मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    फेरि प्रहरीको 'मिस फायर'- एक निर्दोष मारिए

    २०६२ चैत २, बुधबार
    आजभोलि प्रहरीको मिस फायर बढ्दो छ। खै किन हो, कहिले मान्छेको ज्यानै जाने गरी अनि कहिले जसोतसो ज्यान बच्ने गरी मिस फायर हुने गरिरहेको ? मैले त केही बुझ्न सकेको छैन बा ! कतै प्रहरीको साथमा रहेको हतियारले हतियारधारीको आदेश मान्न छाडेर विद्रोह गरी आफै फुत्त निस्कन थालेको त हैन ?

    आज पनि त्यस्तै भएछ। बिचरा नेपालगञ्जको लक्ष्मी हलबाहिर कौसीमा बसी झगडा हेरिरहेका सहदेव शर्मा ठहरै भएछन्। प्रहरीले चलाएको भनिएको अन्धाधुन्ध गोलीबाट अर्का एक जना हिरासिंह बुढामगर घाइते भएछन्।

    मारिने शर्मा जेसी बाल संसारका प्रिन्सिपल भएको स्वतन्त्र समाचार सेवाले जनाएको छ। हलको कौसीमा बसेर घुमुवा प्रहरीबीच भएको झगडा हेरिरहेका शर्मामाथि प्रहरीले चलाएको गोली साढे ४ बजे लागेको थियो। उनलाई अस्पतालतर्फ लग्दालग्दै बाटैमा मृत्यु भएको रहेछ।

    स्वतन्त्र समाचार सेवाले एसपी शिव लामिछानेलाई उद्‍धृत गर्दै नयाँ प्रहरीले मिस फायर गर्दा निहत्थाको मृत्यु भएको जनाएको छ।

    प्रहरीको मिस फायरमा मान्छेको ज्यानै गएको यो पहिलो घटना हैन। अस्ति कै कुरा त हो, पुनरावदेन अदालत तुलसीपुरले माअ‍ोवादीको आरोपमा बन्दी बनाइएका १२ वर्षका एक किशोर कमलबहादुर रावललाई रिहा गर्ने आदेश दिँदा प्रहरीको मिस फायर भएको ! धन्न त्यतिबेला गोलीले रावलको टाउकोमा रहेको टोपीलाई मात्र छेड्यो। सशस्त्र प्रहरीले यो घटनालाई प्राविधिक त्रुटी भनेर भनेको थियो।

    अनि दाङकै तुलसीपुरमा निर्वाचनको दिन अर्को मिस फायर भएर उमेशचन्द्र थापा मारिएका थिए।

    विराटनगरमा पनि एक काँग्रेस कार्यकर्तामाथि मोटरसाइकलमा सवार छँदा गस्तीमा रहेको प्रहरीले ‘मिस फायर’ गरेको थियो।

    आजभोलि नेपालको जुनसुकै मुख्य शहरमा जाँदा प्रहरी, सशस्त्र प्रहरी र सेना हतियार तन्काएर एटेन्सन भएर बसेका देखिन्छन्। उनीहरुको हतियारबाट पनि कुन दिन मिस फायर हुने हो- हेर्दै डर लाग्छ बा मलाई त।

    Related posts:

    1. होलीको शुभकामना !
    2. हडतालमा भाग नलिनू भन्ने सूचना बजाउन एफएमलाई आदेश
    3. आन्दोलन गर्न सात दलको अपील
    4. बिस्तारै सुरु हुँदैछ दमन

    7 comments to फेरि प्रहरीको 'मिस फायर'- एक निर्दोष मारिए

    • Gp subedi

      हाम्रो देशाँ प्रजातन्त्र छ नी त।माईला दाई ले दिलाएका।बन्दुकलाई
      उसैको मर्जि हो ,जतीखेर मन लाग्छ तेती खेरै चल्छ।ति पाजी
      सिपाही ले भनेको टेर्छ र?जँगल मा जनावर मत्रै देखेका बन्दुकले
      गाउँ पस्दा मानिस देख्छन् अनि झ्वाम्मै झम्टन्छन्। के गर्ने खै
      बन्दुक ले साह्रै माया गर्छ जनता लाई

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Madhumakhhi

      darbar hatya kanda pani ta afai chaleko banduk le bhayeko re ni ta. hamra raja gaddi ma birajman bhaye pchhi TV ma testai bhanya thiye… truth speaks itself

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manushya

      लौन माउबादि दाजुभाइ,

      यो नाकाबन्दि र हडताल बन्द गरौ । बरु बन्दुक पडकाउनुस्न अलि अलि, फेरि सारै धेरै त होइन है । येसरि तड्पायेर नमार्नुस्न , अब त अति भो । ए उमेश जि, येसो कुरो उठाउनुस्न कता कता उठाउदा हुन्छ उठायेर यो बन्द र नाकाबन्दि सधाको लागि बिदा गरौ । यो त अब अति भो । यो आन्दोलन, यो हतियार कस्को लागि उठेको नै सङ्का लाग्न थालिसक्यो अब त । जनताले सास्ति पाउने बन्द र नाकाबन्दि कस्को लागि हो? राजा र सताधारि हरु त सधै हेलिकोप्टोरमा उडछन, आखिर यो कस्को लागि??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bharatendu

      Hey!
      Nirdosh Nepali mareko khabar sunda sarhai dukh lagyo.
      Maobadi ko capital city, zonal and district headquarters nakabandi le dui karod pachas lakh nepali lai pareko dukha ko barema kehi news lekhnu bhayena, Nepali ko maya hajurlai lagdaina ra?
      Thank you.
      Bharatendu
      Biratnagar.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • police/army lai bidhi ko sasan hoin boli ko sasan lageko 6. amuk-amuk kalo padarth ko karobar garne le habala didai arko katto ko lovale kursi ma tasiyeko bhattata…kanresi ko vasan anusar ta 4-5 year pahile dekhi swachalit banduk le manche chhani chhani kanpara ma takn thaleko 6. tehi kalo padarth ko ammli ka bau-chhora ko sasan chaleko bela police/army ko goli pani phutta-phutta sadharan manis ka kanpara takn thaleko kura anouto kaha ho r ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepali

      साचि यो बन्दुक कस्तो जिनिश हो यो, हाम्रो माओबादि दाजुभाइको, पुलिश आर्मिको, जसको हेर्नुसन जहिले पनि सोझा जनतालाइ नै ताकेर पड्किन्छ । के हो बन्दुकको आखाले जनतानै देख्ने । तेसैले त यो बन्दुक नबिसाइ हुन्न, चाहे राज्यको होस या माओबादिको, बिसाउनैपर्छ चाहे आजै होस या भोलि, किन ढिला गर्ने मैले त बुझ्नै सकेको छैन । हाम्रा तल्ला घरे माइला दाइलाइ पनि म यहि भन्छु र पल्लाघरे माउबादि लाइ पनि येहि भन्छु । यो दरबारमार्ग र प्रचन्डपथ दुबै हाम्रा सत्रु हुन । के गर्ने हाम्रा नेता भनाउदाहरु ठिक नभयेपछि के गर्ने । लौन गगन थापा जि, केहि गरौ न । हाम्रो आशा पनि भरोशा पनि तपाइ । तपाइ जस्तै नेताहरुको खाचो छ देशलाइ, न कि गिरिजा (कुर्सिको भोको, छोरि नै अघि आउनु पर्ने) देउबा (कुर्सि भनेपछि * टिपेर खा भन्दा पनि पछि नपर्ने)माकुने (छेपारोको कुरा नगरौ अहिले) ग्यानेन्द्र (खै के के को मात्र भोको भनौ) न प्रचन्डको(मार्छ येसलेत येसको बारेमा कुरै नगरौ)।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash

      हथियारले नै विद्रोह गरेको झै लाग्‍यो मलाइ त!!!!!!!!१

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker