२०६२ साउन १७ सोमबार

गिरफ्तार साथीहरुको रिहाइको माग गर्दै राष्ट्रवादी शिक्षाको विरोधमा उत्रिएका विद्यार्थीहरु बीच आज फेरि शंकरदेव क्याम्पसबाहिर पुतलिसडकमा भिडन्त भएको छ। भिडन्तमा आधा दर्जन जति विद्यार्थीहरु घाइते भएका छन्। प्रहरीतर्फ पनि केही घाइते भएका छन् तर यकिन संख्या थाहा हुन सकेको छैन। विद्यार्थी र प्रहरीले ढुंगा हानाहान गर्दा पुतलिसडक क्षेत्र युध्दभूमिमा परिणत भएको थियो। यसका कारण त्यस क्षेत्रका पसलहरु सबै बन्द भएका थिए। विद्यार्थीको जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेपछि भिडन्त भएको रे। यी पंक्ति लेखिँदासम्म भने त्यहाँको स्थिति साम्य भइसकेको बताइएको छ।
यसैबीच, गिरफ्तार विद्यार्थीहरुलाई रिहा नगरिएसम्म नेविसंघको आसन्न महाधिवेशन अनिश्चित कालसम्म स्थगित हुनसक्ने नेपाली काँग्रेसका महामन्त्री सुशील कोइरालाले बताउनु भएको छ। (भित्र अरु पनि फोटो)

ताकेरै हानौं साथीः प्रहरीतर्फ ढुंगा वर्षाउँदै विद्यार्थी

विद्यार्थीको आक्रोश आगो सरह भडकिँदैछ।

प्रहरीविरुध्द न्वारनदेखिको बल?
No related posts.









Recent Comments