुवै विमान मात्र १२ करोड रुपैयाँमा बेचिएका थिए । पछिसम्म ती दुवै विमान युरोपमा उडिरहेका थिए । शानेवानि व्यवस्थापन र सरकारमाथि चालू हालतमा रहेका ती दुई विमानलाई कौडीको भाउमा बेचेको आरोप लाग्यो । कोइरालापुत्री सुजाता कोइराला र उनका जर्मन पतिसमेत यो कान्डमा संलग्न रहेको बताइन्छ ।

५ निर्वाचित संसद् समय अगावै भंग गरी मध्यावधि चुनाव गराएको।

६ नयाँ निर्वाचनमा कसैको पनि बहुमत आउन नसकेपछि गठित एमालेको अल्पमतको सरकारलाई नौ महिनामा नै ढलाई देउवालाई नयाँ नेताको रुपमा उभ्याई पञ्चेहरुको राप्रपाको सहयोगमा गठबन्धन सरकार बनाएको।

७ त्यसको जवाफमा एमालेले अर्का पञ्चे लोकेन्द्रबहादुर चन्दलाई काँध थापी पूच्छर बनेर सरकारमा गएपछि गिरिजाले झन् अर्का खुँखार पञ्चे सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाई सरकारमा गएको।

८ थापालाई हटाई फेरि आफै प्रधानमन्त्री बनेपछि लाउडा कान्ड मच्चाएको। यो कान्डमा अस्ट्रियाको लाउडा एअरलाई विमान भाडामा लिन चुनिएको थियो । यससँग सम्झौता टेण्डरबाट नभई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निर्देशनमा प्रत्यक्ष वार्ताबाट भएको थियो । पछि कोइरालालाई संसदको सार्वजनिक लेखा समितिले यस्तो केसमा निर्देशन नदिन सचेत गरायो । मन्त्री चटौत र शानेवानिका प्रमुख हरिभक्त श्रेष्ठ लगायतका अधिकारीहरुमाथि भ्रष्टाचारको अभियोगमा मुद्दा चलाइयो ।

९ पहिला माले र पछि एमालेसँग मिली गठबन्धन सरकार बनाएको। त्यही सरकारले चुनाव गराउँदा कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री पदका उम्मेदवार घोषणा गरी भोट माग्दै हिँडेको। र निर्वाचनमा बहुमत पाएपछि आफै कुर्सीमा बस्न भट्टराईलाई राजीनामा दिन बाध्य पारेको।

१० सन् २००१ को जुन १ तारिखका दिन राजपरिवारका १० सदस्यको हत्या हुँदा कुनै गतिलो निर्णय लिन नसकी ढुल्मुले नीति लिएको।

११ सेनाले आफ्नो आदेश पालना गरेन भनेर संसदमा वा जनताकहाँ जानुको सट्टा सन् २००१ मा उल्टो राजीनामा दिएको।

अझै कति कुरा छुटेका होलान्। कमेन्टमा लेख्नुस् है।

Related posts:

  1. अब तपाईँको पालो: क्याप्सन लेख्नुस्
  2. अब तपाईँको पालो
  3. अब तपाईँको पालो- ज्ञानेन्द्र गरिबै हुन् त ?
  4. प्रचण्डलाई प्रश्नः अब तपाईँको पालो
  5. अब तपाईँको पालो: पशुपतिको मनको कुरा

Comments are closed.

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes