२०६२ पुस २२ शुक्रबार
नेपालीको चाहना, शान्तिको स्थापना भन्ने नारा अब नारामा नै सीमित हुने देखिएको छ। युध्दविराम भंग भएपछि जस्तो डर थियो, त्यस्तै हुँदैछ। अब दिनदिनै भिडन्त, हत्याका खबर सुन्ने दिन आएको छ। हिजो नेपालगञ्जमा भएको भिडन्तमा तीन सुरक्षाकर्मीको मृत्युको खबर आएको थियो। आज भने रुपन्देहीमा दुई सुरक्षाकर्मीको मृत्यु, रौतहतको भिडन्तमा एक माअोवादीको मृत्यु र धनुषामा माअोवादीले एक पूर्व प्रहरीको हत्या गरेको खबर आएको छ।

फोटोमा रौतहतको चन्द्रनिगाहपुर चोकमा दोहोरो भिडन्त हुँदा मारिएका माओवादी। फोटो साभारः इन्सेक
भैरहवा भन्सार कार्यालय नजिकै रहेको चेकपोस्टमा माअोवादीहरुले साँझ साढे पाँच बजे अकस्मात् अन्धाधुन्ध फायरिङ गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भयो भने अन्य दुई घाइते भए।
उता, चन्द्रनिगाहपुरबाट नियमित गस्तीमा निस्किएको सुरक्षा टोलीमाथि महेन्द्र राजमार्ग अर्न्तर्गत चन्द्रनिगाहपुर चोकमा बिहान आठ बजे माओवादीले आक्रमण गरेपछि भएको दोहोरो भिडन्तमा एक माअोवादी घटनास्थलमा नै मारिए। मृत माओवादीको सनाखत हुन सकेको छैन । उनको साथबाट पड्काउन बाँकी रहेको गोली २४ राउण्ड समेत बरामद भएको सुरक्षास्रोतले जनाएको छ । उक्त गोली एके ४७ को हुन सक्ने आशंका सुरक्षा अधिकारीहरूले गरेका छन् रे।
त्यस्तै माअोवादीहरुले धनुषा जिल्लाको तारापटीमा पूर्व प्रहरी शम्भु झाको हत्या गरेका छन्। बिहीबार अपहरण गरिएका उनको शव आज बिहान भेटिएको थियो।
No related posts.









Recent Comments