मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    एउटा अर्को “नागरिक” सभा

    २०६२ भदौ २२ मंगलबार

    नयाँ बानेश्वरमा आज आयोजित रैति बन्न चाहनेहरुको “नागरिक” सभा। तस्वीरः उमेश

    विगत केही दिनदेखि केही गर्ने जाँगर चलेको छैन। आज पनि कतै जाउँला जस्तो लागेको थिएन। तैपनि आज अफिसबाट घर फर्कने क्रममा नयाँ बानेश्वरको नागरिक सभा र नयाँ सडकमा दलहरुको आन्दोलनको झलक हेरेर फर्केँ। सात दलको आन्दोलन हिजो हेरिएको थिएन। हिजो निकै दमन भएको रहेछ। आज मन नभए पनि खुट्टाले (बसले हैन) त्यतैतिर डोर्‍यायो। नयाँ बानेश्वरमा एउटा कार्यक्रम भइरहेको जस्तो टाढैबाट देखेँ। मान्छेको कम उपस्थिति टाढै चोकबाट देखेर नै मैले अनुमान लगाइसकेको थिएँ, पक्कै पनि राजावादी मण्डलेहरुको कार्यक्रम हो त्यो। म त्यहाँबाट अगाडि बढिसकेको थिएँ किनकि दलहरुको कार्यक्रम शुरु हुने बेला भइसकेको थियो। तर फेरि सोचेँ हेरौं न त कस्तो रहेछ यो कार्यक्रम पनि। फेरि फर्केँ र चोकबाट भित्रपसेँ बीआईसीसीको गेटनजिकै थियो मञ्च। बाँकी

    माइक-साइक, पाल राखेर भव्य बनाउन खोजिएको रहेछ कार्यक्रम। चोकबाट मञ्चतिर जाँदा र फर्कँदासम्म मैले त्यहाँका एक वक्ता (खै‍ को हो म चिन्दिनँ) ले गरिरहेको भाषण सुनेको थिएँ। हाँसो लाग्यो मलाई त भाषण सुनेर। ‘यो सरकारले राम्रो-राम्रो काम गरिरहेको छ, यसलाई हामीले समर्थन गर्नुपर्छ….’, ‘हाम्रो देशमा हाम्रै व्यवस्था लागू हुन्छ, हाम्रै राजतन्त्र हुन्छ, विदेशीहरुले सिकाउनु पर्दैन, त्यसरी सिकाउनेहरु आफ्नै देशमा गए हुन्छ….’

    ब्यानर हेरेँ, संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र दीगो शान्तिका लागि बृहत् नागरिक सभा लेखिएको रहेछ। आयोजकको नाम चाहिँ देखिनँ मैले। हाम्रो नागरिक सभा (यसमा मैले हाम्रो भन्ने शब्द प्रयोग गरेको छु। किनभने म त्यो नागरिक आन्दोलनका समर्थकहरु मध्ये एक हुँ) र यो ‘नागरिक’ सभामा के फरक थियो भने हाम्रोमा मञ्चमा बस्ने कुर्सी र घामपानी छेक्ने टाउकोमाथि पाल टांगिएको हुँदैन थियो। उनीहरु भूँइमा नै थचक्क बस्थे। यो नागरिक सभाका ‘विशिष्ट’ हरुलाई भने शायद घामपानी सहन हुँदैन रहेछ। अनि उनीहरुलाई भूँइमा हैन कुर्सीमा नै बस्नुपर्ने रहेछ। (हेर्नुस् माथिको तस्वीर) पाल पनि फेरि बिहे भोजमा प्रयोग गर्ने खालको जस्तो रहेछ।

