मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    समाचारभित्र लुकेका समाचार

    २०६२ असोज २१ शुक्रबार

    आज सरकारी समाचार एजेन्सी राससका केही समाचार देख्दा जनताले यस्तो महसूस गरे-

    समाचारः श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह पश्चिमान्चल विकास क्षेत्रको वस्तुस्थिति बुझिबक्सने सिलसिलामा बिहीबार पश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्रबाट बुटवल बसपार्क अगाडि रहेको लुम्बिनी अन्चल प्रशासन कार्यालयसम्म करिब ६ घण्टा पैदल सवारी होइबक्स्यो।

    विचारः ए…ठीकै हो नि, हाम्रा राजारानी स्लिम भएर ह्यान्डसम देखिनु राम्रै हो नि। यसले मुलुककै इज्जत बढ्ने छ।

    समाचारःश्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट जनसेवालाई नै मूलमन्त्र बनाएर कार्य गर्न जिल्ला विकास समितका सभापति र उपसभापतिहरूलाई निर्देशन बक्स भएको छ।

    विचारः आम्मामा….हन यी मनोनीत सभापति उपसभापतिहरुले यतिञ्जेलसम्म कसको सेवालाई मूलमन्त्र ठानिबसेका रहेछन् हँ ? छानबिन आयोग गठन गर्नु परेन र भन्या। बाँकी

    समाचारः पोखरा फिर्ती सवारी होइबक्सनुअघि श्री ५ महाराजाधिराजबाट पत्रकारहरूको जिज्ञासामा मौसुफलाई जनतासँग भेट्न दुःखको कुनै परवाह नभएको हुकुम भयो।

    विचारः दलहरुलाई भेट्न चाहिँ कति सार्‍हो दुःखको परवाह गरिबक्सेको ?

    समाचारः लीलबहादुर क्षेत्रीद्वारा लिखित बहुचर्चित उपन्यास ‘बसाइँ’मा आधारित भई मकालु फिल्म्स् प्रालिद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘बसाइँ’ चलचित्र जगतको विश्व प्रसिद्ध ओस्कार अवार्डका लागि नेपालबाट सहभागी हुने भएको छ ।
    विचारः ए…मालतिमंगलेकी मालती अम्रिकामा भाडा माँझ्दैछन् रे भन्ने सुनेको….हन अब बसाईँका कतिजनाले अम्रिका बसाईँ सर्ने मौका पाउने हुन् कुन्नि !

    समाचारः प्रहरी महानिरीक्षक श्यामभक्त थापाले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानमा खटिई जान लागेको आठ सदस्यीय प्रहरी टोलीलाई आज निर्देशन दिँदै प्रहरी कर्मचारीहरूले स्वदेश वा विदेश जहाँ रहेर काम गर्दा पनि आफ्नो प्रभावशाली कार्यशैली देखाउनुपर्ने बताउनुभयो ।
    विचारः स्वदेशको कार्यशैली त देखिएकै हो, विदेशमा पनि त्यस्तै गर्ने र भन्या ?

    समाचारःमन्त्रिपरिषद्का उपाध्यक्ष तथा मन्त्रीहरूले यसपटकको दसैँभत्ता नलिने हुनुभएको छ ।
    विचारः किन हो त्यस्तो, खसी काट्ने विचार छैन कि के हो ? दसैँभत्ता नलिएको भरमा कसैले तपाईँहरुलाई चोखो ठान्नेछैन। कि अर्कै ठाउँबाट दर्‍हो आम्दानी भएको छ ?

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker