मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बन्दूक बोक्ने सैनिकलाई ढुंगा हान्ने तालिम

    माघ २६ गते हुन लागेको नगर निर्वाचनमा हुनसक्ने हुलदंगा र आक्रमणलाई ध्यानमा राखेर सरकारले सेनालाई विशेष तालिम दिन सुरु गरेको छ। यस्तो तालीममा ढुंगा हानाहानका घटना भएमा आफूहरु बचेर आक्रमणकारीलाई नियन्त्रणमा लिने तालिम पनि परेको छ। भक्तपुरमा सार्वजनिक बाटोमा यातायात समेत रोकी बिहीबार सेना-सेना बीच ढुंगा हानाहान गर्ने तालिम भएको रहेछ। बन्दूक बोक्ने सैनिकलाई ढुंगा हान्ने तालिमका बारेमा प्रकाशित समाचार यस्तो छ-

    आजभोलि भक्तपुरको च्यामसिंह शहीद पथमा बन्दूकधारी सेना र सिभिल ड्रेसका सैनिकहरुलाई यस्तो तालिम दिने गरिएको छ। उनीहरुलाई ढुंगा हानाहान भई हुने भिडन्तमा आफू बचेर आक्रमणकारीहरुलाई कसरी नियन्त्रणमा लिने भनी तालिम दिइँदैछ।

    बुधबारदेखि सुरु भएको यस्तो तालिम बिहीबार पनि बिहानैदेखि त्यस क्षेत्रका यातायातसमेत रोकी सडकबीचमै भइरहेको छ। सडकमा एकापट्टी ढुंगा प्रहारलाई छेक्ने बारसहितका सैनिक र अर्कोतर्फ ढुंगा हान्ने सैनिक यताउता दौडी आफू-आफूमा ढुंगा हानाहान गरिरहेका थिए। सेना-सेनाबीच ढुंगा हानाहानको तालिम देखेर स्थानीय व्यक्तिहरु भने अचम्ममा परेका थिए।

    सेनाको दोहोरो हानाहान र ढुंगे तालिमका कारण बाटो बन्द भएकोले ख्वप इञ्जिनियरिङ कलेजको बाटो भई सवारी साधन अ‍ोहोरदोहोर गर्नु परिरहेको छ। सेनाबीचको यस्तो ढुंगा हानाहानको तमाशा हेर्ने मानिसहरुको भीडका कारण त्यहाँ एक किसिमको मेला झैँ लागेको छ।

    सेनाको यस्तो तालिमका कारण प्रवुध्द मानिसहरु भने गम्भीर भएका छन्। यस पटकको चुनाव सेनालाई जिम्मा दिइने चर्चा चलिरहेको बेला सैनिकहरुलाई यस्तो किसिमको तालिम दिइरहेकोले चुनाव सुरक्षाका नाममा सेना मैदानमा आउने निश्चित भएको उनीहरुले बताएका छन्। सेनालाई गोली हानाहानको तालिम दिनुपर्ने ठाउँमा ढुंगा हानाहानको तालिम दिइरहेकोले कतै जनपद र सशस्त्र सेनाको भेषमा सेनालाई पठाउने तयारी त भइरहेको छैन भनी आशंका पनि यसले उब्जाएको छ। समाचार स्रोतः सन्ध्या टाइम्स

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker