मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सुगारिका यस वर्षकी मिस नेपाल घोषित

    2062 भदौ २५ शनिबार @ 720 pm NST

    धापाखेल ललितपुरकी १९ वर्षीया सुगारिका केसी यस वर्षकी मिस नेपाल घोषित भएकी छिन्। वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शनिबार साँझ भएको कार्यक्रममा उनलाई गत वर्षकी मिस नेपाल पायल शाक्यले ताज पहिराइदिएकी थिइन्। सुगारिकाले चीनमा हुने मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्। त्यसैगरी त्यसैगरी शभोना श्रेष्ठले फर्स्ट रनर अप भई मिस अर्थ र आयुश्मा पोखरेलले सेकेण्ड रनर अप भई मिस एसिया प्यासिफिकमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

    मिस नेपालको फोटो हेर्दा तपाईँलाई कस्तो लाग्यो ? मलाई त बूढी भइसकेकी केटी जस्ती पो लाग्यो। मिस नेपालको वेबसाइटमा गएर हेर्दा त मेरी आम्मै…भर्खर १९ वर्षकी रहिछिन्। कति वर्ष उमेर लुकाएकी हुन् कुन्नि ? मलाई त त्यस्तै लाग्यो। ५८ किलो वजन भएकी सुगारिका हाल वातावरणीय विज्ञानमा बीएस्सी प्रथम वर्षमा अध्ययनरत रहिछिन्।

    प्रमुख निर्णायक चन्द्रलेखा तुलाधरले भोकविरुध्दको लडाइँमा नेपालका बालबालिकाहरुलाई कसरी सहयोग गर्नुहुन्छ भनी राख्नुभएको प्रश्नको जवाफमा सुगारिकाले आफ्नो सिर्जना र क्षमताले सक्दो सहयोग गरी आफूमात्र नभई समाजलाई पनि सहयोग गर्न उत्प्रेरित गरी विश्वकै बालबालिकालाई सहयोग गर्नेछु भन्ने जवाफ दिएकी थिइन्।

    प्रतियोगितामा मोहिनी रानाले उत्कृष्ट मुस्कान र फोटोजेनिक उपाधि जितिन् भने पहिरन र ट्यालेन्टका लागि सुगरिका केसी, केशका लागि सोनिया गिरी, त्वचाका लागि श्वेता खड्गीले उपाधि जितिन्। शभोनाले उत्कृष्ट व्यक्तित्वको उपाधि पनि जितिन्। छिमेकी टोल निवासी भएकीले मात्र हैन, जवाफ दिने शैली अर्थात् ब्युटी र ब्रेन दुवै भएकी शभोना नै मिस नेपाल बन्छिन् जस्तो लागेको थियो। तर उनी फर्स्ट रनर अप मात्र भइन्। [भित्र अरु फोटो]
    यी फोटो एएफपीबाट साभार गरिएका हुन्। माथिका फोटो भने मिस नेपालको वेबसाइटबाट लिएर संयोजन गरिएको हो।

    पूर्व मिस नेपाल पायल शाक्य नयाँ मिस नेपालसित।


    यस वर्षका उपाधि विजेताहरु।


    नेपाल सुन्दरी सुगारिका केसी बल्ल १९ वर्षकी भइन् रे।

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker