पदको दुरुपयोग गरेको आरोप
२०६२ मंसिर २१ मंगलबार
माघ १९ को कदम चाल्नुको अौचित्य पुष्ट्याईँ गर्न भनिएको थियो- राजनीतिक दलहरुले सत्ताका लागि हानाथाप गरे, सत्तामा पुगेपछि जनताको हैन, आफ्नै भलाई मात्र हेरे। यसो हो भने त आफै प्रधानमन्त्री भएको राजाको मन्त्रिमण्डल त सार्है स्वच्छ हुनुपर्ने हो नि, हैन ? तर हामीले देखिहाल्यौँ- उपाध्यक्ष तुलसी गिरीको कालो सूचि काण्ड। नेपाली मिडियाले तुलसी गिरीको ऋण तिर्ने भारतीय नागरिक को रहेछ भनेरसम्म पत्ता लगाउन सकेन। त्यसपछि गृहमन्त्री, अर्थमन्त्री र स्थानीय विकास मन्त्री मलकाण्डमा फँसे। उनीहरुलाई पनि कुनै कारबाही भएन। अब यो मन्त्रिमण्डलका तुलनात्मक रुपले स्वच्छ मानिएकी महिला, बालबालिका तथा समाज कल्याण मन्त्री दुर्गा श्रेष्ठ पनि कति स्वच्छ रहिछिन् भन्ने आज अख्तियारले देखाइदिइहाल्यो। अख्तियारले मन्त्री श्रेष्ठलाई पदको दुरुपयोग गरेको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ।
मन्त्रीले दुई ठाउँबाट चार वटा गाडी र पेट्रोल सुविधा अवैध रुपमा लिएको, गाडीको प्रयोग आफ्ना श्रीमानको व्यक्तिगत काममा प्रयोग गराएर भत्ता भने मन्त्रालयबाट लिएको, मन्त्रालयमा आफ्ना नातेदारको नियुक्ति गरेको अनि जरुरी नभई बैठक बोलाएर भत्ता खाएको/खुवाएको जस्ता गम्भीर आरोप आफ्नो छानबिनबाट प्रमाणित भएको भन्दै त्यस्तो नगर्न र अवैध रुपमा हासिल गरेको सम्पत्ति फिर्ता गर्न भनेको छ। नगरेमा कारबाही गर्ने चेतावनी पनि अख्तियारले दिएको छ। आफ्नो सौता शाही आयोग निष्क्रिय बनेको बेला अख्तियारले अकस्मात् यस्तो कदम चालेको हो।
उता, सर्वोच्चमा शाही आयोगको वैधताको बारेमा भइरहेको सुनुवाईमा सरकारी पक्षले शाही आयोग अवैध भए प्रधानन्यायाधीशको नियुक्ति पनि अवैध हुने तर्क गरेका छन्।
त्यसो त मन्त्रीले यी आरोपहरु अस्वीकार गरेका छन् रे। तर, यो समाचार सुनेपछि मलाई लाग्यो- हैन यी मन्त्रीहरुलाई राजासित पनि डर छैन कि के हो ? राजाकै प्रधानमन्त्रित्वमा मन्त्री बनेर पनि यस्तो आँट !
No related posts.









Recent Comments