Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

“पत्रकार र टिभीले सारा संसार बिगारे”

२०६२ साउन १८, सोमबार
Minister Ram Narayan Singh
“पत्रकार र टेलिभिजनले सारा संसार बिगारेका छन्”
यो महावाणी कसको हो ? माथि देखिएका महानुभावको। उनी मन्त्री हुन्। मकरतन्त्रका मन्त्री रामनारायण सिंह। पद पाएका छन् श्रम तथा यातायात व्यवस्थाको तर “व्यवस्था” भने पत्रकार र पत्रकारिताको गर्लान् जस्तो देखिन्छ। आइतबार मन्त्री ज्यु श्रम तथा रोजगार प्रवर्ध्दन विभागको निरीक्षणका लागि पुग्नुभएको रहेछ। त्यहीँ च्यानल नेपालका सहकर्मी गणेश बस्नेत र चन्द्र विष्ट रिपोर्टिङका लागि पुगेका थिए। कुन्नि किन, उहाँसित केही सोध्दासोध्दै उहाँ झन्न रिसाउनु भएछ। क्यामेरालाई हातले धकेल्दै एकापट्टी पारेर अर्कोतर्फ लाग्नुभएपछि उहाँले भन्नुभयो, पत्रकार र टेलिभिजनले सारा संसार बिगारेका छन्। हेर्नुस् यो दृश्य भिडियोमा (हिजो राखिएको भिडियो अस्पष्ट भएकोले आज स्पष्ट देखिने अर्को भिडियो राखेको छु) बाँकी
त्यसो त मन्त्री ज्यु रिसाउनु पनि स्वाभाविकै हो। जुन ठाउँमा उहाँ निरीक्षणका लागि आउनुभएको थियो, त्यही ठाउँका हाकिमहरु कुर्सीमा नबसेर दिनभर गायब भएको समाचार च्यानल नेपाल अर्थात टेलिभिजन र पत्रकारहरुले नै दिएका थिए। हिजो भर्खर पनि पुतलिसडकको पार्किङ निषेधित क्षेत्रमा जलस्रोत सहायक मन्त्री विनोदकुमार शाहको गाडी घण्टौंसम्म पार्क गरेर राख्दा पनि कारबाही नभएको समाचार पनि च्यानल नेपालले नै दिएको थियो।
अरु कुरा त ठीकै थियो, मन्त्रीहरुमाथि नै यसरी खनिएपछि बिचरा मन्त्रीज्युले पत्रकार र टेलिभिजनले सारा संसार बिगारेको भनी नभने अरु के भन्नु त ? पत्रकार र टेलिभिजन नभएको भए त संसार कति राम्रो हुन्थ्यो हगि मन्त्री ज्यु। त्यसमाथि नेपाली मन्त्रीले गाली गर्दा हिन्दी बोलेको फेरि कति सुहाएको…..अहा….मन्त्री ज्यु, म त तपाईँको फ्यान भएँ।

Related posts:

  1. सेनाको निम्तो, पत्रकार महासंघलाई होइन पत्रकार संघलाई
  2. हट्यो सारा भीडभाड, हरायो ट्राफिक जाम
  3. सरकारी टिभीले झुठो खबर दिएर झुक्यायो
  4. ब्लगरको क्यामेरामा पत्रकार
  5. पत्रकार भएर नि हाइवे रोक्छन्, कति लाजमर्दो !

Comments are closed.

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes