मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    राजा फेरि जनतामाझ

    २०६२ साउन ३१ सोमबार
    राजा फेरि एकपटक जनतामाझ गएका छन्। हिजो राजाले नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको गृहनगर कै सडकमा पैदल हिँडेर गहिरो प्रतीकात्मक प्रहार दलहरुलाई गरे। आज फेरि नेपाल टेलिभिजनमा देखिएको दृश्य माघ १९ अघिको राजा-जनता वार्ता जस्तै थियो।
    आज उदयपुर र झापाका विभिन्न ठाउँमा राजाले जनतासित हात मिलाएको, जनताका फूलमाला ग्रहण गरेको, जनताका बच्चालाई सुम्सुम्याएको, विद्यार्थीलाई आज स्कूल विदा हो? धेरै पढ्नुपर्छ है भनेको जस्ता दृश्य नेटिभीमा देखाइएको थियो। पूर्वमा माअ‍ोवादीहरुले आफ्नो गतिविधि तीब्र बनाइरहेकै बेला राजाले गरेको यो भ्रमणले दलहरुलाई मात्र हैन, माअ‍ोवादीहरुलाई पनि अप्रत्यक्ष जवाफ दिएको देखिन्छ।

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker