२०६२ असोज ६ बिहीबार
आजको राजा-रानीको भ्रमणका क्रममा राजा र रानीलाई सर्वसाधारणले के-कस्ता बिन्ति चढाए, त्यसको बारेमा हो यो अडियो ब्लग। यसलाई डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। यसमा सुरुमा रानीले केही स्कूले बालिकासँग कुरा गरेको सुनिन्छ। रानीले आज स्कूलमा गएर विदा भनिदिनू भनी उनीहरुलाई पाठ पढाउँछिन्। त्यसपछि राजालाई एक अर्की स्कूले बालिकाले राम्ररी पढ्न पनि पाइनँ, सँधैको अशान्तिले गर्दा घर पनि जान पाउँदैन राम्रोसँग भनी रुन्छिन्। अर्कोमा फेरि एक जनाले जनताले खान पनि पाएको छैन सुरक्षामा मात्र खर्च भइरहेको छ भन्दा राजा त्यसलाई बेवास्ता गर्दै “बुझेँ बुझेँ” भन्दै अगाडि बढ्छन्।
[राजाको भ्रमणका क्रममा देखिएका रमाइला कुराहरुका बारेमा एकैछिन पछि अर्को ब्लग गर्दैछु]
No related posts.









Recent Comments