मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    महारानीले युवराजलाई चड्कन लगाउँदा…..

    कति राजनीतिका मात्र कुरा गर्नु । त्यसो त आज पनि राजनीतिका कुरा कम छैनन्। प्रजातान्त्रिक काँग्रेसको भ्रातृ संगठन नेवि संघले साउन ३२ गतेसम्मका लागि नयाँ आन्दोलनको घोषणा गरेको छ। जसअन्तर्गत भोलि बिहीबार साढे नौ बजेदेखि आधा घण्टा चक्काजाम गरिँदैछ। यस क्रममा भोलि पक्कै प्रहरीसित भिडन्त हुनेछ होला। जेभए पनि भोलि भने छिट्टै अफिस जान निस्कनु पर्नेछ। नत्र बाटो जाम भएर कायल हुनसक्छ। बाँकी
    त्यसैगरी राज्यविरुध्दको अभियोग लगाउन हिरासतमा राखिएका विद्यार्थी नेता गगन थापालाई आज विशेष अदालतमा उपस्थित गराउँदै प्रहरीले छानबिन कार्य नसकेकोले १५ दिन हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने अनुमति मागेको थियो। तर अदालतले ५ दिनको लागि मात्रै अनुमति दिएको छ।

    अनि कानुन तथा संविधानविद्‍हरुले आज आयोजित एक कार्यक्रममा संविधानको धारा १२७ को जथाभावी प्रयोगले संविधानको मूल मर्म र भावना नै मारेको बताए। निर्वाचित प्रधानमन्त्रीको सिफारिशमा मात्र प्रयोग गर्न पाइन्छ यो धारा, उनीहरु चिच्याउँदै थिए। तर सुन्ने को? उनीहरुको कुरा पनि धारा १२७ लगाएर व्यर्थ बनाइन्छ। प्रजातन्त्र सुदृढ पार्न राखिएको यो धारा प्रजातन्त्र मास्न प्रयोग भइरहेको दाबी उनीहरुको थियो।

    उता मेची पुलमा भारतीय सुरक्षाकर्मीले अचाक्ली गरेछन्। स्वदेश फर्कन चाहने भुटानी शरणार्थीहरुलाई उनीहरुले रोकेछन्। त्यसपछि नेपाली सीमाभित्र आएर शरणार्थीमाथि कुटपिट, लछारपछार गरेछन्। शरणार्थी र सुरक्षाकर्मीबीच लामै भिडन्त भएछ। गधा धोतीहरु, आउने बेलामा चाहिँ उनीहरुको बाटो भएर आउन दिने, अहिले जान्छु भन्दा चाहिँ जान नदिने। के सारो हेपेको हो उनीहरुले? अन्तर्राष्ट्रिय कानुन अनुसार पनि उनीहरुले शरणार्थीहरुलाई आफ्नो देश फर्कन बाटो दिनुपर्ने हो।

    अहो, कुरा त कहाँ पुगेछ। राजनीतिको कुरा गर्दिन र एउटा हल्काफुल्का कुरा राखेर ब्लग टुंग्याउँछु भन्ने सोचेको थिएँ। आग्राको र गाग्राको अन्तर भयो कि क्या हो शीर्षक र म्याटरमा। धन्दा नमान्नुस, म शीर्षकमा आइपुगेँ।

    महारानीले युवराजलाई चड्कन लगाएको हेर्ने हो ? वास्तवमा यो एउटा खेल हो। महारानी यहाँकी हैन, बेलायतकी हुन्। बेलायती राजपरिवारसित जोडिएर बनाइएको एउटा कम्प्युटर गेम त्यहाँ साह्रै हिट भइरहेको रहेछ। नेटमा डुल्दै जाँदा मैले यसलाई भेट्टाएको थिएँ।

    फ्लासमा बनाइएको यो गेममा तपाईँ कि युवराज चार्ल्स कि विलियम कि चाहिँ अधिराजकुमारी एनी बन्नुपर्ने हुन्छ। अनि तपाईँको काम हुन्छ बहुमूल्य गहना चोरी गर्ने। यस क्रममा महारानी एलिजाबेथले फेला पारे भने तपाईँले चड्कन त खानुहुन्छ नै, खेल पनि हार्नुपर्ने हुन्छ।

    खेल्ने हो तपाईँ पनि यो खेल? यहाँ क्लिक गर्नुस्।

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker