२०६२ साउन ३२ मंगलबार
अपडेटः महाधिवेशन स्थगित भएको अौपचारिक घोषणा भएको छ। आज बिहान २४२ वटा फर्जी नामावली नसच्याइएसम्म अधिवेशनमा भाग नलिने भनेपछि झडप सुरु भएको थियो। संस्थापन पक्षका स्वयंसेवक राजु अधिकारीले गगन थापालाई ढुंगा हिर्काएपछि दुवै पक्षबीच भिडन्त सुरु भएको थियो। भिडन्तका क्रममा तीन नौ जना विद्यार्थी घाइते भएका छन्। दीपेन्द्र सभागृह ध्वस्त भएको छ। (245pm NST)
प्रजातन्त्रको लागि संघर्ष गरिरहेको भनेर दाबी गर्ने नेपाली काँग्रेसको आफ्नै पार्टी र संगठनमा कतिको प्रजातन्त्र रहेछ भनेर अब दुनियाले देख्नेभयो। बेइज्जत! धाँधली त बेस्कन भएछ रे। अनि त्यसलाई सहन नसकेर गगन थापा पक्षधरहरुले निर्वाचन बहिस्कार गरेछन्। निर्वाचन बहिस्कार गर्नेहरुमा अध्यक्ष पदका अन्य उम्मेदवार प्रदीप पौडेल, महेन्द्र शर्मा आदि पनि रहेका छन्। अरु त अरु महाधिवेशन स्थलमा ढुंगामुढा पनि भएछ। मुखले गणतन्त्रका चर्का कुरा गर्ने अनि गणतन्त्र पक्षधरहरुलाई नेतृत्वमा आउलान् भनेर धाँधली गर्ने, छ्या ! कस्तो फोहोरी राजनीति। अब गगनहरुलाई अनुशासनको कारबाही गरी निश्कासित गरिए पनि अचम्म मान्नु पर्दैन। गगनहरुले पनि अब पहिला आफ्नै पार्टीको निरंकुशतालाई अन्त्य गर्नुपर्छ अनिमात्र देशको निरंकुशता।
प्राप्त समाचार अनुसार संघको राजनीतिक नीतिमा राजतन्त्रलाई हेर्ने दृष्टिकोण मौन रहेको र महाधिवेशन प्रतिनिधिमा धाँधली गरी फर्जी मान्छेहरु राखिएको भन्दै दुई पक्षबीच विवाद भएको थियो। राजनीतिक रुपमा बौध्दिक लडाईँ लड्नु पर्नेहरु ढुंगामुढा गरी शारीरिक लडाईँमा अोर्लिएछन्। महाधिवेशन स्थलका मोटरसाइकल र कागजपत्रमा आगजनीसमेत गरिएको रहेछ।
No related posts.









Recent Comments