नगर निर्वाचन ध्वस्त पार्न माअोवादीका शीर्ष नेता प्रचण्ड र बाबुराम भट्टराईले संयुक्त वक्तव्य निकालेकै दिन दुवैका आमाबुबा बिरामी भएर एउटै डाक्टरकहाँ उपचार गराउन गएको संयोग जुरेछ। देश हल्लाउने व्यक्तित्वका परिवार भए पनि उहाँहरुसित उपचार गर्न आर्थिक अभाव भएका कारण डाक्टरहरुले नै व्यवस्था गरिदिनु परेको समाचार छ।
फोटोमा प्रचण्डको नयाँ रुप। फोटो साभारः नेपाली टाइम्स
बिरामी भएर गएको साता टिचिङ अस्पतालमा भर्ना हुनुभएकी बाबुराम भट्टराईकी आमा बिहीबार अस्पतालबाट डिस्चार्ज हुनुभएछ भने बिहीबारै प्रचण्डका पिता स्वास्थ्य परीक्षण गराउन त्रिपुरेश्वरको ब्लु क्रस क्लिनिकमा पुग्नुभएछ।
संयोगले दुवैको मुटुको स्वास्थ्य परीक्षण डा अरुण सायमीले गर्नुभएको रहेछ। एकै दिन संयोगवश बाबुरामकी आमा र प्रचण्डका पितालाई जाँच्नु पर्दा सायमी पनि छक्क पर्नु भएछ।
बाबुरामकी आमालाई मुटु र छातीसम्बन्धी रोग लागेको रहेछ भने प्रचण्डका पिता मुटुको रोग र डिप्रेसनको शिकार हुनुभएको रहेछ। देश हल्लाउने व्यक्तित्वका परिवार भए पनि अस्पतालमा भने उहाँहरुसित कोही नआउनुभएको अस्पताल सूत्रले बताएको छ। बाबुरामकी आमासित त उहाँका वृध्द पिताबाहेक कोही नआउनुभएको बताइएको छ। उहाँहरुसित उपचार गर्न आर्थिक अभाव भएका कारण डाक्टरहरुले नै व्यवस्था गरिदिनु परेको थियो।
No related posts.









Recent Comments