मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कलंकीमा झडप (Live from Spot)

    २०६२ चैत २६ शनिबार
    केबल नेटको तार अघि साँझको आगलागीले जलिसकेपछि पनि तपाईँहरुलाई कलं‍कीको लाइभ भिडियो देखाउने रहरले गर्दा सार्‍है दुःख पाएँ। २ एमबीको फाइल अपलोड गर्न झण्डै एक घण्टा लाग्यो। अब फोनको बिल आउँदा तर्सनु पर्ने स्थिति आउँछ। एक पटक आधा अपलोड भइसकेको फाइल बीचैमा कनेक्सन टुटेर फेरि सुरुदेखि थाल्नुपर्‍यो। यो भिडियोमा मैले हाइलाइट मात्रै राखेको छु। भोलि साइबर खुल्यो भने साइबरबाटै भए पनि पूरा भिडियो अपलोड गर्नुपर्ला। यो भिडियो मैले कलंकीमा खिचेको हुँ। यसमा प्रहरी-प्रदर्शनकारीको झडप, प्रदर्शनकारीले प्रहरीको प्रतिकारका लागि गरेको तयारी, नाराबाजी, आगजनी आदि देख्न सकिन्छ। भिडियो हेर्न भित्र आउनुहोला।

    भिडियो तलको प्लेयरमा क्लिक गरी हेर्न सकिन्छ-

    यस्तो भिडियो ब्लग तयार पार्न लाग्ने खर्चको भार कम गर्न सहयोग गर्न आग्रह छ।

    Related posts:

    1. आन्दोलन गर्न सात दलको अपील
    2. हडतालमा भाग नलिनू भन्ने सूचना बजाउन एफएमलाई आदेश
    3. बिस्तारै सुरु हुँदैछ दमन
    4. पाटनमा गोली चल्यो, विद्यार्थी नेता घाइते

    10 comments to कलंकीमा झडप (Live from Spot)

    • jantajanardan

      umesh ji,
      thanks for your support but now we are seeing that you are always trying to put audio blogs, don;t you know that we from nepal ,in different places are not able to listen it as the constraint of the bandwidth.If you are trying to run your site just for the foriengen nepali then it is ok.But i request you to try to give in both way video, audio as well as in text.we are hoping text based only as we are in outskirt of nepal.

      thanks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deshbhakta sangh,salem,west virginia,usa

      k ho asim ajay arun …m*** j**** haru desh yesto parsthiti ma gujriraheko cha..m*** ra*** haru…wayaat kura garna kholeko website ho yo..BEBKOOF SALA…yo warning haina suggestion ho…haat ko maya chaina….take ur time…desh ko bare sochne…aandolan ma saath dine…

      JAY NEPAL

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nepalese from salem,west virginia,usa

      Nepal ma naya revolution chahiyeko cha ra jun aandolan ahilay bhairaheko cha…hamilai biswas cha yeslay desma naya aayam lyaunecha..raa yes aandolan ma hami purna samarthan gardachau…..yeslai nirantarta dinu parcha..durbariya tatwa lai jarai dekhi ukhalera nirmul parnu pareko cha..

      JAY NEPAL

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • harka man tamrakar

      good job umesh ji
      keep going!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya Shrestha

      साथी अरुण जी
      के हो?? कस्तो चान्सको कुरा गर्नु भाको हो कुन्नी? अब मैले बुझेको चान्सको कुरा गर्नु भाको हो भने त्यस्तो चान्स त नाना पाटेकर्, अस्ट्रेलियन राजदूत लगायत थुप्रै बलीवूडका कलाकारले लि सकेहोलन।
      हेर्नु न मनिषाको छोटिसि लवस्टोरि क्या हट सीन दिएकिछिन् त्यो त एउटा उदाहरण मात्रै हो ।
      अरुणजी अब त्यस्तै चान्स हो भने म पनि लि हाल्थे नि अनि तपाई पनि लिनु हुन्त्यो होला नि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Arun

      के हो साथि मनिशा कन्या छैनन भन्न भएन नि। कि साथि ले पनि चानस लिएको हो। मनिशा नाग्गिए को मा के रिस।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya Shrestha

      प्रिय मित्र असिमजी
      तपाईंको कमेन्ट म मेरो ध्यान आकर्षित भएको छ । अरु त राम्रै लाग्यो तर मनिषाको अगाडी सुॠचाँही अलि सुहाएन ।
      हुन त उस्को बिहे नभेको भनेर त्यो लेख्नु भाको होला र पनि अब Boolywood मा कुनै फिल्म नपाएर नगर निर्वाचन मा गरेको प्रचार को उपहार हो यो । अब बलीवूड मा जति नाङियेपनि केहि नलाग्ने भये पछि नेपाल फर्कियेकि छिन् त्यसैले मेरो मनमा एउटा आइडिया आयेको छ । पारस लाई हीरो र मनिषा लाई एउटा फिल्म बनाउन कस्तो होला? कलिवूड ले केहि राहत पाउथियो की????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चैत्र २६, २०६२

      सम्पूर्ण नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरू !

      २०४६ सालमा आजकै दिन चैत्र २६ गते नेपाली जनताको लामो र वलिदान पूर्ण संर्घष्ाले निर्दलीय निरंकुश पञ्चायतीतन्त्रलाई समाप्त गरेर देशमा प्रजातन्त्रको स्थापना गरेको हो । तर अहिले ती सबै अधिकारहरु खोसेर राजाले अत्यन्त जनविरोधी एवं घोर निरंकुश शासन कायम गरी देशलाई भयावह अवस्थामा पुर्‍याएका छन् । आज हिंसा, प्रतिहिंसाबाट जसको रगत बगे पनि नेपालीको रगत बगिरहेको छ । र्सवसाधारण जनता, दलका कार्यकर्ता, माओवादी, सेना, प्रहरी, कर्मचारी जसको रगत बगे पनि नेपाली जनताका छोराछोरीको रगत बगिरहेको छ । यो भयावह अवस्थाबाट देशलाई जोगाउन सबैले अत्यन्त गम्भीर एवं संवेदनशील भएर लाग्नु पर्ने अवस्था आएको छ । यसैले शान्ति र प्रजातन्त्र वहाली गर्ने पवित्र लक्ष्यका साथ संचालित यो जनआन्दोलनमा सबै नेपालीले समाहित हुन आवश्यक छ ।

      हाम्रा खोसिएका तमाम अधिकारहरुलाई फिर्ता गरेर देशलाई जन चाहना अनुरुपको पूर्ण लोकतान्त्रिक पद्धतिमा पुर्‍याई छाड्ने दृढ संकल्पका साथ आज सम्पूर्ण मुलुक फेरि आन्दोलित भएर उठेको छ । जनताको यो शान्ति पूर्ण आन्दोलनलाई निर्ममताका साथ दवाउन निरंकुश सरकारले अत्यन्त बर्बर र जघन्य दमन गरिरहेको छ । असंख्य आन्दोलनकारीहरु घाइते भएका छन्, कतिलाई गोली लागेको छ । तर यस्ता क्रूर दमनले जनताको अधिकार प्राप्तिको संर्घष्ालाई किमार्थ रोक्न सक्दैन । निरंकुशतन्त्रलाई समाप्त पाछौ, पाछौ भन्ने दृढ साहस र ठूलो अठोटमा तमाम जनता उठी सकेका छन् । अहिले देशको सम्प पूर्ण भागमा व्यापक तवरले जनआन्दोलन भैरहेको छ । यो उत्कर्षा पुगिरहेको आन्दोलन कुनै पार्टर्ीीवशेष वा समूह विशेषको मात्र होइन, सम्पूर्ण नेपाली जनताको हक र हित सर्म्वर्द्धनको आन्दोलन हो । नेपाली जनताले यस्तै निरिह रैतीको रुपमा रहने कि अब सम्मानीत नागरिक भएर रहने भन्ने कुराको छिनोफानो गर्ने आन्दोलन हो । त्यसैले म यो आन्दोलनलाई आफ्नो लक्ष्यमा पुर्‍याएर मात्र विश्राम लिन फेरि पनि देशका सम्पूर्ण दाजु-भाइ तथा दिदी-बहिनीहरुमा हार्दिक अपील गर्दछु ।

      राजाले यो देशमा जनता पनि छन् र जनताको चाहना र भावनाको सम्मान गर्नु पर्छ भन्ने कुरालाई विर्सर् म नै राज्य हूँ भन्ने सोचाई राखी नितान्त जनविरोधी अधिनायकवादी शासन कायम गरेपछि देशले सबै तहमा संकट, व्रि्रह र विनाशलाई मात्र बेहोरिन परेको छ । हाम्रो हरेक विहान हाम्रा निर्दोष र निहत्था दाजु-भाइ, दिदी-बहिनीहरुको विभत्स हत्याका समाचारबाट प्रारम्भ हुन्छ र त्यस्तै हृदयविदारक समाचार दिएर रात पर्छ । देशको विकास र निर्माणका कार्यहरु सम्पूर्ण रुपले बन्द छन्, उद्योगधन्दा ठप्प छन्, वेरोजगारी प्रत्येक दिन कहालीलाग्दो रुपले बढिरहेको छ । अब केही महिनापछि कर्मचारीहरुलाई तलब दिन पनि नसक्ने एक अति दयनीय अवस्थामा देश पुगिरहेको छ । एक जना राजा र उनको परिवारको हठतथा निहित स्वार्थले सम्पूर्ण देश भष्मीभूत भएको एवं सम्पूर्ण जनताको भविष्य अन्धकार भएको हेरेर आज कोही पनि चुप रहन सक्दैन । यही देशप्रतिको आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सजग र संवेदनशील भएर देश बचाउने यो आन्दोलनमा राजधानी उपत्यका लगायत देशभरिका सम्पूर्ण भागका चेतनशील जनता आन्दोलनमा संलग्न भइसक्नु भएको छ । कर्मचारीहरु आइसक्नु भएको छ । डाक्टर, इन्जिनियर, कानून व्यवसायी, पत्रकार, शिक्षक, प्राध्यापक, विद्यार्थी, किसान, मजदूर, महिला, साहित्यकार, कलाकार, व्यापारी, उद्यमी, आदि यावत पेशा, व्यवसायका तमाम दाजु-भाइ, दिदी-बहिनीहरु सम्पूर्णरुपले आन्दोलनमा संलग्न भैसक्नु भएको छ । म उहाँहरुको यो साहस र र्समर्पणको उच्च मूल्याङ्कनका साथ हार्दिक सराहना गर्दछु । साथै आन्दोलनलाई लक्ष्यमा पुर्‍याउन निर्वाध र निरन्तर रुपले अघि बढिरहन आग्रह गर्दछु ।

      आजको यो ऐतिहासिक दिनमा देशमा प्रजातन्त्र स्थापनाको संर्घष्ामा आफूलाई उर्त्र्सग गर्ने तमाम शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै आजको यो ऐतिहासिक घडीमा फेरि जनआन्दोलनको मोर्चामा उभिएर संर्घष्ा गरिरहेका देशभरका सम्पूर्ण दाजु-भाइ, दिदी-बहिनीहरुमा आग्रह गर्दछु( तपाईहरुको साहस र सजगताले मात्र नेपाललाई संकटको यो विकराल अवस्थाबाट जोगाएर देशमा शान्ति र पूर्ण लोकतन्त्रको वहाली गर्दै एक स्वतन्त्र एवं समुन्नत नेपालको निर्माण गर्नेछ ।

      गिरिजाप्रसाद कोइराला

      सभापति

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dipu Makaju Shrestha

      U r doing really great….. Thanks a lot…. because of your reports we, mostly the people who live out of nepal are able to know what are happening….
      agen thanks a lot

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Asim, netherlands

      kantipur samachar anusar Hindu dharma ko unnati ko lagi ramro kam gareko bapat aja raja gyane dwara sushri manisha koiralai lai kadar patra pradan gariyo. Uhi karekram ma kun chain po sukrachya ko anusar raja garam ra mahila naram bhako ramro re. uhi sukracharye bhanaudo anusar raja ko pratachya sasan ma nikai nai santi prapta bhako cha re.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker