मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    फेरि सञ्चार सेवा अवरुध्द गर्ने तयारी

    phone
    सात दलले चैत २४ गतेदेखि २७ गतेसम्म गर्न लागेको आन्दोलनलाई ध्यानमा राखी यस पटक एक हप्ता अगाडिदेखि नै सञ्चार सम्पर्क अवरुध्द गर्ने तयारी गरिरहेको समाचार स्वतन्त्र समाचार सेवाले दिएको छ। त्यसो त यो सरकारले त्यस्तो गर्नसक्छ भन्ने अनुमान सबैको छ। त्यसैले मलाई ५० रुपैयाँ मात्र बाँकी रहेको मेरो प्रिपेड मोबाइल पनि रिचार्ज गर्न मन लागेको छैन। अब कति दिन नै छ र चलाउनु। अब फेरि कति महिनापछि बल्ल खुल्ने होला। सरकारले सबैभन्दा बढी रिस यही प्रिपेडलाई पोख्ने त हो नि। टेलिफोन चाहिँ कति दिन बन्द हुने हो कुन्नि। स्वतन्त्र समाचार सेवाको समाचार पढ्न भित्र आउनुस्।

    खिला कार्की/स्वससे
    काठमाण्डौ/सात राजनैतिक दलद्धारा घोषित चार दिने आम हड्ताल विफल गराउन सरकारले एकहप्ता अगाडि नै सात दलका नेता तथा कार्यकर्ता गिरफ्तार गर्ने तयारी गरेको छ । चैत्र २६ गते देखिको जनआन्दोलन विफल बनाउन मुलुकभरका संचार संर्म्पर्क विच्छेद गर्ने तयारी गरीएको समेत खुलासा भएको छ ।

    यसको लागि सरकारले बुधवार चारवटै सुरक्षा निकायका प्रमुख र काठमाडौका प्रमुख जिल्ला अधिकारीसँगको छलफल गरेको छ । छलफलपछि गृहमन्त्रालयले सो रणनीति लिएकोे स्रोतले स्वतन्त्र समाचार सेवालाई बतायो । बुधबारको छलफलमा कांग्रेस सभापति गिरिजाप्रसाद कोईरालालाई घरमै स्थानहद तोक्ने या नजरवन्दमा राख्ने भन्ने विषयमा समेत छलफल भएको स्रोतको दावि छ । तर बुधबारको बैठकमा सो विषयमा क्नै टुङ्गो लाग्न सकेको थिएन ।

    स्रोतका अनुसार चैत्र १७ गते बेलुकावाट सम्पूर्ण संचार सेवा अवरुद्व गरी १८ र १९ गतेबाट देशब्यापि नेता कार्यकर्ताको गिरफतारी शुरु गरिनेछ । यसका लागि सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले निर्देशन पठाइसकेको स्रोतको दावी छ ।

    प्रमुख जिल्ला अधिकारीलाई पठाएको निर्देशनसहितको गृह मन्त्रालयको पत्रमा ‘चैत्र २६ गतेबाट भनिएको सात दलको प्रदर्शनलाई मध्यनजर राख्दै एक हप्ता अगाडीबाट संचार संर्म्पर्क अवरुद्व बनाई सात दलका सक्रिय नेता कार्यकर्ता जो-ध्वंश विध्वंशलाई बढुवा दिँदै त्यसैतर्फ उत्प्रेरित गर्छन उनीहरुलाई प्रमुख जिल्ला अधिकारीले सुरक्षाकर्मीको सहयोगमा स्थानहद गर्ने र नजरबन्द गर्ने निर्देशन जारी गरिएको’ उल्लेख छ ।

    गृहले जिल्ला प्रशासन कार्यालयलाई पक्राउ गर्नुपर्ने नेताहरुको नामावली उपलब्ध गराइसकेको छ ।

    यस पटक राष्ट्रिय प्रजातन्त्र पाटी समेत सरकारी निगरानीमा पर्ने स्रोतले बतायो । सरकारले पहिलोपटक राप्रपा संस्थापन पक्षका अधिकांश नेताहरुलाइ निगरानीमा राख्न गृहले आदेश दिएको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।

    उपत्यकामा नेता कार्यकर्ता पक्राउ गर्न जिम्मा शसस्त्र प्रहरी बललाई दिएको छ । संचार सम्पर्क विच्छेद गर्ने पूर्व अभ्यासस्वरुप शुक्रबार बिहान केही समय टेलिफोनहरु विच्छेद गरिएको थियो ।

    Related posts:

    1. होला त 'अप्रिल क्रान्ति' यसपालि ?
    2. होलीको शुभकामना !
    3. आन्दोलन या सम्झौता
    4. आन्दोलन गर्न सात दलको अपील
    5. हडतालमा भाग नलिनू भन्ने सूचना बजाउन एफएमलाई आदेश

    9 comments to फेरि सञ्चार सेवा अवरुध्द गर्ने तयारी

    • sarkar ko kam yastai ta ho ni

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • rbj

      hoo yooo kura kahee nouloo hainna taar hamee laeee ee chor haru laee yesto garna dee rakhnay ta it is time that we all go againts this and throw this goverment.If we don’t act againts this them quickly and effectively,time will come that they will mke us stop eat too.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • daswon

      launa hatiyar vayaka daju vai haru yo gayne ra kamal thapa lai eutai khalto khannu paryo!!!nepali ko chahana gayne ra thapa jimdai khalto ma puri dine kamana!!
      tx

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हाल नेपालमा हत्यारो साही सरकारले अरु के ग्ररन जनेको छ र? उसको सही जमाथहरुबाट देसमा लुट सोजा नेपालीलाइ गोलीहन्ने । जनताको रगतमा होली खेलने जनतलाइ बीहाना बेलुका हात मुख जुडन गाह्रो छ । साही सरकारका मन्त्री र साही परीवारको भने देसको दुकुटी सकनमा मसत छन । यो यौटा अती दुखको कुरा हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Press

      ***** Kamal Thapa…this Mandale is the worst human-dusgised animal opportunist I have ever seen…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raju

      Yo kura ta hamro sarkar ko nalayeki pan ho.. mulaharu garna kehi sakdainan.. ani sarwa sadharan janta haru lai dukhha ta dinchan ni.. tyo kamal thapa bhanne jantu lai tudikhel ma jhundyaunai parcha.. kunai din nepal ma purna prajatantra ta awasya pani aaucha.. tespachi baneko sarkar le kamal thapa lai mirtudanda dinu parcha kinabhane purna prajatantra aaunu bhaneko gyane ra parase haru desh chodera bhagnu ho.. tyo bela ma darwar ka yesta pitthu haru sabai bhagne kosis garchan . tara janta le tiniharu lai bhagna dinu hudaina..jhundyaunai parcha… natra hami jasta sabai deshpremi ko chitta dukhcha.. 46 sal mai prajatantra aaye pachi krishna prasad bhattarai ko sarkar le kehi manche jastai kamal thapa.. niranjan thapa jasta sosak lai jhundyaunu parthyo.. tara prajatantra badi haru sarai komal hunchan.. tesaile yo prajatantra uni haru ko pani ho bhanera chodidiye… tesaile iniharu jhan sadha bhayera chal khel garera aja yo habigat aayeko ho.. aba chai sabai le yo kuro bujhnu parcha ra tiniharu lai sakhap parnu parcha.. mero yehi sallaha cha desh ka neta haru lai..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BAN

      YO KUNAI NAYA SUBJEST MATTER VAYA PO ACHAMMA LAGTHYO,
      AHILE TA KASAILAI KEHI KURA MAN PARENA,KASAILE BIRODH GARNA KHOJYO VANE SANCHAR MADHYAM LAI NAI TARO BANATAYA SABAI BANDA GARCHHAN…..SARKAR LE CONNECTION CHHUTAYARA ANI JANGALI MAMA HARU LE BOMB PADKAYARA,SANCHAR MADHYAM KO TA BIJOG NAI BANAYANI BABA. SABAI JANA MILERA SANCHAR MADHYAM KO SATTA, NARAYANHITI LAI TARO BANAYATA, DES MA KEHI KRANTI AAUTHYO KI………..HOINA RA VANYA….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gp subedi

      k lekhnu yaar choor haru ko kahani……………………..bhai go

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gp subedi

      k lekhnu yaar choor haru ko kahani……………………..bhai go

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker