मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    भिडियो ब्लगः मिनेन्द्र रिजालसँगको अन्तर्वार्ता

    २०६२ मंसिर २८ मंगलबार
    नेपालमा पहिलो भिडियो ब्लगरका रुपमा मेरो संसारले सुरु गरेको कामलाई अझै व्यापकता दिन ब्लगर नेपालसँगको सहकार्य हिजोदेखि अ‍ौपचारिक रुपमा कार्यान्वयन भएको छ। पत्रकारिताको क्रममा म सँधै डेस्कमा रहने हुनाले बाहिर मेरो त्यति सम्पर्क हुँदैन थियो। ब्लग गर्न थालेपछि मात्रै म रिपोर्टिङका लागि बाहिरतिर हिँड्न थालेको हुँ। ब्लगर नेपालका केपी भने राजनीतिलाई नै बिट बनाएर पत्रकारिता गरिरहेको मान्छे। उसले सुरु गर्ने भनेको राजनीतिक नेताहरुको अन्तर्वार्ताको भिडियो ब्लगका लागि मैले आफूसँग भएको क्यामेरा र भिडियो एडिटिङसम्बन्धी थोरै ज्ञानले सहयोग मात्र गरेको हुँ। यस क्रममा हिजो सोमबार हामी नेपाली काँग्रेस (प्रजातान्त्रिक) का प्रवक्ता मिनेन्द्र रिजालसित अन्तर्वार्ता लिन बानेश्वरको एपेक्स कलेजमा पुगेका थियौं। निर्धारित समयभन्दा केही ढिला हाम्रो अन्तर्वार्ता सुरु भयो। ३० मिनेटभन्दा अलि लामो यो भिडियो ब्लगलाई मैले दुई भागमा विभाजन गरेको छु। त्यसलाई हेर्नभित्र आउनु होला।

    पहिलो भागका लागि तलको प्ले बटनमा क्लिक गर्नुहोला। दोस्रो भागका लागि यहाँ क्लिक गर्नुहोला। अथवा यहाँ क्लिक गरेर सेभ टार्गेट एज गर्नुभए हुन्छ। भिडियोको आकार 18.4 mb रहेको छ। यी भिडियो अपलोड गर्न हिजो रातभर समय लाग्यो। दोस्रो भागको इन्ट्रो पनि पहिलो भाग कै जस्तो छ। कुरा के भयो भने मैले एउटै भागमा सबै राख्न खोजेको थिएँ। तर फाइल साइज निकै ठूलो हुने भएकोले दुई भागमा विभाजन गरेँ। त्यो इन्ट्रो हटाउँदा बाँकी भिडियोमा रहेका सब टाइटलहरु गोलमाल हुने भएकोले त्यसलाई कायमै राखेको हुँ। मिनेन्द्र रिजालजीसँग कुनै प्रश्न, प्रतिक्रिया छ भने कमेन्टमा लेख्नसक्नुहुन्छ, हामी उहाँसमक्ष पुर्‍याइदिनेछौं।

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker