मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सेनाले १२ निर्दोषलाई भुटे, १८ घाइते (भिडियोसहित)

    २०६२ मंसिर ३० बिहीबार @ 1130 am NST
    शान्ति कायम गर्न भनी ब्यारेकबाट निकालिएको सेना अनियन्त्रित भएपछि कसरी अशान्तिको मूल कारक बन्छ भनी गएराति नगरकोटमा भएको घटनाले प्रष्ट पारेको छ। यसले देश डरलाग्दो सैनिकीकरणप्रति उन्मुख भइरहेको पनि संकेत गरेको छ। नगरकोटको घटनासम्बन्धी जानकारी पाएपछि मैले भर्खरै त्यहाँ पुगेका एक पत्रकारसित मोबाइलमा सम्पर्क गरेको थिएँ। उनी अहिले लाश राखिएको भक्तपुर क्यान्सर अस्पतालमा रहेछन्। त्यहाँ अहिले स्थानीय बासिन्दासहितको ठूलो भीड लागेको रहेछ। उनले दिएको जानकारी अनुसार नगरकोटको चुनदेवी मन्दिरमा हिजोको दिन रातभर मेला लाग्ने रहेछ। हिजो त्यस्तै मेला लागिरहेको बेलामा एक सैनिकले एउटी युवतीलाई दुर्व्यवहार गर्न पुगेछन्। जाँड खाएका थिए रे ती सैनिकले। त्यसपछि स्थानीय बासिन्दाहरुले त्यसलाई पिटपाट गरेछन्।

    स्थानीय बासिन्दाको पिटाइपछि क्रुध्द र सर्वशक्तिमान भएको अहंसहित त्यो सैनिकले ब्यारेक गएर हतियार लिएर आएछन् र त्यहाँ अन्धाधुन्ध फायरिङ गरिदिएछन्। त्यही अन्धाधुन्ध फायरिङका कारण १२ जना ठहरै भएका हुन्। घटनामा अन्य १८ जना पनि घाइते भएका छन्।

    सेनाले घटनाको छानबिनपछि सार्वजनिक गर्ने बताएका छन्। मानवअधिकारवादीहरुको टोली त्यहाँ पुगिसकेको बताइएको छ।

    भिडियो हेर्न तलको प्लेयरमा क्लिक गर्नुहोला वा निम्न स्थानमा क्लिक गर्नुहोला- (1245 pm NST)
    यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्
    र्‍यापिड सेयरको लिंक


    View this clip on Vimeo

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker