मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कान्तिपुर एफएमको प्रसारण बन्द

    अपडेट-२ कान्तिपुरबाहेक इमेज एफएम ९७‌.९ ले पनि आफ्नो कार्यक्रम अपलिंक गरी पश्चिमाञ्चल र पूर्वाञ्चलमा प्रसारण गर्ने गरिरहेको थियो। पोखरामा हिजोदेखि समाचार बज्न छाड्यो रे, गीतमात्र बजाउँदैछ रे। अरु ठाउँमा इमेज एफएमको प्रसारण स्थिति कस्तो छ, थाहा हुन सकेको छैन। कान्तिपुरलाई काउन्टर दिन सरकारले नै इमेजलाई यसरी अपलिंक गर्ने अनुमति दिएको हल्ला मैले सुनेको थिएँ। इमेजलाई अनुमति असोज १८ को पहिलो “कू” पछिको सरकारले दिएको हो। कान्तिपुरलाई अपलिंकको अनुमति भने शायद गुप्ता सञ्चारमन्त्री हुँदा दिइएको थियो क्यारे। (कात्तिक ५)

    अपडेट-१ यो सरकारलाई जे काम गर्न पनि राति कुर्नु पर्ने रहेछ। त्यसैले दिउँसो दुनियाँका अगाडि केही गर्न नसकेपछि राति सवा ११ बजे दर्जनौं प्रहरी जबर्जस्ती आएर कान्तिपुर एफएमको कार्यालयमा प्रवेश गरी पूर्वाञ्चलमा अपलिंक गर्न प्रयोग हुने सामान उठाएर लगेछन्। अब कान्तिपुर एफएमको प्रसारण पूर्वाञ्चलमा बन्द भएको छ। काठमाडौंमा भने प्रसारण यथावत छ।

    २०६२ कात्तिक ४ शुक्रबार
    सञ्चार माध्यमलाई नियन्त्रण गर्न ल्याइएको अध्यादेश पालना गराउन आज शाही सरकारले कान्तिपुर एफएममाथि भौतिक कारबाही गर्ने दुस्साहस गरे पनि त्यो सफल भने हुन सकेन। अहिले कान्तिपुर एफएम परिसरलाई घेरिरहेका सुरक्षाकर्मीहरु र सञ्चार मन्त्रालयबाट आएका अधिकारीहरु फर्किसकेको कान्तिपुर टेलिभिजनले जनाएको छ। हाल त्यहाँ संयुक्त राष्ट्रसंघ मानवाधिकार उच्चायोग कार्यालयका प्रतिनिधि, बार एसोसिएसन लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरु, सञ्चारकर्मीहरु र राजनीतिक दलका नेताहरु बसिरहेका छन्।

    घटना विवरण अनुसार सञ्चार मन्त्रालयका अधिकारीहरु प्राविधिक निरीक्षणका लागि भन्दै आएका रहेछन्। एफएम व्यवस्थापनले आधिकारिक पत्रसहित आउन भन्दा पत्र हिजै पठाइसकेको दावी गर्दै पूर्वाञ्चल प्रसारणका लागि प्रयोग हुने भेडेटार लिंक कुनै पनि हालतमा काट्न आदेश लिएर आएको बताएका रहेछन्।

    व्यवस्थापनले भने आफूहरुले सरकारी अनुमति अनुसार नै प्रसारण गरिरहेको र कानुनको उल्लंघन भएको भए कानुनी रुपमा लिखित रुपमा आउनु पर्ने अडान लिइरहेका रहेछन्।

    त्यसपछि साँझ साढे पाँच बजे सुरक्षाकर्मी बोलाएर एफएमको पुल्चोकस्थित कार्यालय भवन घेर्न लगाइएको रहेछ। यो समाचार डढेलो सरह राजधानी भर फैलियो। निजी टेलिभिजन, एफएमहरुले यसबारेमा समाचार प्रसारण गर्न थाले। प‌्रचार भइसकेपछि त्यहाँ सञ्चारकर्मी र विभिन्न संघसंस्थाका पदाधिकारी र नेताहरु पुग्न थाले। त्यसपछि प्रहरी ७ बजे फर्किएको रहेछ भने सरकारी अधिकारीहरु भने साँझ करिब ८ बजेतिर फर्किएछन्।

    एफएमको प्रसारण भने यथावत छ।

    यसअघि कालो कानुनको विरोधमा पत्रकार र विभिन्न पेशाकर्मी संघसंस्थाहरुको सहभागितामा अपराह्न ३ बजे नयाँ बानेश्वरबाट जुलुस निस्किएको थियो।

    एफएमको एउटै कार्यक्रमलाई एकै समयमा अधिराज्यका विभिन्न भागमा प्रसारण गर्न नपाउने व्यवस्था अध्यादेशमा रहेको छ।
    एफएम भनेको स्थानीय हुनुपर्ने मान्यता छ। कान्तिपुरले भने काठमाडौं कै प्रसारणलाई अपलिंक गरी पूर्वाञ्चलमा समेत एकै समयमा प्रसारण गरिरहेको छ। यसो गरेको चित्त नबुझाउने धेरै छन्। यदि त्यसरी प्रसारण नै गर्ने हो भने मिडियम वेभ वा सर्टवेभमा प्रसारण हुनुपर्थ्यो भन्नेहरु पनि छन्। तर यो अवैधानिक सरकारले त्यसो गर्न रोक्न खोजेकोमा भने मलाई पटक्कै चित्त बुझेको छैन। कानुनी रुपमा नै प्रजातान्त्रिक सरकारको अनुमति लिएर नै कान्तिपुर एफएमले यस्तो प्रसारण गरिरहेको हो। यसलाई अवैधानिक सरकारले ल्याएको अध्यादेशले व्यवस्था गरेको भन्दैमा रोक्न जरुरी छैन।

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker