राजाले उही आफ्नो चमत्कारी धारा १२७ को ब्रम्हास्त्रको प्रयोग गर्दै मन्त्रिमण्डल आज रातिको साइटमा पुनर्गठन गरेका छन्। यसपालि चाहिँ राजाले प्रधानमन्त्री पद छाड्लान कि भनेर सबैले गरेको अनुमान पुनः एक पटक फेल खाएको छ। मन्त्रिपरिषद्को अध्यक्षता राजाले नै गरेका छन्। उल्टो रक्षा र सूचना तथा सञ्चार मन्त्रालय पनि राजा आफैले राखेका छन्। अब सरकारका प्रवक्ता पनि राजा नै ! उपाध्यक्षहरुमा तुलसी गिरी र कीर्तिनिधि विष्ट पनि कायमै छन्। केही मन्त्रीलाई हटाइएको छ भने केही नयाँलाई ल्याइएको छ। पुनगर्ठित मन्त्रिमण्डलमा दलीय स्वरुप दिन खोजिएको छ। आन्दोलनरत सात दल त त्यस्तो मन्त्रिपरिषदमा नआउने भए नै, त्यसैले राप्रपा र भर्खर नयाँ पार्टी खोलेका केशरबहादुर विष्ट जस्तालाई मन्त्री बनाइएको छ। ३५ सदस्यीय मन्त्रिपरिषद्मा एक जना मन्त्री बुध्दिराज बज्राचार्य बिना विभागका मन्त्री छन्।
हटाइएका मन्त्रीहरुमा मलकाण्डमा परेका गृहमन्त्री दानबहादुर शाही, हिजो भर्खर पदको दुरुपयोग गरेको आरोप अख्तियारले लगाएका महिला, बालबालिका र समाज कल्याण मन्त्री दुर्गा श्रेष्ठ परेका छन्।
माइकमन्त्रीको रुपमा ख्याति कमाएका सञ्चारमन्त्री तथा हरेक कुरामा श्री ५ को सदिच्छाले भनी थेगो झुण्ड्याएर बोल्ने सरकारका प्रवक्ता टंक ढकाल स्थानीय विकास मन्त्रालयमा फालिएका छन्।
प्रजातान्त्रिक नेपाल नामको नयाँ पार्टी अस्ति भर्खर खोलेर अध्यक्ष भएका केशरबहादुर विष्ट, समता पार्टीका अध्यक्ष नारायण सिंह पुन पनि मन्त्री भएका छन्। अनि राप्रपाका कमल थापा गृहमन्त्री बनेका छन्। राप्रपा कै प्रवक्ता रोशन कार्की र भुवन पाठक पनि मन्त्री बनेका छन्। सूर्यबहादुर थापाको म्यानपावर ए…सरी….जनशक्ति पार्टीका बुध्दिमान तामाङ पनि मन्त्री बन्न सफल भएका छन्।
मोज र भोज गर्न पाउनेहरु
केशरबहादुर बिष्ट, कमल थापा, बुद्धिमान तामाङ र नारायणसिंह पुन (मन्त्री)
राज्यमन्त्रीमा रवीन्द्र खनाल, मणि लामा, ब्रजेशकुमार गुप्ता, डा. श्रीमती दुर्गा पोखरेल र शिरिषशम्शेर राणा नयाँ अनुहारका रूपमा नियुक्त
सहायकमन्त्रीबाट प्रमोसन भई राज्यमन्त्री बनेकाहरु डा. रूप ज्योति र श्रीमती याङ्किला शेर्पा
सहायकमन्त्रीमा हरिशङ्कर परियार, गोविन्द चौधरी, यज्ञबहादुर बुढाथोकी, तोरणबहादुर गुरुङ, सुश्री रोशन कार्की, भुवन पाठक, राजेशकाजी श्रेष्ठ, टेकनारायण राजवंशी, प्रतापराम लोहार र सोनेलाल यादव नयाँ अनुहार।
बालबाल बचेकाहरु (मेरा नम्बर कब आएगा…भन्दै होलान्)
बद्रीप्रसाद मण्डल, रमेशनाथ पाण्डे, राधाकृष्ण मैनाली, सलिम मियां अन्सारी, प्रकाश कोइराला, बुद्धिराज बज्राचार्य, टङ्क ढकाल र निरञ्जन थापा
आजै रातिदेखि दुःख मनाउ गर्नेहरु….बिचरा….च्व…च्व….च्व…..
कृष्णलाल थकाली, श्रीमती दुर्गा श्रेष्ठ, दानबहादुर शाही, खड्गबहादुर जी.सी., रामनारायण सिंह र मधुकरशम्शेर जबरा (भूपू मन्त्री)
जगत गौचन र सिनेट श्रेष्ठ (भूपू सहायक मन्त्री)
२०६१ साल माघ २०, फागुन ३ र २०६२ साल असार ३० गते गठन भएको मौजुदा मन्त्रिपरिषद्मा भएको हेरफेर, गठन विधि र कार्यविभाजन यस प्रकार छ ः
१. डा. तुलसी गिरी उपाध्यक्ष जलस्रोत
२. कीर्तिनिधि बिष्ट उपाध्यक्ष
३. बद्रीप्रसाद मण्डल मन्त्री सामान्य प्रशासन
४. केशरबहादुर बिष्ट मन्त्री कृषि तथा सहकारी
५. रमेशनाथ पाण्डे मन्त्री परराष्ट्र
६. राधाकृष्ण मैनाली मन्त्री शिक्षा तथा खेलकुद
७. कमल थापा मन्त्री गृह
८. बुद्धिमान तामाङ मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
९. सलिम मिया अन्सारी मन्त्री वन तथा भूसंरक्षण
१०. प्रकाश कोइराला मन्त्री वातावरण तथा विज्ञान-प्रविधि
११. नारायणसिंह पुन मन्त्री भूमिसुधार तथा व्यवस्था
१२. बुद्धिराज वज्राचार्य मन्त्री विनाविभागीय
१३. टङ्क ढकाल मन्त्री स्थानीय विकास
१४. निरञ्जन थापा मन्त्री कानुन, न्याय तथा संसदीय व्यवस्था
राज्यमन्त्री
१५. रवीन्द्र खनाल राज्यमन्त्री श्रम तथा यातायात व्यवस्था
१६. डा. रूप ज्योति राज्यमन्त्री अर्थ
१७. श्रीमती याङ्किला शेर्पा राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक
उड्डयन
१८. मणि लामा राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
१९. ब्रजेशकुमार गुप्ता राज्यमन्त्री भौतिक योजना तथा निर्माण
२०. डा. श्रीमती दुर्गा पोखरेल राज्यमन्त्री महिला, बालबालिका तथा
समाजकल्याण
२१. शिरिषशमशेर राणा राज्यमन्त्री सूचना तथा सञ्चार
सहायकमन्त्री
२२. हरिशङ्कर परियार सहायकमन्त्री वन तथा भूसंरक्षण
२३. विनोदकुमार शाह सहायकमन्त्री जलस्रोत
२४. छक्कबहादुर लामा सहायकमन्त्री भौतिक योजना तथा निर्माण
२५. गोल्चे सार्की सहायकमन्त्री महिला, बालबालिका तथा
समाजकल्याण
२६. नीक्षशमशेर राणा सहायकमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
२७. गोविन्द चौधरी सहायकमन्त्री कृषि तथा सहकारी
२८. यज्ञबहादुर बुढाथोकी सहायकमन्त्री भूमिसुधार तथा व्यवस्था
२९. तोरणबहादुर गुरुङ सहायकमन्त्री सामान्य प्रशासन
३०. सुश्री रोशन कार्की सहायकमन्त्री स्थानीय विकास
३१. भुवन पाठक सहायकमन्त्री शिक्षा तथा खेलकुद
३२. राजेशकाजी श्रेष्ठ सहायकमन्त्री उद्योग, वाणिज्य तथा आपर्ूर्ति
३३. टेकनारायण राजवंशी सहायकमन्त्री श्रम तथा यातायात व्यवस्था
३४. प्रतापराम लोहार सहायकमन्त्री वातावरण तथा विज्ञान-प्रविधि
३५. सोनेलाल यादव सहायकमन्त्री गृह ।
No related posts.









Recent Comments