    यसो चारैतिर हेरेँ। पत्रकार, फोटोग्राफरको लागि पनि बस्ने ठाउँ अलग्गै तोकिएको रहेछ। तर चिनेका कोही पत्रकार पनि त्यहाँ देखिएनन्। एकजना नेटिभीमा काम गर्ने पहिले क्याम्पसमा सँगै पढेका पत्रकार भने पत्रकार बस्ने ठाउँमा नबसी टाढा बसिरहेका थिए। मान्छेको उपस्थिति भने दयनीय नै थियो। दुई सय जति पुग्थे कि। केही महिलाहरु अगाडिपट्टी थचक्क बसेका थिए। अनुहार भने तराईतिर वा गाउँघरतिरका झैं देखिन्थे। सुरक्षा पनि फेरि निकै रहेछ। प्रहरी अगाडि नै थियो।
    फोटो खिच्न क्यामेरा निकाल्नै पो लाज लाग्यो त। एक जना फोटो खिच्ने मान्छे देखिएको हैन। त्यसैले टाढैबाट जुम गरेर फोटो खिचेँ। “स्वयंसेवक, नागरिक समाज” लेखेको ब्याच छातीका टाँसेको मान्छेले मलाई वाल्ल परेर हेर्‍यो। अनि गाउँतिरका झैँ लाग्ने मान्छेहरु पनि ट्वाल्ल परेर हेर्दै थिए। हतार हतार क्यामेरा ब्यागमा हालेर म त्यहाँबाट हिँडिहालेँ। हिँड्दा त्यो अज्ञात वक्ता बकबक गर्दै थियो, अघि यहाँ भएको जलपानमा भएको कुराकानी अनुसार….
    ए…जलपानको पनि व्यवस्था रहेछ त्यहाँ। त्यो पनि कार्यक्रम सुरु हुनुअघि नै। हाम्रो नागरिक सभामा त जलपान हैन, उल्टो नागरिक आन्दोलनका लागि गच्छे अनुसार चन्दा दिने गर्थ्यौं हामी।

    मनमनै हाँस्दै म त्यहाँबाट न्युरोडतर्फ लागेँ हिँडेरै। पौने चार बजेतिर न्युरोड पुग्दा आँखा अलिअलि पिरो भएकोले सहजै अनुमान लगाउन सकिन्थ्यो कि आज पनि टियरग्यास छाडिएछ। तर आज नौलो कुरा भनेको दमकल ल्याएर पानीको फोहोरा प्रयोग गरेर प्रदर्शनकारीहरुलाई हटाइएछ। बाटो पूरै पानीले भिजेको थियो। म त्यहाँ पुग्दा एक हुल महिलालाई गिरफ्तार गरेर भ्यानमा हालिँदै थियो। महिलाहरु नारा लगाउँदै प्रहरीलाई अ‍ोए, जहाँ पायो त्यहीँ छुन्छस् भनी हकार्दै थिए। क्यामेरामा ब्याट्री थिएन। युज भइसकेको ब्याट्रीबाट दुई चार सट चाहिँ खिच्न सकिन्थ्यो। तर हातमा क्यामेरा बोकेन भने त बटुवा ठानेर प्रहरीले ठोकिहाल्छन्। त्यसैले प्रहरीलाई देखाउन भए पनि क्यामेरा हातमा भिर्नै पर्थ्यो।

    जुध्द शालिकदेखि न्युरोड गेटसम्मका सबै पसल बन्द भइसकेका थिए। सडकमा पूरै प्रहरी र पत्रकारहरु मात्र थिए। पसलको सटर तानेर प्वालबाट चियाउनेहरु, झ्यालबाट, छतबाट हेर्नेहरु देखिन्थे। रैतिहरुको नागरिक आन्दोलनले अल्मल्याएर आउन ढिला भएकोले नेताहरु गिरफ्तार भएको दृश्य भने हेर्न पाइएन। आज एमाले महासचिव माधव नेपालसहित शीर्ष नेताहरुले गिरफ्तारी दिने कार्यक्रम थियो। गिरिजा भने स्वास्थ्यका कारण आज अनुपस्थित हुने सुनेको थिएँ।


    पानीको फोहोरा छ्याप्ने तयारी हुँदै। तस्वीरः उमेश

    म पुग्दा भने स-सानो समूहमा नाराबाजी हुँदैथियो। ‘हत्यारा …..फाँसी दे’ जस्ता चर्का नारा लगाइएका थिए। (खाली ठाउँ आफै भर्नुस्) प्रहरीले समयसमयमा लखेट्थ्यो र मारसँग चुट्थ्यो र भ्यानमा हालेर लग्थे। प्रहरीको फन्दामा परिसकेपछि पनि राजाको विरोधमा र लोकतन्त्रको पक्षमा उनीहरु नारा लगाइरहेका हुन्थे। न्युरोबाट खिचापोखरीतिर जाने गल्लीबाहिर दमकल राखिएको थियो। प्रहरीहरु पनि त्यतै थिए। बिस्तारै भीड नारा लगाउँदै अगाडि बढ्दै थियो। दमकलबाट पानीको फोहोरा छ्याप्ने तयारी भइरहेको थियो। सैनिक पोशाक लगाएकाहरु पानीको फोहोराको पाइप समात्दै “झुक्याएर हान्नु पर्छ है” भन्दै थिए। म उनीहरुकै पछाडितिर थिएँ। तर प्रहरीले लखेटेरै सबैलाई भगायो। लखेटेने क्रममा भेटिए जतिलाई चुट्थे प्रहरी। गल्लीगल्लीसम्म पुग्थे प्रहरी।

    प्रहरीको भ्यानबाट माइकिङ हुँदै थियो, “जहाँ जानुपर्ने हो त्यहीँ जानुहोला, उभिएर बसेमा प्रहरी कारबाही हुनेछ, त्यसको जिम्मेवार तपाईँ आफै हुनुपर्नेछ।” सुनिए अनुसार प्रहरीले दुई पटक पानीको फोहोरा प्रयोग गरेछ। टियर ग्यासले स्वास्थ्यमा असर पार्छ भनी चिकित्सकहरुले वक्तव्य निकाली विरोध गरेपछि आज पहिलो पटक पानीको फोहोराको प्रयोग गरिएको थियव। त्यसो त टियरग्यास पनि प्रहार नगरिएको हैन।

    पूरै सडक शून्य र प्रहरीको मात्र व्यापक उपस्थिति देख्दा युध्दभूमि जस्तो लाग्थ्यो नयाँ सडक।


    आज दलहरुको प्रदर्शनमा पहिलो पटक पानीको फोहोरा छ्याप्न दमकलको प्रयोग गरियो। तस्वीरः उमेश
    दलहरुले निरन्तर निषेधित क्षेत्र तोड्ने साहस देखाएका छन्। त्यसको प्रशंसा गर्नुपर्छ। शाही घोषणाको सात महिनासम्म उनीहरुले यस्तो साहस देखाउन सकेका थिएनन्। अवैधानिक सरकारले लगाएको निषेधित क्षेत्रको पालना गरेर उनीहरु कार्यक्रम गरिरहेका थिए। यहाँ हामीले बुझ्नुपर्ने कुरा के हो भने शान्तिपूर्ण रुपमा भेला भएर विरोध गर्न पाउने संवैधानिक अधिकारलाई सरकारले हनन् गरिरहेको छ। दलहरुको कार्यक्रम निषेधित क्षेत्रमा शान्तिपूर्ण रुपमा विरोध गर्ने हो। शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न खोज्दा पनि किन प्रहरी लगाएर दमन गरिन्छ ? किन विषालु टियर ग्यास छाडिन्छ ? सरकारी सञ्चारमाध्यममा भनिए जस्तो प्रहरीलाई ढुंगामुढा गरिएपछि प्रहरीले लाठिचार्ज गरेका हैनन्। शान्तिपूर्ण रुपमा नारा लगाउँदै गर्दा लखेटीलखेटी कुटिएको छ। त्यो देखेर आक्रोशित हुनेहरुले फाट्टफुट्ट ढुंगा हान्ने गरेका हुन्।

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker