मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बल्ल खुल्ने भो मेरो पनि मोबाइल

    २०६२ साउन १९ मंगलबार
    पोस्टपेड मोबाइलधारीहरुको हैकम अब बल्ल टुट्ला जस्तो छ। छ महिनादेखि बन्द रहेको प्रिपेड मोबाइलको पुनः दर्ता अब शनिबारदेखि थाल्ने नेपाल टेलिकमले बताएको छ। झन्डै पाँच घण्टा लाइन बसेर लिएको मेरो प्रिपेड मोबाइल पाँच महिना पनि चलाउन नपाउँदै माघ १९ मा “शहीद” भएको थियो। बिचराको केही दोष थिएन। तर पनि बित्थैमा शहीद भएको थियो त्यो। सुरुमा त दुई तीन दिन वा हप्तामा नै ब्युँतिएला कि भन्ने लागेको थियो तर अहँ……। दिक्क लागेर मैले त्यसलाई दराजभित्र अन्त्येष्टि गरिदिएको थिएँ। बाँकी

    My Mobile
    नो नेटवर्क कभरेजः राजाको घोषणाले “शहीद” बनाएको मेरो मोबाइलले विगत छ महिनादेखि यस्तो मेसेजमात्र देखाउँछ।

    आज टेलिकमको वेबसाइटमा सूचना पढेपछि भने त्यसलाई निकालेँ। निकाल्न जरुरी पनि थियो। पुनः दर्ता फाराममा सिमकार्डमा लेखिएको १९ अंकको सिम नम्बर पनि भर्नु पर्ने रहेछ। के रहेछ त्यस्तो भनेको भनी उत्सकुताले सिमकार्ड निकालेर हेरेको थिएँ। हो रहेछ सिमकार्डको पछाडितिर त्यस्तो नम्बर हुने रहेछ।

    अब फेरि पुनः दर्ता गराउन कति घण्टा लाम बस्नु पर्ने हो कुन्नि। बित्थामा दुःख दिन्छ यार यो सरकारले पनि। सरकारले पनि के भन्नु। सर्वोच्चमा यस सम्बन्धमा रिट पर्दा सरकारले मैले बन्द गर भनेको छैन भन्ने जवाफ दिएको थियो। हाम्रो सरकार पनि फटाहा भएको छ आजभोलि।

    कुरा लाम बस्नु पर्ने विषयमा हुँदैथियो। हो, नेपाल टेलिकमले प्रतिदिन २० हजारका दरले पुनः दर्ताको निवेदन लिने भनी साउन २२ देखि साउन २९ शनिबारसम्म एक हप्ताको समय दिएको छ। उपत्यकामा मात्रै प्रिपेड मोबाइल लिनेहरुको संख्या एक लाख ४० हजार रहेछ।

    पुनः दर्ता गराउन सजिलो भने रहेनछ। यसका लागि फाराममा मोबाइल टेलिफोन प्रयोगकर्ताको सम्बन्धमा श्री ५ को सरकारको राजपत्राङ्कित अधिकृत वा नेपाल टेलिकमको आठौ तह वा सोभन्दा माथिका पदाधिकारीबाट सिफारिस गराउनु पर्ने जस्ता कडा प्रावधान राखिएका छन्। यो मान्छेको चरित्र ठीक छ, मोबाइल दिए हुन्छ भनी आफ्नो चरित्रको प्रमाणपत्र त्यो सरकारी अधिकारीबाट गराउनु पर्ने रे। अनि फाराममा घरसम्म पुग्ने नक्सा पनि बनाउनु पर्ने रहेछ। त्यतिमात्र हो र, आफ्नो मोबाइल अरु कसैले अनियमित कार्यका लागि दुरुपयोग गरेमा त्यसका लागि आफै जिम्मेवार हुनेछु भनी बकपत्र गर्नुपर्ने रहेछ।

    प्रिपेड पुनः दर्ता फाराम डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्।

    नेपाल टेलिकमको सूचना पढ्न यहाँ क्लिक गर्नुस्।

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker